SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/११ गते
    ३७८८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । यतिबेला नेपाल कोरोना महामारीको चरम संकटमा छ । यही अबस्थामा फेरी अर्को महामारी जस्तै संकट अबिरल बर्षासँगै आएको बाढी पहिरोले ल्याएको छ । यस्तो अबस्थामा देशैभरमा ढुवानी व्यवसायीहरुको संस्था ढुवानी व्यवसायी महासंघ नेपालले बाढी पहिरो पीडित हेलम्बु गाउँपालिकालाई ४ लाख रुपैयाँ भन्दा बढी राहत रकम सहयोग गरेको छ ।

    यतिबेला सबैभन्दा धेरै बाढी पहिरोबाट क्षेती भएको हेलम्बु गाउँपालिकाको विपत व्यवस्थापन कोषमा जम्मा हुने गरि राहत रकम हस्तान्तरण गरिएको महासंघका केन्द्रीय महासचिव अरुण कुमार श्रेष्ठले सुचनाकेन्द्र डटकमलाई जानकारी गराउनु भएको छ

    महासंघको टोलीले शुक्रबार हेलम्बुमै पुगेर गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई चार लाख एघार हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको उहाँले बताउनु भएको हो । । ‘महासंघको पहल तथा समन्वयमा आफ्ना स्थानीय संस्थाबाट संकलित राहत रकम हस्तान्तरण गरिएको हो,’ श्रेष्टले भन्नु भयो ‘हामीले हस्तान्तरण गरेको रकम वास्तविक पीडितले मात्र उपभोग गर्नेछन् भन्ने अपेक्षा राखेका छौँ ।’

    नेपाल सरकारबाट प्रकृत्ति विपत्ती पीडित जनतालाई छिटो भन्दा छिटो समुचित राहत तथा आवासको व्यवस्थापनको लागि महासंघले अपिल पनि गरेको छ । मनसुनको सुरुवातसँगै असार १ गते त्यस क्षेत्रमा गएको बाढी पहिरोको कारण व्यापक मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा ढुवानी महासंघले दुख समेत गरेको छ ।

    ढुवानी व्यवसायी महासंघ ढुवानी क्षेत्रमा रहेर आम नागरिकको दैनिकीमा प्रयोग हुने अत्यवाश्यक औषधी, खाद्यान्न, अक्सीजन सिलिन्डर, निर्माण सामाग्री लगायत राज्यबाट अनुमति प्राप्त वस्तुहरु ढुवानी गर्ने देशैभरिका ट्रान्सपोर्टहरुको छाता संघठन हो । रकम हस्ताण्तरण कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनाल लगायत ब्यावसायीहरुको सहभागिता रहेको थियो ।

    कोरोना महामारीले देश आक्रान्त बनिरहेका बेला यहि संस्थाले देशैभर औषधीजन्य सामाग्री तथा अक्सीजनका सिलिण्डरहरु देशभर निशुल्क ढुवानी समेत गरेको थियो । व्याबसायीक मात्रै नभएर सामाजीक सेवा समेत निरन्तर कृयाशिल यस संस्थाको कामले साच्चीकै आम नेपाली नागरीकलाई गौरवको महसुस समेत गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं