
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
माधव नेपालको नयाँ पार्टीलाई पहिलो गासमै ढुंगा लागेको छ । माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को प्रदेशसभामा कमजोर देखिएको हो ।
निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ता भएसँगै माधव नेपालनिकट तर तटस्थ बसेका धेरै सांसदहरू एमालेमै खुलेका छन् । बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा पार्टी विभाजन अघिसम्म माधव नेपालनकिट भनेर चिनिने ‘हार्डलाइनर’ सांसदहरू नै सहभागी भएका छन् ।
भीम आचार्यलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउने गरी बसेको संसदीय दलको बैठकमा ‘हार्डलाइनर’ सांसदहरूले एमालेमै रहेको सन्देश दिएका छन् ।
पार्टी विभाजन हुँदा केन्द्रमा दोस्रो पुस्ताका प्रभावशाली नेताहरू एमालेमै बसेपछि प्रदेश १ मा पनि त्यसको प्रभाव परेको छ । नवनियुक्त मुख्यमन्त्री आचार्य संस्थापन पक्षमै रहे पछि माधव पक्षमा खुल्दै आएका प्रदेश १ का अधिकांश सांसदहरू पनि एमालेमै बस्ने निर्णयमा पुगेका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र राईले नयाँ पार्टीमा एक दर्जन बढी सांसद लाग्ने दाबी गरेका थिए । तर, माधव नेपालनिकट मानिएका ९ जना सांसद एमाले संसदीय दलको बैठकमा उपस्थित भए ।
संसदीय दलको बैठकमा विभाजन अघिसम्म माधव नेपाल पक्षमा खरो उत्रने सांसदहरू मोरङका जीवन घिमिरे, लिलाबल्लव अधिकारी, यशोदा अधिकारी, सावित्रा रेग्मी, तेह्रथुमका लछुमन तिवारी, सुनसरीकी सावित्री जोशी, ताप्लेजुङका बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा र इलामकी खिनु लङ्वा संसदीय दलको बैठकमा सहभागी भए । उनीहरू सबैले आचार्यलाई दलको नेता र मुख्यमन्त्रीमा साथ दिएका हुन् ।
५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पार्टीभित्र विवाद उत्पन्न हुँदा एमालेका २४ सांसदले नेपाललाई साथ दिएका थिए । तर, पछि विस्तारै सांसदहरूले नेपालको साथ छोडेका हुन् । विभाजनले मान्यता पाउनु अघिसम्म नेपाल समूहमा १४ जना सांसद थिए । तर, पार्टी विभाजनले मान्यता पाएपछि त्यसमध्ये ९ जनाले संसदीय दलको बैठकमा सहभागी भएर नेपालको साथ छोडेका हुन् ।
एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले माधव नेपालले पार्टी विभाजन गरे पनि प्रदेश १ को प्रदेशसभामा त्यसको असर नदेखिएको बताए । उनले माधव नेपाललाई प्रदेशसभाका तीन सांसदभन्दा बढीले साथ नदिने पनि दाबी गरे । संसदीय दलको बैठकमा सहभागि भएर मुख्यमन्त्री आचार्यको शपथग्रहणमा समेत सबै सांसद उपस्थित भएका थिए ।
सांसद जीवन घिमिरे शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए । तर, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा उनले राजीनामा दिएका थिए । नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारमा पनि घिमिरे मन्त्री बन्ने सम्भावना छ ।
यसअघि नेपाल समूहमा रहेका मोरङका सांसद लिलाबल्लभ अधिकारी, तेह्रथुमका सांसद लछुमन तिवारीलाई पनि मन्त्री बनाउने तयारी गरिएको स्रोतले जनाएको छ । भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई र पाँचथरका गणेश काम्बाङ मात्र नेपालको पार्टीमा खुलेका छन् ।
माधव समूहमा रहेका मोरङकी कृष्णकुमारी राई, उपेन्द्र घिमिरे, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ कतै खुलेका छैनन् । उनीहरू संसदीय दलको बैठकमा पनि सहभागी भएनन् ।
प्रदेशसभाका ५ सांसद मात्र नयाँ पार्टीमा प्रदेश गरेको अवस्थामा आचार्य नेतृत्वको सरकारले बहुमत गुमाउने अवस्था छ । प्रदेशसभाको संसदीय दल विभाजन भएपछि एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । ९३ सदस्यीय प्रदेशसभामा अहिले एमालेका ५१, कांग्रेसका २१, मओवादी केन्द्रका १५, जसपाका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक(एक सिट छ ।
एमाले प्रवेश गरेर मन्त्री बनेका टंक आङबुहाङलाई माओवादी केन्द्रले पदमुक्त गरेपछि हाल प्रदेशसभामा ९२ सांसद कामय छन् । सरकार टिकाइराख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन आवश्यक पर्छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया