SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१० गते
    २६४० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले कुनै पनि मुलुक अर्को मुलुकभन्दा श्रेष्ठ नरहेको र चीनले यस्तो सोच्ने कुनै पनि मुलुकलाई स्वीकार नगर्ने बताएका छन् ।

    आइतबारदेखि अमेरिकी उप विदेशमन्त्री वेन्डी शेर्मनको चीन भ्रमण हुनुपूर्व शनिबार चिनियाँ विदेशमन्त्रीले यस्तो बताएका हुन् । यसअघि नै चीनले पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रोससमेत धेरै अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाइसकेको छ ।

    सिचुवान प्रान्तको चेन्दु सहरमा चीन–पाकिस्तानका विदेशमन्त्रीसँगको रणनीतिक वार्ताको क्रममा वाङ यीले यस्तो बताएका हुन् । ‘अमेरिकाले अर्को मुलुकलाई समानरुपमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने अझैसम्म पनि थाहा छैन भने अन्तर्राष्ट्रिय समुदायसहित चीनले उसलाई सिकाउने जिम्मेवारी लिनुपर्छ’, उनले भने ।

    यसअघि गत शुक्रबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका चीनलाई पाठ सिकाउन वा आन्तरिक मामिलामा हस्तक्षेप गर्न योग्य नरहेको बताएका छन् । त्यस्तै उसले ‘बलियो अवस्थामा रहेर’ चीनसँग सम्झौता पनि गर्न नसक्ने लिजियानले बताएका छन् । एजेन्सीहरुको सहयोगमा

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं