News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    पत्रकार महासङ्घ पर्बत शाखाको तेस्रो बैठक सम्पन्न, २ वटा समिति गठन

    पर्बत । नेपाल पत्रकार महासङ्घ पर्बत शाखाको शनिबार सम्पन्न तेस्रो बैठक शाखाको कार्यालय कुश्मा बजारमा सम्पन्न भएको छ । बैठकले शाखाको भबन ब्यबस्थापनका लागि निबर्तमान अध्यक्ष एबं केन्द्रिय सदस्य छबिलाल तिवारीको संयोजकत्वमा ५ सदस्यिय भबन ब्यबस्थापन उप समिति गठन गरेको अध्यक्ष सन्तोष थापाले जानकारी गराएका छन् ।

    जसको उप समिति सदस्यमा गणेश गिरी, गोपाल जिसी र ईन्दु तिवारी रहेका छन् । त्यसैगरी समाचार सङ्कलनका क्रममा आएका सञ्चारकर्मी लक्षित गुनासोलाई महासङ्घबाटै ब्यबस्थापन गर्ने गरी महासङ्घका पुर्ब उपाध्यक्ष गणेश पौडेलको संयोजकत्वमा ३ सदस्यिय गुनासो ब्यबस्थापन उप समिति समेत गठन गरिएको छ ।

    जुन उप समितिको सदस्यहरूमा अगन्धर तिवारी र बैकुण्ठ गिरी रहेका छन् । दुबै उपसमितिहरूमा महासङ्घको अध्यक्ष र सचिवको जिम्मेवारी सहितको उपस्थिति रहने बताइएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया