SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२९ गते
    १३२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । एमालेले लुम्बिनी प्रदेशको गठबन्धनलाई सघाउने दुई जना सांसद लाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको छ । सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपा को सूर्य चिन्ह बाट जितेकी विमला ओलीले गठबन्धन को तर्फबाट मुख्यमन्त्री मा प्रस्ताव गरिएका कुलप्रसाद केसीको निवेदनमा हस्ताक्षर गरेपछि उनीहरूलाई एमालेले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

    एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई यसअघि नै स्पष्टीकरण सोधी थप कारबाहीको लागि पार्टी केन्द्रबाट आइसकेको र शाहीलाई बिहीबार नै पत्र दिएर स्पष्टीकरण माग गरिएको जानकारी दिए।ढकालका अनुसार ओलीलाई कारबाहीको लागि पार्टी केन्द्रबाट स्वीकृत भएर आइसकेकाले तत्काल अगाडि बढाइने छ भने शाहीलाई पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

    शाही बुधबार बसेको प्रदेशसभा बैठकमा समेत पार्टी निर्णयविपरीत सहभागी भएको ढकालले बताए।बुधबार बसेको एमाले संसदीय दलले प्रदेशसभामा सहभागिता नहुने भनी निर्णय गरेको थियो।ओली निर्वाचित हुँदा एमाले र माओवादी केन्द्र एकता भई नेकपा भइसके पनि सूर्य चिन्हबाट निर्वाचित भएकोले फागुन २३ को नेकपा विभाजनको फैसलापछि एमाले रोजेर संसदीय दलको बैठकमा समेत सहभागी भएकी थिइन्।

    एमाले संसदीय दलले सोही बैठकको उपस्थितिमा हस्ताक्षर गरेको प्रमाणसहित कारबाही प्रक्रिया अगाडि बढाएको हो।हृदयेश त्रिपाठी समूहका शाही पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं। १ ‘ख’ बाट सूर्य चुनाव चिन्हमा उठेर निर्वाचित भएका थिए। यसअघि कपिलवस्तुबाट सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका दृग नारायण पाण्डेयले भने यसअघि नै प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका थिए।

    ओलीले जस्तै शाहीले पनि वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्धको अविश्वासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षर गरेका थिए। त्यतिबेला संघीय सरकारमा मन्त्री रहेका हृदयेश त्रिपाठीले फोन गरेपछि अर्कोदिन पुनःएमालेमै रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

    १९ गते शाहीसँगै गठबन्धनलाई समर्थन गर्दै हस्ताक्षर गरेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव भने गठबन्धन छोडी एमालेमा फर्किएका थिए। उनी शंकर पोखरेल नेतृत्वको सरकारमा शिक्षा तथा सामाजिक मन्त्री बनेका थिए। सोही कारण एमालेप्रति असन्तुष्ट रहेका शाहीले यसपटक गठबन्धनलाई समर्थन गरेको हुन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं