
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ, उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘गरीबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहिँ राहत दिनुपर्छ भनेर नि:शुल्क विद्युत दिने गरेर एउटा तयारी गरिरहेकी छु । करीब करीब हामी त्यसको निकर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ, उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यका साथ त्यसको तयारी गरेकी छु मैले ।’
ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन् । सिँचाईको नि: शुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् । सिँचाइको सुविधा पुर्याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।
मन्त्री भुसालले भनिन्, ‘सबै कृषि योग्य जमिनमा सिँचाई पुर्याउने । सिँचाईलाई पनि हामीले आधारभूत र नि: शुल्क ढंगले सेवा दिन सक्यौ भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाई गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्छौ। त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पदार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो ।’


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया