
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । एमालेले लुम्बिनी प्रदेशको गठबन्धनलाई सघाउने दुई जना सांसद लाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको छ । सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपा को सूर्य चिन्ह बाट जितेकी विमला ओलीले गठबन्धन को तर्फबाट मुख्यमन्त्री मा प्रस्ताव गरिएका कुलप्रसाद केसीको निवेदनमा हस्ताक्षर गरेपछि उनीहरूलाई एमालेले कारबाही प्रक्रिया अगाडि बढाएको हो।
एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई यसअघि नै स्पष्टीकरण सोधी थप कारबाहीको लागि पार्टी केन्द्रबाट आइसकेको र शाहीलाई बिहीबार नै पत्र दिएर स्पष्टीकरण माग गरिएको जानकारी दिए।ढकालका अनुसार ओलीलाई कारबाहीको लागि पार्टी केन्द्रबाट स्वीकृत भएर आइसकेकाले तत्काल अगाडि बढाइने छ भने शाहीलाई पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
शाही बुधबार बसेको प्रदेशसभा बैठकमा समेत पार्टी निर्णयविपरीत सहभागी भएको ढकालले बताए।बुधबार बसेको एमाले संसदीय दलले प्रदेशसभामा सहभागिता नहुने भनी निर्णय गरेको थियो।ओली निर्वाचित हुँदा एमाले र माओवादी केन्द्र एकता भई नेकपा भइसके पनि सूर्य चिन्हबाट निर्वाचित भएकोले फागुन २३ को नेकपा विभाजनको फैसलापछि एमाले रोजेर संसदीय दलको बैठकमा समेत सहभागी भएकी थिइन्।
एमाले संसदीय दलले सोही बैठकको उपस्थितिमा हस्ताक्षर गरेको प्रमाणसहित कारबाही प्रक्रिया अगाडि बढाएको हो।हृदयेश त्रिपाठी समूहका शाही पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं। १ ‘ख’ बाट सूर्य चुनाव चिन्हमा उठेर निर्वाचित भएका थिए। यसअघि कपिलवस्तुबाट सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका दृग नारायण पाण्डेयले भने यसअघि नै प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका थिए।
ओलीले जस्तै शाहीले पनि वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्धको अविश्वासको प्रस्ताव पेश गर्ने समयमा पनि हस्ताक्षर गरेका थिए। त्यतिबेला संघीय सरकारमा मन्त्री रहेका हृदयेश त्रिपाठीले फोन गरेपछि अर्कोदिन पुनःएमालेमै रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।
१९ गते शाहीसँगै गठबन्धनलाई समर्थन गर्दै हस्ताक्षर गरेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव भने गठबन्धन छोडी एमालेमा फर्किएका थिए। उनी शंकर पोखरेल नेतृत्वको सरकारमा शिक्षा तथा सामाजिक मन्त्री बनेका थिए। सोही कारण एमालेप्रति असन्तुष्ट रहेका शाहीले यसपटक गठबन्धनलाई समर्थन गरेको हुन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया