SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/३ गते
    १६९१ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज झण्डानगरमा शनिवार मंसीर ६ गतेदेखि पुनः सञ्ंचालनमा आउदै छ। कोभिड–१९ महामारीको कारणले लामो समयदेखि बन्द रहेको कालेज आउदो शनिवारदेखि पुनः संचालनमा आउन लागको हो । कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा कर्मचारी सबैलाई बचाउनाको लागि समग्र समुदायका जनताको स्वास्थ्यप्रति ख्याल गर्दै कलेज बन्द गरिएको थियो । अब त्योबन्द गरिएको कलेजमा कक्षा सञ्चालनको लागि नेपाल सरकारले जारी गरेको निर्देशिकको पालन गर्दै पुनः कक्षा संचालनगरि रहेको कुरा कालेजका प्रवक्ता मौलाना मसहूद खान नेपालीले जानकारी दिएका छन् ।

    कोभिड–१९ को रोकथाम तथा सामना गर्नकालागि व्यापक रुपमा विद्यालय बन्द गरिएका कारण बालबालिकाको शिक्षाका साथै समग्र समाज र समुदाय हितमा अभूतपूर्ब स्थिति सिर्जना भएको छ। विशेषगरी बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा “विद्यालय जानबाट बञ्चित बालबालिकाका लागि बढ्दो असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा, बाल श्रम तथा बालविवाह आदि लगायत कैयौं दीर्घकालीन जोखिमहरु हुने सम्भावना रहेको पनि जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका अध्यक्ष समीम अहमद नदवीले बताएका छन् । यी सबै कुरालाई ध्यानमा राखेर नेपाल सरकारले पुनःकक्षा संचालन गर्नको लागि जारी गरेको निर्देशनको पालन गर्दै कलेजले पुनः कक्षा सञ्चालन गर्न लागिरहेको उनले बताए ।

    आयशा सिद्दीका ग्रल्स कालेज का उपाध्यक्ष डां मन्जुर अहमद खांका अनुसार शिक्षा मन्त्रालयले प्रस्तुत गरेको कक्षा सञ्चालनका सात विकल्पहरु यस प्रकार रहेका छन् ः
    १. सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने । २. अलग–अलग समय (सिफ्ट)मा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने । ३. विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि र घण्टी छोट्याउने । ४. जोखिम र सहजता हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षा पहिले शुरु गर्ने । ५. कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।
    ६. एउटै कक्षाका केही विद्यार्थीलाई फरक सिफ्ट वा फरक दिन र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने । ७. हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सञ्चालन गर्ने ।

    जति धेरै समय बालबालिका विद्यालय जाँदैनन, उनीहरू फेरी विद्यालय फर्किने सम्भावना त्यति नै कम हुँदै जान्छ। सुरक्षित समय आउनासाथ हामीले विद्यालय पुनःसञ्चालन गर्न सकेनौं भने यसबाट शिक्षामा अपुरणीय क्षति हुने सम्भावना रहेको पनि अहमद खाँले बताए।

    जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर र आयशा गर्ल्स कालेज झण्डानगरका पदाधिकारीहरुले लिएको निर्णयको सम्म्मान गर्दै अलसल्फियाका प्रधानाध्यापक डां अब्दुलगनी अलकुफीले पदाधिकारीहरुलाई बधाई दिदै भने – उक्त कालेजका बिद्यार्थी, शिक्षक र अन्य कर्मचारीहरुले पूर्ण सावधानी कासाथ र अनिवार्य रुपमा फेस मास्कको प्रयोग गरी पदाधिकारीहरुले लिएको निर्णयको सम्मान गर्दै शनिवारका दिन उपस्थित हुन अनुरोध समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं