SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२४ गते
    २८५६ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्ण अन्जान, गुल्मी।
    कफि अनुसन्धान कार्यक्रम भण्डारी डाँडा गुल्मीका प्रमुख डाक्टर कृष्ण थापाकाे मन अाजभाेली भारी छ । अरु केही कारण हाेइन अब उमेरकाे हदबन्दी ले जेठकाे दाेस्राे हप्ता अाफ्नाे परिश्रमले सिर्जेकाे कफि अनुसन्धान कार्यक्रमबाट बिदाइ हुनु पर्दा कताकता मन पाेलेकाे अनुभव डाक्टर थापाले गर्नु भएकाे छ ।  मानविय चक्र ,कस्ले कहाँ पुगेर ईतिहास बनाउँछ थाहा हुन्न ।

    रुरुक्षेत्र गाउँपालिका वडा न ४ तालखाेलाकाे भण्डारी डाँडामा अाउँदा स्याल कराउने निर्जन ठाउँ मात्र रहेकाे कृष्ण थापाले सम्झिनु हुन्छ तर त्यहि भण्डारी डाँडा यतिबेला नेपालमा मात्र हाेइन विदेशमा समेत परिचित छ । तालखाेलाका याे क्षेत्रमा कुनैबेला राैनकता थियाे ।थकाली समुदायका हाेटलहरुमा मिठाे खान्की पाक्थ्याे ।लाहुरे हरु क्याबात भन्दै यहाँ सुनौलीबाट पाल्पा हुँदै रिडी र रिडीबाट तालखाेला तिर निस्कन्थे र यहिठाउँमा बाँस बस्थे ।गुल्मी बाग्लुङ जाने लाहुरे भरिया बाेक्ने भरिया दाइहरुकाे पहिलाे राेजाइ थियाे तालखाेला र भण्डारी डाँडा ।तर जताततै सडक पुगेपछि तालखाेला भाटियाे र यहाँकाे थकाली समुदायहरु व्यापारका लागि अन्यत्रै सरे ।बिक्रम सम्वत २०४२ साल देखि याे क्षेत्र निर्जन बन्याे ।

    तर समय चक्र फेरियाे ।करिब एकतिस वर्ष पछि फेरी भण्डारी डाँडाले नया रुप तर्फ अाफुलाइ डाेर्यायाे । कृषि अनुसन्धान परिषद ले गरेकाे सँभाव्यता अध्ययन प्रतिवेदन ले भण्डारी डाँडालाइ कफि अनुसन्धानका लागि उपयुक्त ठाउँ छनौट गर्याे ।  त्यतिबेला गुल्मेली कफि सराेकारवाला हरु खुशि भए जतिबेला २०७३ वैशाख ३ गते तत्कालीन मुख्य सचिव लिलामणि पौडेलले कफिकाे बेर्ना राेपेर कफि अनुसन्धान कार्यक्रम बलेटक्सारकाे विधिवत शुभारम्भ गर्नु भयाे ।

    कफि अनुसन्धान कार्यक्रम काे शुभारम्भ सँगै फेरी कार्यक्रमकाे लगाम सम्हाल्न अाइ पुग्नु भयाे डाक्टर कृष्ण थापा । नौलाे ठाउँ अनेक चुनौति हरुका बिचमा सँभावना खाेज्दै प्रमुख थापाले ६ वर्षमा कफि अनुसन्धान कार्यक्रममा कायापलट गरेर देखाइ दिनु भएकाे छ । कफि अनुसन्धान कार्यक्रमकाे लक्ष कफि खेति प्रविधिकाे विकास र प्रयाेग सँगै नेपाली कृषक हरुकाे जिविकाे पार्जनमा सुधार ल्याउनु हाे हामीले त्याे कार्यलाइ मुर्त रुप दियौँ जस्ताे लाग्छ प्रमुख थापाले भन्नु भयाे ।

    भण्डारी डाँडामा कफि अनुसन्धान कार्यक्रमका भव्य कार्यालय प्रयाेगशाला कर्मचारी अावास बनी सकेका छन भने भव्य तालिम केन्द्र पनि बनिरहेकाे छ । बयालीस जातका कफिका बगैँचा र यी कफि हरुकाे अनुसन्धान याे वैभवता कृष्ण थापाकाे याेगदानकाे मात्र हाेइन वहाँकाे पसिनाकाे वैभवता पनि हाे । सबे सँरचना हरु बनिसक्दा कफि अनुसन्धान कार्यक्रममा दरवन्दि भएर पनि कृषि अनुसन्धान परिषदले विशेषज्ञ नपठाउँदा प्रमुख थापाकाे मन दुखेकाे छ ।

    जे जति छन त्यतिले काम चलाएका छौँ तर विशेषज्ञकाे धेरै खाँचाे छ अाफुले छाडेर गएपनि अाफुले गरेकाे मेहेनतमा खिया नलागाेस भन्ने मेराे मान्यता हाे टाढा हेर्दै प्रमुख थापाले भन्नु भयाे । अाफुले सिर्जना गरेकाे सँरचनाकाे माया धेरै हुँदाे रहेछ जति याे ठाउँ बाट जाने दिन नजिक अाउँदैछ झन झन कफिका बाेटहरु सुमसुम्याउन मन लाग्छ पटक पटक बगैँचा तिर घुम्छु , म जागीर खान मात्र यहाँ अाएकाे हाेइन मेराे अभिष्ट अनुसन्धान सँगै कफि किसानहरुलाइ कफि खेतिका लागि याेग्य बनाउनु पनि हाे थापाले भन्नु भयाे ।

    जागीर बाट पेन्सन हुँदा मान्छे खुशि हुन्छन तर मेराे उमेरका कारणले म अनिवार्य अवकासमा जानै पर्ने भाे तर याे अाफैले सिर्जेकाे ठाउँ छाड्नु पर्दा मन दुखेजस्ताे हुन्छ गुल्मसँगै भण्डारी डाँडाकाे माया मार्नै गाह्रो हुनेभाे प्रमुख थापाले भन्नु भयाे । अब केही दिन छन जेठकाे दाेस्राे हप्ता कफि अनुसन्धान कार्यक्रम बाट हात हल्लाउँदै प्रमुख थापा पाेखरा अाफ्नाे घर फर्कनु हुनेछ।त्यतिबेला साँच्चै भण्डारी डाँडाका कफिका बुटा हरु ,सँगै काम गरेका सहकर्मी हरु सिँगाे तालखाेला सिँगाे गुल्मीले विदाइमा अाँखा भरि अाँसु पारेर भन्नेछन अाँसु नझार्नु
    भण्डारी डाँडाकाे माया नमार्नु ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं