SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१८ गते
    ६५९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सरकारमा जाने व्यक्तिहरूको बारेमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

    दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा छलफल गरी निर्णय लिइने नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । उनका अनुसार सम्भवतः आज सरकारमा जाने मन्त्रीको नामावली प्रधानमन्त्री देउवालाई बुझाइने छ ।

    नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने बारेमा खासै विवाद नरहेको माओवादी केन्द्रका नेताहरूले बताउँदै आएका छन् । केही दिनअघि पार्टी अध्यक्ष प्रचण्डले सरकारमा जानका लागि सबै सांसदले आकाङ्क्षा देखाएका कारण मन्त्रीको बारेमा निर्णय लिन आफूलाई समस्या भएको बताए ।

    देउवा नेतृत्वको वर्तमान सरकारमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसक्नुभएको छ । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं