SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२२ गते
    १४७८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षमा रहेका सुरेन्द्र पाण्डे र योगेश भट्टराई नेपालको कृयाकलापको विपक्षमा देखिएका छन् । उनीहरु नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित भएका छन् । एमालेको माधव पक्षले विहिवार केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । सो बैठकमा नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।

    एमाले एकताका लागि भन्दै उनीहरु ओली समुहका दोस्रो तहका नेताहरुसंग वैठक र छलफलमा छन् । नेपाल स्वयं पनि उनीहरुको यस्तो कृयाकलापवाट सन्तुष्ट छैनन् । भट्टराई र पोण्डेलाई नेपालले विश्वास गर्न छोडिसकेका छन् । विहिवारको केन्द्रय कमिटीको बैठकमा अनुपस्थित भएर उनीहरुले नेपालको साथ छोडेको संकेत गरेका छन् ।

    तर नेपाल पक्षका नेताहरुले भने उनीहरु को भिडको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण बैठकमा सहभागी नभएको दावी गरेका छन् । पाण्डेको पीएसओलाई संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएका कारण उनीहरु सहभागी नभएको बताइएको छ ।

    नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् । उनीहरुको यस्तो कृयाकलापको नेपाल पक्षका यस अघिको बैठकमा पनि आलोचना भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं