SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२७ गते
    १७४७ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । ब्राजिलमा भएको ४७औं संस्करणको कोपा अमेरिकामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो साथै २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिका  को उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि जितेका छन् । त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।तर यस पटक भने अर्जेन्टिनाले हारको यात्रालाई ब्रेक लगायो । त्यसका लागि ब्राजिललाई घरमै पराजित गर्‍यो । २००४, २००७, २०१५ र २०१६ को कोपा फाइनल पराजित भएको अर्जेन्टिना २०१४ को विश्वकपमा पनि पराजित भएको थियो ।यस्तै मेस्सीले पनि पाँचै पटक फाइनल खेल्दा अन्तत: पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।

    ब्राजिललाई उसैको मैदानमा हराउन अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे । यसअघि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका डि मारियाले फाइनलमा पहिलो रोजाइँमै खेल्ने अवसर पाएका थिए । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा डि मारियाले २२औं मिनेटमा गोल गरेका थिए ।त्यही गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले उपाधिको खडेरी तोडेको हो । ड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । अर्जेन्टिनाका कप्तान मेस्सीले पनि दोस्रो हाफमा गोल गर्ने सुनौलो अवसर गुमाए अन्तत डि मारियाको गोल नै बिजयी बन्न पर्याप्त बन्यो ।

    अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भए भने अर्जेन्टिनाको कप्तान लिओनल मेसी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् साथै लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् ।

    यसपटक कोपा शुरुमा कोलम्बिया र अर्जेन्टिनामै हुने तय थियो । तर अन्तिम समयमा आएर आयोजक परिवर्तन भएको थियो । कोलम्बियामा सरकारविरुद्धको प्रदर्शनपछि अर्जेन्टिनाले एक्लै आयोजना गर्ने तयारी गरिरहेको थियो । तर त्यहाँ कोभिड-१९ को संक्रमण दर बढ्दै गएपछि दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले ब्राजिलमा कोपा गर्ने निर्णय गरेको थियो ।शुरुमा ब्राजिलकै खेलाडीले विरोध गरे पनि पछि दक्षिण अमेरिकाका सबै १० टिमले प्रतिस्पर्धा गरे ।अर्जेन्टिनाले अपराजित रहँदै उपाधि जित्दा ६ खेल जित्यो । एक खेल भने बराबरी खेलेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं