पर्वत । बिप्लव नेकपा निकट दलित मुक्ती मोर्चाको बैठक सम्पन्न भएको छ । बैठकले पर्वत जिल्ला भर राजनैतिक र सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कुश्मा खरेयामा रहेको पार्टी सम्पर्क कार्यालयमा आज बसेको दलित मुक्ती मोर्चाको बैठकले पर्वतमा १५ दिने अभियान सञ्चालन लगायतका निर्णय गरेको हो ।
बैठकले १५ दिन अभियान चलाउने, नगरपालिका र गाउँ पालिका कमिटीहरु गठन गर्ने सहित २५० जनालाई दलित मोर्चाको सदस्यता बितरण गर्ने समेत निर्णय गरेको हो ।
दलित मार्चाको बैठकमा नेकपाका जिल्ला सेक्रेटरी अनन्त केसीले पार्टीको राजनैतिक बिचारलाई जनताको बिचमा लैजान जनसगठनहरुको भुमिका बिषेस हुने भन्दै दलित मार्चालाई सोहि अनुसार काम गर्न निर्देशन दिनुभयो । बैठकमा कुश्मा नगरपालिका इन्चार्ज कृष्ण बिक, दलित संगठनका जिल्ला इन्चार्ज टिका नेपाली लगायतले आफ्ना आफ्नो भनाई राख्नु भएको थियो ।। बैठक जिल्ला अध्यक्ष रेशम सुनारको अध्यक्षमा सम्पन भएको हो ।