
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने विश्वास दिलाएका छन् । माधव नेपाल पक्षले विश्वासको मत दिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. खड्कासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो, तपाईँ निकै खुशी हुनुहोला नि ?
तपाई/हामी सबै खुशी हुनुपर्छ । यो काँग्रेसकै काँग्रेसभित्र पनि केही मात्रै भन्ने कुरा भएन । हामी सबै जो संविधानवादी हुनुहुन्छ, जो लोकतन्त्रवादी हुनुहुन्छ, स्वाधिनतावादी हुनुहुन्छ हामी सबै खुशी हुनुपर्छ । जसरी केपी ओलीजीले स्वेच्छाचारी प्रवृत्तिबा दुईपटक आफ्नो स्वार्थको लागि संसद् भंग गर्नुभयो । संविधानमाथि पटक पटक प्रहार गरेर अध्यादेशमार्फत जुन उहाँ अधिनायकवादी हिसावले चल्नुभयो । त्यसको विरुद्धमा संयुक्त गठवन्धन बनेर जुन हामीहरु अगाडि बढेका थियौँ । त्यो सबै नेपालीहरुको चाहना थियो । एमालेहरुमा पनि यही संविधानको र लोकतन्त्रको रक्षा गर्ने । हाम्रो उपलब्धीहरुको रक्षा गर्ने कुरामा नै बढी सहमति भएर हामी सबैले साझा प्रयास गरेका थियौँ ।
यो साझा प्रयासको कारणबाट सर्वोच्च अदालतले अन्तिममा एउटा क्रान्तिकराी निणर्य गरेको छ । यो पनि त एउटा क्रान्ति हो । हतियार उठाउनु र मारकाट मात्रै क्रान्ति होईन । यो न्यायधिकारण भनेपनि हुन्छ यसलाई सबैले प्रयोग गर्ने ऐतिहाँसिक भन्ने चलन छ । जुन यो निणय हो, जुन निर्णयले संविधानलाई पुनः ट्रयाकमा ल्याएको छ । हामी सबैजना मिलेर नेपालीहरुको हक र अधिकारको निम्ति रक्षा गर्ने, नेपालीहरुको जीवन निर्वाहका विषयहरुलाई आत्मसात् गर्नुपर्छ, ठुलो ठुलो उत्ताउलो सपना नदेखाईकन व्यवहारिक हिसाबले जाने यीनै उपलब्दीको लागि हामी सबैको ठुलो भूमिका छ । पटक पटक मिडियामा तपाईँहरुले ल्याउनु भएको छ । उहाँहरु सबैले आफ्नो विचार अभिव्यक्त गर्नुभएको छ । सबै मिडियाका साथीहरु पनि खुशी हुनुपर्छ यसमा ।
तपाईँको परममित्र हो शेरबहादुर देउवा, तपाँईलाई सरकारमा ल्याउनुहुन्छ कि ल्याउनु हुँदैन ?
परममित्र भन्दापनि उहाँ हाम्रो नेता पनि हो । उहाँ हाम्रो पार्टी सभापति हुनुहुन्छ । त्यसैले उहाँ र म पुरानो कुनै समयमा हामी सार्थी थियौँ । त्यो बेग्लै कुरा हो । तर, अहिले उहाँलाई हेर्ने भनेको एउटा पार्टीको नेताको रुपमा हो । अहिले प्रधानमन्त्रीको रुपमा पनि र पार्टी सभापतिको रुपमा पनि मैले र अरु कार्यकर्ता साथीहरुले स्विकार गर्ने कुरा हो । अहिले उहाँलाई त्यहाँ मेरो आवश्यकता लागेको छ भने मन्त्री बनाउनु होला, मन्त्री बन्ने ठुलो कुरा होला । मन्त्री भएर पनि केही हुनेवाला होईन, एकपटक बधाईका चाङहरु आउलान् । रहर हुनेहरु गाडीका लस्कर लिएर जिल्लातिर जालान्, म पहिला पनि मन्त्री भएको हो । पहिले म मन्त्री हँुदाखेरी घरमा आएर पनि ईन्टभियु लिनुभएको थियो । म मन्त्री हुँदाखेरि न कुनै कार न कुनै पीए न कुनै केही, म आँफै उठेर म स्वागत गर्न जान्थें । म आँफैले चिया ल्याएर तपाईँलाई चिया दिएको थिएँ । त्यसकारण यो मन्त्रीमा यो ग्ल्यामर ठुलो मान मर्यादा शोखदेखी धेरै टाडा भएको मान्छे हो । देशको लागि केही गर्न सकेदेखि मन्त्री भएर सकिन्छ भने त्यसरी पनि गर्ने, मन्त्री हुन नसके पनि आफ्नो सभापतिको नेतृत्वमा सरकार बनेको छ । त्यसलाई सफल पार्ने हो । त्यही हिसावले म एउटा चेतनशील नागरिकको नाताले म समर्पित छु । र, म त्यसैअनुसार लागिरहेको छु ।
शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो, अब उहाँसामू समस्या र चुनौति के छन् ? उहाँले विश्वासको मत लिन सक्नुहुन्छ कि सक्नुृहुदैन ? बजेट ल्याउने कि नल्याउने ? केपी शर्मा ओलीले गरेका नियुक्तिहरुलाई तपाँईहरु खारेज गर्नुहुन्छ कि हुदैन ?
ती नियुक्तिहरु असंवैधानिक छन । पहिला पनि गठबन्धनका शीर्ष नेताहरुले तपाँईहरुसंगै कुरा गर्दाखेरी पनि भन्नुभएको छ । चुनौति त हरेका समयमा हरेक बेला भएका छन । हामी नेपाली राजनीतिज्ञहरुको एउटा कमजोरि के हो भने चुनौतीहरुलाई हामीले सम्वोधन गरेर त्यसलाइ अबसरमा बदल्ने हो । चुनौतीको भार बढ्दै जान्छ । चुनौतीहरु बढ्दै जान्छन । तीनै चुनौतीहरुले थिचेर सरकार जान्छ । र, अर्को सरकार आउँछ । फेरि यस्तै चुनौती र अवसरका कुराहरु आउँछन् । फेरी हाम्रा उपलब्धिहरु हाँसिल गर्न नसके र फेरि अहिले देशको अवस्था यहाँसम्म पुगेको छ । शेरबहादुरजीलाइ पनि चुनौतीहरु छन् । अब लगत्तै विश्वासको मत प्राप्त गर्नुपर्ने छ । विश्वासको मतको लागी अहिलेसम्मको हिसाबमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालजीसँग पनि मेरो भेट भईरहन्छ ।
उहाँलाई जसरी उहाँकै मित्र, उहाँकै पार्टीको अध्यक्षले जसरी आरोप लागाउनुभयो, पटक पटक आरोप लगाईरहनु भएको छ । उहाँले के गरिरहनुभएको छ । तर मलाई लाग्छ, उहाँपनि एउटा लोकतन्त्रवादी, संविधानवादी र अहिले यो जतिपनि यो संविधानलाई धराशयी बनाएको छ । हाम्रो उपलब्धिलाई घुमाउने उद्देश्यले उहाँकै पार्टीका अध्यक्ष जसरी लागिरहनु भएको छ, निवर्तवान प्रधानमन्त्री केपी अोलीले जसरी कामकारवाही गर्नुभयो । त्योप्रति उहाा अत्यन्तै असन्तुस्ट भएर अब ओलीबाट यो चल्दैन । देश अत्यन्त खराब अवस्थामा पुगिसकेको छ । आर्थिक र राजनीतिक रुपमा र बाहृय रुपमा हरेक हिसाबबाट भन्दाखेरि अब उहाँ (माधव नेपालले) स्वभाविक हो उहाँको पार्टीमा अहिले गठवन्धनबाट अलग्गिए भनेर भन्नुभयो, त्यो स्वभाविक कुरा हो । अहिले पार्टीको एकता उहाँको लागि आवश्यकत्ताको विषय हो । उहाँको त्यो अभिव्यक्तिलाई म स्वभाविक रुपमा लिन्छु । उहाँले भोलि के निर्णय गर्नुहुन्छ, त्यो कस्तो गर्नुहुन्छ त्यो हेर्ने बाँकी छ ।
त्यसोभए माधवकुमार नेपालले प्रधानमन्त्रीज्युलाई विश्वासको मत दिनुहुन्छ ?
अब त्यो के गर्नुहुृन्छ, त्यो त हेर्न बाँकी छ । उहाँलाई उहाँको आफ्नो पार्टीभित्र कसरी के व्यवहार गरिन्छ त्यो हेर्न बाँकी छ । अब भोलिबाट नै उहाँका कदमहरु हामीले हेर्ने हो । उहाँलाई उस्काएर उहाँको पार्टीभित्र विवाद खडा गर्ने त्यो हाम्रो शैली पनि होईन । हाम्रो आचरण वा व्यवहार पनि होईन । उहाँ आँफै एउटा परिपक्क र अनुभवी नेता हुनुहुन्छ । त्यसकारण उहाँले आफनो निर्णय गर्नुहोला, अहिले उहाँलाई एमाले पार्टीको भन्दापनि देशको चिन्ता छ । उहाँलाई पार्टीमा खड्गप्रसाद ओलीसंग गएर मिल्ने भन्दापनि यो सविधानलाई ट्रयाकभन्दा बाहिर लानुभएको छ ओलीजीले जसरी एकपछि अर्को नाङगो प्रहार गर्नुभयो, हामीले बनाएको संंविधानलाई धराशयी बनाउनुभएको छ । ओलीले हाम्रो राजनीतिक चरित्र आदी त्यसलाई पूननिर्माण गराउनुपर्ने कुरा हो भन्ने उहाँमा छ । देश बचाउनु पार्टीको एकता भन्दा पनि पहिलो कुरा हो भन्ने कुरा हो । यो कुरा उहाँले व्यक्त गर्नुभएको छ । त्यसैले मलाई लाग्छ कि उहाँले एउटा विवेकी निणय गर्नुहुन्छ ।
त्यसोभए प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनुहुन्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ ?
अहिले म त्यो ग्यारेन्टी कसरी गर्न सक्छु ? राजनीतिक आधारले उहाँले र उहाँको साथीहरुले विश्वासको मत दिनुहुन्छ भन्ने लागेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देवालाई अहिलेसम्म पनि बधाई तथा शुभकामना दिनुभएन नि ? किन ?
मलाई लाग्र्छ अस्तिको दिन नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई र शुभकामना दिनुभएको छ । त्यसैमा उहाँले प्रधानमन्त्री मोदीको शुभकामना बधाई दिनुभएको होला मलाई लाग्छ ।
विगतमा प्रधानमन्त्री बन्ने बित्तिकै भारतीय प्रधानमन्त्रीको फोन आउँथ्यो, अनि मोदीले ट्विट पनि गर्नुहुन्थ्यो ?
उहाँ बाहिर कतै अन्य राज्यहरुमा व्यस्तता भएको पनि हुनसक्छ । तर, तपाईँले देखिहाल्नुभयो । भारतीय सञ्चार माध्यामहरुले नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री असल मित्र हुनुहुन्छ भनेर मुख्य मुख्य पत्रिकाहरुले धेरै राम्रो सम्पादकीय लेखेका छन् । त्यसले के देखाउन्छ भने भारत र अहिलेको यो सरकारको विचमा अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध राखेको छ भन्ने देखाउँछ ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया