
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल)मा अक्सिजन अभाव भएको छ । यसले ४० जनाभन्दा बढी गम्भीर अवस्थाका कोरोना संक्रमितसहितका बिरामीको जीवन जोखिममा परेको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईं अक्सिजन व्यवस्थापनका लागि सबै तिर पहल गर्दा पनि निरीह बन्नुपरेको बताउँछन् । अबको दुई-तीन घण्टाभित्र अक्सिजन आपूर्ति सहज हुन नसके अवस्था भयावह हुने उनले बताए । अक्सिजन अभावमा हुन सक्ने जोखिमलाई मध्यनजर राखेर अक्सिजन भएका स्वास्थ्य संस्थामा बिरामी पठाउन थालिएको उनले बताए ।
‘युद्धमा बन्दुक बाेकेका सिपाहीसँग गोली नभए के हुन्छ ? हामी त्यस्तै भयौं,’ उनले भने, ‘अक्सिजन महामारीसँगको लडाइँमा न्यूनतम् साधन हो, केही उपाय नलागेपछि हिजोसम्म ६२ जनालाई हाई फ्लो अक्सिजनसहतिको सेवा दिइरहेकोमा अब १५ जनामा झार्ने निष्कर्षमा पुगेका छौं ।’
‘दिनमा २४० सिलिन्डर अक्सिजन आवश्यक पर्छ,’ प्रसाईंले भने,’३-४ दिनदेखि अस्पतालले विभिन्न तवरबाट अक्सिजन व्यवस्थापन गरेको थियो, हिजोबाट ठूलो समस्या पर्यो ।’
उद्योगहरुले अक्सिजन आपूर्तिमा असमर्थता जनाएपछि हिजैदेखि अस्पतालले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरु, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव महेश्वर न्यौपाने लगायतलाई समस्याबारे जानकारी गराएको थियो । मुख्यमन्त्रीको पहलका आधारमा ज्योती समूहको भाजुरत्न इन्जिनियरिङले दैनिक सय सिलिन्डर आपूर्ति गरिरहने प्रतिवद्धता जनाएको थियो ।
बिहीबार साँझ मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई नै उद्योग सञ्चालकले दैनिक हेटौंडा अस्पतालका लागि सय सिलिन्डर अक्सिजन दिन तयार रहेको बताएका थिए । त्यसैगरी बारा र पर्साबाट पनि थप सिलिन्डर ल्याउने अस्पतालको योजना थियो ।
‘दिउँसो १ बजेसम्म सिलिन्डरहरु आइपुग्नुपर्ने हो, तर अहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले आफ्नै जिल्लामा अभाव रहेकाले थप सिलिन्डर बाहिरी जिल्लामा नपठाउने निर्णय गरेको भन्दै उद्योग सञ्चालकहरु पन्छिुनुभयो,’ प्रसाईंले भने, ‘हामीले जति हारगुहार गर्दा पनि केही लागेन ।’
उनका अनुसार अक्सिजन व्यवस्थापनबारे मुख्यमन्त्रीदेखिको सबै सम्बद्ध पक्षले पहल गरेकाले तत्कालको संकट टार्न भन्दै सेनाको गाडी बारामा अक्सिजन लिन पुगेको छ । ‘तर, त्यो गाडी फर्किन पनि केही घण्टा लाग्छ,’ अध्यक्ष प्रसाईंले भने,’त्यतिबेलासम्म यहाँ अक्सिजन सकिसक्छ ।’
उनका अनुसार बिरामीलाई चितवन पठाउन खोजिए पनि चितवनमै बेड अभाव भएकाले सम्भव नभएको उनले बताए ।
‘चितवनमा नै केही बिरामी काठमाडौं पठाउन जिल्ला प्राशसनमा छलफल चलिरहेको रहेछ,’ उनले भने,’सिन्धुलीको अस्पतालले भने १०-१२ जना जति पठाइदिनुस् भनेको छ, बाँकी बिरामीलाई के गर्ने भन्ने ठेगान भएको छैन ।’
अहिले इच्छुकहरुलाई नर्ससमेत राखेर तयार एम्बुलेन्समा सिन्धुलीमा जान भनिएको छ । कतिपय बिरामीका आफन्त भने आफैं अक्सिजन जुटाउन दौडधुप गरिरहेका छन् । केहीले अस्पतालको अनुरोधमा अन्यत्र नै जान थालेका छन् ।
एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले अब आईसीयू र एचडीयूमा भर्ना भएका बिरामीका लागि ३ घण्टालाई मात्र पुग्ने अक्सिजन मौज्दातमा रहेको बताएपछि अस्पतालमा बिरामी र बिरामी कुरूवा तनावमा छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया