
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
८मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
कृष्ण अन्जान, गुल्मी।
कफि अनुसन्धान कार्यक्रम भण्डारी डाँडा गुल्मीका प्रमुख डाक्टर कृष्ण थापाकाे मन अाजभाेली भारी छ । अरु केही कारण हाेइन अब उमेरकाे हदबन्दी ले जेठकाे दाेस्राे हप्ता अाफ्नाे परिश्रमले सिर्जेकाे कफि अनुसन्धान कार्यक्रमबाट बिदाइ हुनु पर्दा कताकता मन पाेलेकाे अनुभव डाक्टर थापाले गर्नु भएकाे छ । मानविय चक्र ,कस्ले कहाँ पुगेर ईतिहास बनाउँछ थाहा हुन्न ।
रुरुक्षेत्र गाउँपालिका वडा न ४ तालखाेलाकाे भण्डारी डाँडामा अाउँदा स्याल कराउने निर्जन ठाउँ मात्र रहेकाे कृष्ण थापाले सम्झिनु हुन्छ तर त्यहि भण्डारी डाँडा यतिबेला नेपालमा मात्र हाेइन विदेशमा समेत परिचित छ । तालखाेलाका याे क्षेत्रमा कुनैबेला राैनकता थियाे ।थकाली समुदायका हाेटलहरुमा मिठाे खान्की पाक्थ्याे ।लाहुरे हरु क्याबात भन्दै यहाँ सुनौलीबाट पाल्पा हुँदै रिडी र रिडीबाट तालखाेला तिर निस्कन्थे र यहिठाउँमा बाँस बस्थे ।गुल्मी बाग्लुङ जाने लाहुरे भरिया बाेक्ने भरिया दाइहरुकाे पहिलाे राेजाइ थियाे तालखाेला र भण्डारी डाँडा ।तर जताततै सडक पुगेपछि तालखाेला भाटियाे र यहाँकाे थकाली समुदायहरु व्यापारका लागि अन्यत्रै सरे ।बिक्रम सम्वत २०४२ साल देखि याे क्षेत्र निर्जन बन्याे ।
तर समय चक्र फेरियाे ।करिब एकतिस वर्ष पछि फेरी भण्डारी डाँडाले नया रुप तर्फ अाफुलाइ डाेर्यायाे । कृषि अनुसन्धान परिषद ले गरेकाे सँभाव्यता अध्ययन प्रतिवेदन ले भण्डारी डाँडालाइ कफि अनुसन्धानका लागि उपयुक्त ठाउँ छनौट गर्याे । त्यतिबेला गुल्मेली कफि सराेकारवाला हरु खुशि भए जतिबेला २०७३ वैशाख ३ गते तत्कालीन मुख्य सचिव लिलामणि पौडेलले कफिकाे बेर्ना राेपेर कफि अनुसन्धान कार्यक्रम बलेटक्सारकाे विधिवत शुभारम्भ गर्नु भयाे ।
कफि अनुसन्धान कार्यक्रम काे शुभारम्भ सँगै फेरी कार्यक्रमकाे लगाम सम्हाल्न अाइ पुग्नु भयाे डाक्टर कृष्ण थापा । नौलाे ठाउँ अनेक चुनौति हरुका बिचमा सँभावना खाेज्दै प्रमुख थापाले ६ वर्षमा कफि अनुसन्धान कार्यक्रममा कायापलट गरेर देखाइ दिनु भएकाे छ । कफि अनुसन्धान कार्यक्रमकाे लक्ष कफि खेति प्रविधिकाे विकास र प्रयाेग सँगै नेपाली कृषक हरुकाे जिविकाे पार्जनमा सुधार ल्याउनु हाे हामीले त्याे कार्यलाइ मुर्त रुप दियौँ जस्ताे लाग्छ प्रमुख थापाले भन्नु भयाे ।
भण्डारी डाँडामा कफि अनुसन्धान कार्यक्रमका भव्य कार्यालय प्रयाेगशाला कर्मचारी अावास बनी सकेका छन भने भव्य तालिम केन्द्र पनि बनिरहेकाे छ । बयालीस जातका कफिका बगैँचा र यी कफि हरुकाे अनुसन्धान याे वैभवता कृष्ण थापाकाे याेगदानकाे मात्र हाेइन वहाँकाे पसिनाकाे वैभवता पनि हाे । सबे सँरचना हरु बनिसक्दा कफि अनुसन्धान कार्यक्रममा दरवन्दि भएर पनि कृषि अनुसन्धान परिषदले विशेषज्ञ नपठाउँदा प्रमुख थापाकाे मन दुखेकाे छ ।
जे जति छन त्यतिले काम चलाएका छौँ तर विशेषज्ञकाे धेरै खाँचाे छ अाफुले छाडेर गएपनि अाफुले गरेकाे मेहेनतमा खिया नलागाेस भन्ने मेराे मान्यता हाे टाढा हेर्दै प्रमुख थापाले भन्नु भयाे । अाफुले सिर्जना गरेकाे सँरचनाकाे माया धेरै हुँदाे रहेछ जति याे ठाउँ बाट जाने दिन नजिक अाउँदैछ झन झन कफिका बाेटहरु सुमसुम्याउन मन लाग्छ पटक पटक बगैँचा तिर घुम्छु , म जागीर खान मात्र यहाँ अाएकाे हाेइन मेराे अभिष्ट अनुसन्धान सँगै कफि किसानहरुलाइ कफि खेतिका लागि याेग्य बनाउनु पनि हाे थापाले भन्नु भयाे ।
जागीर बाट पेन्सन हुँदा मान्छे खुशि हुन्छन तर मेराे उमेरका कारणले म अनिवार्य अवकासमा जानै पर्ने भाे तर याे अाफैले सिर्जेकाे ठाउँ छाड्नु पर्दा मन दुखेजस्ताे हुन्छ गुल्मसँगै भण्डारी डाँडाकाे माया मार्नै गाह्रो हुनेभाे प्रमुख थापाले भन्नु भयाे । अब केही दिन छन जेठकाे दाेस्राे हप्ता कफि अनुसन्धान कार्यक्रम बाट हात हल्लाउँदै प्रमुख थापा पाेखरा अाफ्नाे घर फर्कनु हुनेछ।त्यतिबेला साँच्चै भण्डारी डाँडाका कफिका बुटा हरु ,सँगै काम गरेका सहकर्मी हरु सिँगाे तालखाेला सिँगाे गुल्मीले विदाइमा अाँखा भरि अाँसु पारेर भन्नेछन अाँसु नझार्नु
भण्डारी डाँडाकाे माया नमार्नु ।।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया