
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । निबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।
माधव नेपालहरुले गरेको गल्ती सानोतिनो नभएको भन्दै ओलीले उनीहरुकै कारण आफ्नो सरकार ढलेको, पार्टी विभाजित भएको र दक्षिणपन्थीको सरकार बनेको दावी गरे ।
ओलीले भने, ‘गल्ती सानोतिनो होइन । कम्युनिस्ट सरकार ढल्यो, पार्टी विभाजन भयो । दक्षिणपन्थी सरकार बन्यो । अग्रगमनका सपना, सामाजिक न्याय सुशासन र विकासका सपना कुठाराघात भयो, गम्भीर धक्का लाग्यो । यी सबैका बाबजुद बाटो बिराएकाहरु मुख्य मुख्य अपराधीबाहेक । …अब माधव नेपालजस्ता आन्दोलनरविरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन ।
जसले बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने दक्षिणपन्थीको समर्थनमा फ्लोर क्रस गर्ने विश्वासको मतमा भोट हाल्ने, आफ्नो पार्टीेको अध्यक्ष, आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गई त्यो सरकार ढाल्ने, अनि दक्षिणन्थी सरकार गठन गरेर त्यो सरकारलाई समर्थन दिन फ्लोर क्रस गर्ने, इज्जत छोडेर पछाडिको बेन्चमा बसेर, पछडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानीपूर्ण ढंगले समर्थन दिने, अर्काको पार्टीलाई समर्थन दिन, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर, फ्लोर क्रस गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज, यो भन्दा प्रतिक्रियावादीहरुको दलालीको काम के हुन्छ ? त्यसकारण यस्ता प्रतिक्रियावादीहरुका मतियार यस्ताका लागि ठाउँ छैन ।
माधव नेपालबाहेकका अरु भने पार्टीमा फर्किएमा मौका दिने ओलीले बताए । तर उनीहरुलाई पनि धेरै समय नकुर्ने ओलीले बताए । ‘अरु साथीहरु गल्ती महसुस गरेर फर्किनुहन्छ भने मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबै मिलेर बनाएका हौं । मैले पटक पटक भनेको छु । हामी सबैले बनाएका हौ ं। गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुस् काम गरौं’ उनले भने ।
ओलीले अघि भने, ‘अहिले पनि कतिपय साथीहरुसँग कुरा भइरहेको छ । जो जो आउनुहुन्छ आउनुहुन्छ भने, आउनुहुन्न भने पनि धेरै चिन्ता गरिरहनुपर्ने छैन । जो आउँदैन आउँदैन, समय अगाडि बढिररहेको हुन्छ मान्छे मात्र छुट्छ ।’
अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।
‘अबको निर्वाचनमा हामी बहुमत ल्याएर देखाउँछौं । बहुमत ल्याएर किन देखाउँछौं भने, पार्टीमा खुट्टा तान्ने तत्व छैन । अगाडि बढ्न खोज्यो खुट्टा तान्ने, उम्मेदवार उठाउन खोज्यो जो जित्दैन उसैलाई अघि सार्ने, जो पार्टीप्रति निष्ठावान छैन, उसलाई उम्मेदवार बनाउनुपर्ने । फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछि पछि कुदेकाहरु छन् नि त्यस्तै तत्व । त्यस्तै सिफारिसबाट हामीले बाध्य भएर उम्मेदवारी दिनुपरेको, पार्टी लागेर जिताउनुपर्यो, उम्मेदवारी दिएपछि त जिताउनुपर्यो’ उनले भने ।
प्रतिगमन भयो
अध्यक्ष ओलीले कम्युनिस्ट सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाएको भन्दै मुलुकमा प्रतिगमन भएको जिकिर गरे । ‘देश तीव्र गतिले अगाडि बढिरहेको थियो । त्यसमा व्यवधान गम्भीर रुपमा प्रकट भइरहेका थिए, अहिले प्रतिगमनमा गएको छ’ ओलीले भने, ‘राजनीतिक रुपमा प्रतिगमन भएको छ, असंवैधनिक बाटोमा गएको छ । शक्ति सन्तुलन र नियन्त्रणको स्थिति गम्भीर रुपमा खलबलिएको छ ।’
मुलुकमा राष्ट्रियताका विरुद्धमा, लोकतान्त्रिक प्रणाली, सामाजिक न्यायका विरुद्ध संगठित प्रयास भएको भन्दै ओलीले आफ्नै पार्टीका नेताहरु पनि सहभागी भएको बताए ।
‘बाहिरबाट मात्र होइन, त्यस कोशिसका लागि हाम्रो पार्टीका उच्च ओहोदामा रहेकाहरु समेत विभिन्न कारणले प्रतिक्रियावादीसँग झुकिसकेका, प्रतिक्रियाकवादीले सेवामा लगाइसकेका व्यक्तिहरुसमेत प्रतिगमनको अभियानमा सामेल भए । सबभन्दा अग्रभागमा रहेर भूमिका खेले’ उनले भने ।
ओलीले अघि भने, ‘आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाए पनि लोकतन्त्र बचायौं भन्ने, संविधानको रक्षा गर्यौं भन्ने निर्लज्ज भ्रम फैलाइरहेका छन् ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया