
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । साथै एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको भोलिको बैठकबाट प्रष्ट हुने बताए ।
शनिबार दोलखा काठमाडौं सम्पर्क मञ्चको भर्चुअल बैठकलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेको बताए । एमालेलाई एकताबद्ध गर्न अध्यक्ष ओलीलाई अन्तिम मौका दिएको भन्दै उनले अघि भने, ‘उहाँले २४ गतेको कथित बैठक रोक्नुहुन्छ कि रोक्नुहुन्न ? पार्टी सदस्यता वितरणलाई रोक्नुहुन्छ कि रोक्नुहुन्न ? वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नुहुन्छ कि रोक्नहुन्न ? गाली गलौजको गोलाबारुद बन्द हुन्छ कि हुँदैन ? त्यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रष्ट हुन्छ ।’
संकेत भने राम्रो नरहेको र ओली सुध्रिएलान् भन्ने आफूलाई नलागेको समेत उनले सुनाए । ‘सुध्रिहाले भने मैले आग्रह पालेको रहेछु कि क्या हो भनेर ठान्नेछु’ नेता नेपालले भनेका छन्, ‘यदि सुध्रिएनन् भने हामीले के गर्ने ? त्यहाँ गएर फस्ने, चिच्याउने, कराउने, टाउकोमा हात राखेर बस्ने ? त्यो मञ्जुर छैन ।’
उनले ओली सुध्रिएनन्, तर समस्या पनि बनेनन् भने पार्टी एकता हुनसक्ने बताए । यसो गर्न विवादित विषयहरु थाती राख्ने र पार्टीको माइन्युटमा दुई नेताको हस्ताक्षर चलाउने व्यवस्था गर्नुपर्ने नेता नेपालको अडान छ ।
ओली, एमालेको अध्यक्ष भएको ७ वर्ष पुगिसकेको, प्रधानमन्त्री पनि भइसकेकाले विदा गर्न पाए राम्रो हुने उनले बताए । त्यसमा सहमति नभए छिटो महाधिवेशन गर्ने र त्यसअघि दुई नेताको हस्ताक्षर गर्ने प्रबन्ध गर्नुपर्ने बताए । उनले अघि भने, ‘दुई नेताको हस्ताक्षर हुने र समान हैसियतको दुवै व्यक्ति एउटै पदमा रहने अवस्था भएन भने केपी ओलीले कसैलाई टेर्ने छैनन् ।’
माइन्युटहरुमा दुई नेताको हस्ताक्षर चल्नुपर्ने अडान पुष्टि गर्ने क्रममा उनले भने, ‘ओलीले २३ जना थपिसके । भोलि बहुमतका आधारमा निर्णय गर्न थाले भने हामीले के गर्ने ? टाउकोमा हात राखेर बस्छौं ? रोएर हिंड्छौं ?’
सीमा नाघे डिभोर्स हुन्छ
वरिष्ठ नेता नेपालले ओलीमा भएको व्यक्तिवाद र दक्षिणपन्थी विचलन नै अहिलेको समस्या भएको बताए । अहिलेसम्म आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेको, तर अनन्तकालसम्म वार्तामा बसेर नहुने उनले बताए ।
श्रीमान् र श्रीमतीबीच विवादमा त डिभाेर्स हुने भन्दै नेता नेपालले भने, ‘यदि केपी ओलीले भित्तामा पुर्याउन खोज्छन् भने हामी अर्को विकल्पका निम्ति तयार हुनुपर्छ ।’
यद्यपि नयाँ पार्टी बनाउन हतार गर्न पनि जरुरी नभएको बताए । अब प्रदेशको संरचना बनाए केन्द्रीय कमिटीको घोषणा मात्र बाँकी रहने नेता नेपालले बताए ।नयाँ पार्टी बनाउँदा केही नेता कार्यकर्ता छुट्नसक्ने बताए । लालबाबु पण्डित, कृष्णभक्त पोखरेलहरुको नाम लिंदै उनले भने, ‘यस्ता मान्छेहरु भाग्छन्, टिक्ने टिक्छन् ।’
हिजोको दिनमा जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाऊँ भन्दा सबै एकमत भएको र महन्थ ठाकुर वा शेरबहादुर देउवालाई ल्याए पनि ल्याऊँ भनेर आफूलाई अघि बढ्न भनेको भन्दै उनले भने, अनि अहिले शेरबहादुर देउवा आएपछि टाउको दुख्यो ?’ सम्बोधनका क्रममा उनले प्रधानमन्त्री देउवा, ओली भन्दा राम्रो भएको र संस्कार देखाएको बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया