
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने बताएका छन् । क्रियाशील सदस्यता छानबिन विवाद समाधानका लागि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौेडेलले सो चेतावनी दिएका हुन् । सभापतिले महाधिवेशन हुन्छ, हुन्छ, भने पनि महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको आरोप उनले लगाए । नेता पौडेलले महाधिवेशन हुन नसके वर्तमान पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र देउवा नेतृत्वको केन्द्रीय समिति ‘बदर’ हुने चेतावनीसमेत दिए ।
मैले पहिलेदेखि भन्दै आएको छु विचार गर्नुहोला । कुनै जालझेलले हुदैन । भदौ २३ सम्म महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न उठ्नेछ । त्यतिबेला न सभापति, न केन्द्रीय समिति, न जिल्ला न क्षेत्र, हामी कोही कुनै पदमा रहदैनौ,’ बैठकमा पौडेलले भने ।
पौडेलले महाधिवेशन गर्छु भन्ने तर क्रियाशील सदस्यताको फाइल लुकाउने काम बन्द गर्नसमेत सभापतिलाई चेतावनी दिए । ‘महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ भन्ने, तर काम केही नगर्ने ? समायोजनका नाममा कहाँ कति थप्दा जितिन्छ, जिल्ला छानी–छानी मान्छे हाल्ने ? हामीलाई लिस्ट हेर्न पनि नदिने, यो अराजकता मान्दैनौ’, पौडेलले भने । पौडेलको भनाइमा सभापति देउवाले लामो प्रतिक्रिया दिएनन् । उनले ‘महाधिवेशन गर्नी हो, हुन्छ हुन्छ’ मात्रै भनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । देउवा लामो समय बैठकमा नबसी बाहिरिएका थिए ।
पौडेल पक्षको माग के हो ?
कांग्रेसको जारी क्रियाशील विवादमा नयाँ र समायोजनका सूचीमा संस्थापनइतर समूहको आपत्ति छ । पौडेलले आफ्नो पक्षले चुनाव जित्ने निश्चित भएको क्षेत्र र जिल्लामा अन्य पार्टीबाट आएको भन्दै फर्जी सदस्यता दिइएको आरोप लगाएका छन् । त्यस्तै विगतमा सदस्यता नभएका व्यक्तिको नाम नवीकरणमा घुसाइएको समेत पौडेल पक्षको आरोप छ ।
संस्थापन पक्षले केन्द्रीय सचिवालयमा इन्ट्री भएको क्रियाशील सदस्यको नामावली हेर्न नदिएको समेत पौडेल पक्षको गुनासो छ । ‘जब हामीले क्रियाशीलको सूची हेर्न पाउदैनाै भने गडबड छैन भनेर कसरी मान्ने ? नयाँ र नवीकरणमा भन्दा बढी धाँधली समायोजन र अन्य पार्टीबाट आएको भनेर गरिएको छ,’ पौडेल पक्षका एक नेताले भने । संस्थापन पक्षले भने विगतमा सहमति भएर टुंगो लागिसकेको विषयमा पुनः विवाद झिकिएको आरोप लगाउने गरेको छ । ‘पौडेल पक्षले हिजो आफैले गरेको सहमति मान्दिन भनेको छ । समायोजनको कुरा टुंगिसकेको हो, फेरी फाइल खोल्नु भनेको महाधिवेशन हुन नदिने षड्यन्त्र हो’, संस्थापन पक्षका एक नेताले भने ।
कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले गत साउन १२ गते केन्द्रीय समितिलाई प्रतिवेदन बुझाएको थियो । भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा कांग्रेस महाधिवेशन हुने भनिए पनि सदस्यता विवादका कारण वडा तहको अधिवेशनसमेत हुन सकेको छैन । संवैधानिक प्रावधानअनुसार हरेक राजनीतिक दलले सामान्यतः ५ वर्ष र विशेष अवस्थामा थप ६ महिनाभित्र प्रदेश र संघीय पदाधिकारीको निर्वाचन गर्नुपर्ने हुन्छ ।
कांग्रेसको १३ औं महाधिवेशन २०७२ साल फागुन २३ गते सम्पन्न भएको थियो । संवैधानिक व्यवस्थाअनुसार २०७८ भदौ २३ मा कांग्रेसको वर्तमान कार्यसमितिले ५ वर्ष ६ महिनाको अवधि पूरा गर्छ । त्यसपछि उत्पन्न हुने संवैधानिक बाधा हल गर्न कांग्रेस नेतृत्वले विभिन्न उपाय खोजिरहेको छ । जसमध्ये कोरोनाको कारण देखाउदै निर्वाचन आयोगबाट केही थप समय लिने योजनामा सभापति देउवा रहेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया