SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२५ गते
    ८७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने बताएका छन् । पछिल्लो समय पार्टीभित्र माधवकुमार नेपाल पक्षले एकताका नाममा सर्तमाथि सर्त थपिरहेको भन्दै अध्यक्ष ओलीले उसको नियतमा पनि आशंका गरेका छन् ।

    हिजो साँझ ओली निवास बालकोटमा कर्णाली प्रदेशका नेकपा एमालेका १० वटै जिल्ला अध्यक्षसँगको सामूहिक भेटघाटमा उनले भने, “पार्टी एकता गर्नुपर्छ भन्ने कुरा म पनि मान्छु । तर अर्को पक्षले सर्तैसर्त राखिरहेको छ । त्यसलाई हुबहु मानेर म महाधिवेशनको म्यान्डेट विपरीत एकता गर्न सक्दिनँ । पदीय भागबन्डा मैले होइन, महाविशेनले नै टुंग्याउनुपर्छ । अहिले टुंगाए पनि भोलि पनि गुटगत गतिवधि नहोला भन्ने छैन ।”

    नेकपा एमाले कालीकोटका अध्यक्ष नगीन्द्र शाही नेसनलका अनुसार अध्यक्ष ओलीले कर्णालीका १० वटै जिल्ला अध्यक्षको सामूहिक भेटघाटमा मुलुकको समसामयिक राजनीति, संगठन निर्माण, प्रमुख प्रतिपक्षको हैसियतमा खेल्नुपर्ने भूमिका, पार्टीका एजेन्डाबारे छलफल गरेका थिए ।

    अध्यक्ष ओलीले आफू पार्टीको जिम्मेवार नेता भएकाले कति लचिलो हुनुपर्ने हो, त्यति भएको, पार्टीका काम थातीराखेर हरसम्भव प्रयास गरेको तर गुटका नाममा सर्त थपिरहँदा नियत राम्रो नदेखिएको पनि बताए । उनले भने, “पार्टी एकताका निम्ति कुनै बाबासित ग्रह दशा या चिना-टिपन हेराउनु पर्दैन ।”

    कालीकोट अध्यक्ष शाहीले पार्टी एकताको अन्यौल अलिम्ब चिरेर अघि बढ्नुपर्ने सुझाव दिएको रिपोर्टर्स नेपाललाई बताए । उनले भने, “पार्टी भनेको नेताहरुको मिलन मात्र होइन, विचार, सिद्धान्त र मुद्दाको मिलन हो । सक्दो चाँडो पार्टीमा व्याप्त अन्यौल चिरेर अघि बढ्नुपर्छ भनेर सल्लाह दियौं, शाहीले भने, एमाले मिल्दा राम्रो हो, अहिले सम्भव छैन भने पछि मिलौला । अझ पछि त माओवादीसँग पनि मिल्न सकिने ठाउँ रहला । सबै बाम, एक ठाम हुने स्थिति पनि रहला । तर अब नेकपा एमाले हातखुट्टा बाँधेर गन्तव्यमा पुग्न सक्दैन । यो कर्णालीका १० जिल्ला मात्र नभएर ७७ जिल्लाकै एमालेजनको आवाज हो ।”

    सामूहिक भेटघाटमा भूगोलका कुरा पनि मन खोलेर भएको नेता शाहीले बताए । उनले भने, “पार्टीभित्रको मतमतान्तर र अन्तरसंघर्ष रुपान्तरणका लागि हुनुपर्छ । तर माधव नेपाल विचार समूहका नाममा एकले अर्कोलाई सिध्याउने काम भइरहेको देखिन्छ । विधान र पद्धतिले नमिल्ने कुरा गरेर पार्टीलाई अनिर्णयको बन्दी बनाइरहनु उचित होइन ।”

    सुर्खेतका ध्रुव शाही, दैलेखका रवीन्द्र शर्मा, हुम्लाका दल रावल, सल्यानका गोविन्द पुन, डोल्पाका लंकबहादुर शाही, जाजरकोटका करवीर शाही, मुगुका सोनाम लामा, पश्चिम रुकुमका नन्दऋषि शर्मा, जुम्लाका जयबहादुर रोकाया र कालीकोटका नगीन्द्र शाही नेसनल ओली निवास पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं