SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१६ गते
    १०१४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन्। काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘माधव नेपालजस्ता आन्दोलनविरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन। यस्तालाई पार्टीमा ठाउँ छैन।’

    ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने। आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन,’ उनले भने।

    उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए। ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो। जो अउँदैन, आउँदैन। समय कुर्दैन,’ ओलीले भने।

    अदालतको फैसलापछि आफूहरू पूर्व पार्टीमा फर्किएको र एमालेका माधव नेपालसहितका केही नेताहरूले एमाले छाडेको ओलीले बताए। ‘पार्टी छाडेको हो उनीहरूले। एकीकरण गलत थिएन। केही मान्छेहरूले पार्टी छाडे। प्रचण्ड एण्ड कम्पनीले पार्टी छाडे,’ सम्बोधनको क्रममा ओलीले भने, ‘हामी पूर्व नाममै फर्किएका हौं। पूर्व एमाले, पूर्व माओवादी पनि एकीकृत भावनाका साथ यो पार्टीमा हुनुहुन्छ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं