
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । पार्टी एकता कि विभाजन भन्ने अन्यौल कायमै रहेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार केन्द्रीय सदस्यहरुलाई सम्बोधन गरे । नेताहरुका अनुसार तुलनात्मक रुपमा नरम देखिएका नेता नेपालले पार्टी एकता आफ्नो इच्छा भएको मात्र मात्र बताएनन्, अमर्यादित ढंगले शब्दहरु प्रयाेग नगर्न नेताहरुलाई आग्रह समेत गरेका छन् ।
२७ असारमा भएको १०बुँदे सहमतिका बाबजुद प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको फैसलासँग प्रभावित एमालेको एकता प्रयास ३ साउनमा माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेसँगै संकटमा पुगेको थियो । अध्यक्ष ओलीले नेता नेपाललाई एमालेमा ठाउँ नभएको घोषणा गर्नुका साथै २२ सांसदलाई स्पष्टीकरण समेत सोधिएको थियो ।
तर दोस्रो तहका नेताहरुको जोडबलमा अध्यक्ष ओलीले स्पष्टीकरण रोक्नुका साथै नेता नेपाललाई अर्को अध्यक्ष बनाउने एकता गराउन सकारात्मक देखिएका थिए । यद्यपि नेताहरुको यो प्रयास अझै सफल भएको छैन ।
एकता कि विभाजन भन्ने अलमल कायमै रहेपछि नेता नेपालले आफ्नो पक्षका नेताहरुको बैठक बुद्धनगरस्थित एक बैंक्वेटमा बोलाएका थिए । बुधबार बस्ने भनिएको बैठक राजधानी बाहिरका नेताहरू आउन समय लागेको भन्दै बिहीबारका लागि सारिएको थियो । बिहीबार पनि निर्धारित समयमा बैठक शुरु भएन । बिहान एघार बजे बोलाइएको बैठक स्थायी कमिटी बैठक लम्बिएपछि दिउँसो दुई बजेपछि मात्र सुरु भएको थियो ।
बैठकलाई माधव नेपालले सम्बोधन गरे भने पार्टी एकता प्रक्रियाबारे उपाध्यक्ष भीम रावलले जानकारी गराए । ‘दुई जनाले कुरा राखेपछि अधिकांश नेताहरूले कुरा बुझिसकेका थिए । अनौपचारिक छलफलहरुमा जस्तो आक्रोश थियो, त्यो घटिसकेको थियो’, बैठकमा सहभागी एक नेताले भने ।
बैठकको अध्यक्षता गर्ने क्रममै सम्बोधन गरेका नेता नेपाल तुलनात्मक रुपमा नरम सुनिएको सहभागीहरुले बताएका छन् । ‘पार्टीभित्र संकट छ । यसको बाबजूद पनि एमालेलाई एकताबद्ध गर्ने हाम्रो चाहना हो’, नेता नेपालको भनाइ थियो । पार्टी केन्द्रदेखि स्थानीय तहसम्म, जनसंगठन देखि संसदसम्म विभाजित भए पनि आफ्नो इच्छा पार्टी एकता नै भएको उनले बताएका छन् ।
दशबुँदे सहमतिले कतिपय विषय टुंग्याएको र कार्यदलमा रहेका नेताहरुले सहमतिको प्रयास जारी राखेको प्रयास नेता नेपालले बताएका छन् । संविधान, संसद्, कम्युनिष्ट आन्दोलन जोगाउन पनि एकता आवश्यकता रहेको नेता नेपालको तर्क थियो । ‘एकतालाई जोड दिने गरी स्थायी कमिटीका नेताहरुले केन्द्रीय कमिटी बैठक चलाउने सहमति जुटाएका रहेँछन् । माधव नेपाल र भीम रावलको कुरा मिल्दो थियो’, अर्का केन्द्रीय सदस्य भन्छन् ।
उनका अनुसार, वार्ता कार्यदलका संयोजक रहेका रावलले दशबुँदेमा दुवैतर्फको केही असहमतिहरू रहे पनि सहमतिको आधार तयार भएको बताएका थिए । सहमतिको प्रयासबारे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गर्ने क्रममा रावलले दशबुँदे गरिरहँदा माधव नेपालसँग सल्लाह लिएको पनि बताए ।
कार्यदल संयोजक एव उपाध्यक्ष रावलभन्दा अगाडि बोलेका वरिष्ठ नेता नेपालले ‘निरन्तर लामो समयदेखि मेरो सल्लाहमा साथीहरुले कुरा गर्नुभयो । त्यसले एक खालको वातावरण बनेको छ’ भनेका थिए ।
दशबुँदेपछि अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण परिस्थिति बिगार्ने काम गरेको नेता नेपालको भनाइ थियो । ‘हामी एकताको पक्षमा छौं, तर केपी ओलीको सुन्नै नसकिने अभिव्यक्ति रोकिंदैन’, नेपालले भने ।
उनले एकताको अन्तिम प्रयत्न गरिने बताएका छन् । एकताको अन्तिम प्रयत्न चलिरहेको भन्दै उनले अमर्यादित ढंगले शब्दहरु नगर्न पनि आग्रह गरे । ‘अहिले पार्टी एकता प्रक्रिया टुंग्याउने निर्णायक तहमा पुगेका छौं । हामीले एकआपसमा प्रयोग गर्ने भाषा, शैली र शब्द चयन मर्यादित गर्नुपर्छ’, नेता नेपालको निर्देशनात्मक आग्रह थियो, ‘हामी सम्मानजनक एकताको पक्षमा उभिएका छौं ।’
यद्यपि पार्टी एकता हुने नहुने आफूहरुमा भन्दा पनि अध्यक्ष ओलीमा भर पर्ने उनले बताएका छन् । केपी ओली आफैंले बोलेको र सहमति गरेको ठाउँबाट समेत पछि सर्ने गरिरहेकाले एकता प्रक्रिया लम्बिदै गएको पनि जानकारी दिइएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया