SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२१ गते
    ७३३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूपक्षीय केन्द्रीय सदस्यको बैठक डाकेका छन् । नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताका लागि अन्तिम प्रयासका लागि प्रस्ताव तयार गर्न डाकेको बैठक महत्वपूर्ण हुने ठानिएको छ ।

    नेपाल पक्षले बैठकमार्फत् वार कि पारका लागि रणनीति बनाउने बुझिएको छ । यसअघि नेपाल पक्षले आफू पक्षीय केन्द्रीय सदस्यहरुको हस्ताक्षर समेत संकलन गरिसकेको छ ।

    नेकपा एमालेको नवौं महाधिवेशनबाट गठन भएको २०३ केन्द्रीय सदस्य रहेका छन् । जसमध्ये नेपाल पक्षमा ८० भन्दा बढी रहेको बुझिएको छ । ४० प्रतिशत केन्द्रीय सदस्य पुर्याएर नेपालले ओलीमाथि दबाब बढाउँदैछन् ।

    ओलीलाई अन्तिम एकपटक प्रस्ताव गर्ने र त्यसमा सहमति नबने नेपाल छुट्टै पार्टी गठन गर्ने गरी बढ्ने तयारीमा पुगेका छन् । उनले आफू पक्षीय स्थायी कमिटी सदस्यहरुलाई डाकेर अन्तिम एकपटक प्रयास गर्ने र कुरा नमिले भावी कदममा साथ दिन भनेका थिए । त्यस बमोजिम प्रस्ताव तयार गरी ओलीसँग उनले अन्तिम पटक कुराकानी गर्ने समेत निकट स्रोतले बताएको छ ।

    ओलीले माधव नेपाललाई एमालेमा स्थान नभएको बताएबाट एकताको सम्भावना कमजोर छ । त्यसैले नेपाल एमाले विभाजनसम्मको तयारीमा पुगेका छन् । उनले ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिसकेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं