SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/१९ गते
    १६३७ &#२३४६;&#२३३५;&#२३२५;

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएपछि मेरिल्यान्डस्थित वाल्टर रिड नेसनल सैनिक मेडिकल अस्पतालमा भर्ना भएका छन् । ट्रम्पलाई श्वास लिन गाह्रो, हल्का ज्वरो तथा चिसो लागेपछि चिकित्सकले अस्पतालमा भर्ना हुन सुझाब दिएका हुन् ।

    शुक्रबार अस्पताल पुगेका ट्रम्पले सावधानी अपनाउन आएको बताएका थिए । शुक्रबार साँझ ६ः१५ बजे अस्पताल पुगेको १८ सेकेन्ड भिडियोमा ट्रम्पले आफू ठीक भएको बताएका छन् । ‘मेरो विचारमा म एकदम ठीक छ्, म यहाँ सावधानी अपनाउन मात्रै आएको हुँ,’ उनले भनेका छन्, ‘मैले अक्सिजन पनि लिएको छैन, मसँगै श्रीमती मेलानियाको स्वास्थ्य पनि राम्रो छ ।’

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अस्पतालका अनुसार ट्रम्पको आवश्यकताअनुसार स्वास्थ्य परीक्षण हुनेछ । अहिले ज्वरो कम गर्ने र चिसो नहुने औषधि चलाएको अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । ट्रम्पलाई हाई कोलेस्ट्रोल छ । नेसनल सैनिक मेडिकलका डाक्टर सिएन कोनेलले ट्रम्पलाई तत्काल अक्सिजन सप्लाई नगरेको जनाए । ‘यद्यपि अस्पतालमा राष्ट्रपति आउँदा श्वास लिन अप्ठ्यारो थियो, तर अहिले यो समस्या छैन,’ डा. सिएनले भने ।

    बुढ्यौली उमेरमा हाई रिस्क
    राष्ट्रपति ट्रम्पले नियमित रूपमा भिटामिन डी, फामोटिडिने, मेलाटोनिया तथा एस्प्रिन नामक औषधि सेवन गरिरहेको डा. कनेलीले बताए । ७४ वर्षको उमेरमा कोभिड– १९ हुँदा उच्च जोखिम हुने चिकित्सकको भनाइ छ । ‘राष्ट्रपति ७४ वर्षको हुनुहुन्छ, यो उमेरका जोकोही पनि संक्रमित हुँदा रिस्क हुन्छ, हामी सोहीअनुसार उहाँको उपचार गर्छौँ,’ उनले भने । अस्पतालमा ट्रम्पको उपचार भइरहँदा प्रशासकीय सबै कामको रेखदेख उपराष्ट्रपति माइकल पेन्स र सिनेट नेन्सी पेलोसीले सम्हाल्नेछन् ।

    ट्रम्पले अस्पतालबाटै पनि कामकाज गर्न सक्नेछन् । तर, अहिले स्वास्थ्य अवस्था राम्रो नभएकाले उनलाई आराम गर्न भनिएको छ । उनले अस्पतालबाटै उपराष्ट्रपतिलाई निर्देशन दिन सक्छन् । निर्वाचन आउन एक महिना मात्रै बाँकी रहेको अवस्थामा ट्रम्प आफ्नो चुनावी सभामा सहभागी हुनका लागि छिटो अस्पतालबाट बाहिर आउन चाहन्छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कमजोर देखिए ट्रम्प
    ट्रम्पको फिटनेस उत्कृष्ट मानिन्थ्यो । ७४ वर्षका भइसक्दा पनि ट्रम्पको स्वास्थ्य अवस्था निकै राम्रो थियो । राष्ट्रपतीय चुनावको पूर्वसन्ध्या आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदा पनि ट्रम्प गलेको देखिँदैन थिए । अचानक कोभिड पोजेटिभ देखिएपछि ट्रम्प गलेको र कमजोर देखिएका एजेन्सीहरूले जनाएका छन् । अस्पतालमा ट्रम्पलाई हिँडडुल गर्नसमेत समस्या देखिएको उनीहरूको दाबी छ ।

    अमेरिकामा कोरोना फैलिरहँदा मास्कले केही पनि नहुने टिप्पणी दिएका ट्रम्पले अस्पतालमा पुग्दा निलो रंगको मास्क लगाएका थिए । ट्रम्पको स्वास्थ्यसम्बन्धी जानकारी लिन अस्पताल पुगेका सञ्चारकर्मीहरूले ट्रम्पले मास्क लगाएको देखेपछि ‘धन्यवाद’ दिएका थिए ।

    ‘मास्क नलगाएका कारण अस्पताल भर्ना’
    राष्ट्रपतीय निर्वाचन अभियानको क्रममा केही महिनायता ट्रम्पले डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनमाथि टिप्पणी दिँदै आइरहेका छन् । बाइडेनले मास्क लगाउँदा ट्रम्पले ठट्टा गर्थे । ट्रम्पले चुनावी सभाको क्रममा दुईपटक मात्र मास्क लगाएका थिए । अन्य वेलामा उनी जहाँ गए पनि विनामास्क हुन्थे । उनी मास्क लगाउँदैमा कोरोना नसर्ने होइन भनी टिप्पणी दिन्थे ।

    ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूले भनेका छन्, ‘हाम्रा राष्ट्रपतिले मास्क लगाएको भए आज अस्पतालमा भर्ना हुनुपर्ने थिएन, मास्क नलगाएका कारण नै राष्ट्रपति ट्रम्प संक्रमित हुनुभयो ।’ यता पिटरबर्ग विश्वविद्यालयका एक्सपर्ट डा. डेभिड नेसले पनि कोभिड– १९ बाट सुरक्षित रहन मास्क अनिवार्य भएको बताएका छन् । डा. डेभिड भन्छन्, ‘यो समयमा हामीलाई रक्षा नै मास्कले गर्छ । यदि राष्ट्रपति ट्रम्पले मास्क लगाएको भए आज यो अवस्थामा पुग्नुहुने थिएन ।’

    चिकित्सकको सल्लाह नसुनेको
    जतिजति चुनाव नजिक हुँदै थियो, त्यति नै ट्रम्पको सक्रियता बढिरहेको थियो । ७० वर्षमाथिका व्यक्ति धेरै दौडधुप गर्न नहुने तथा हुलमुलबाट जोगिनुपर्ने भन्दै ह्वाइटहाउसका चिकित्सकले ट्रम्पलाई सल्लाह दिएका थिए । तर, ट्रम्प जोखिमपूर्ण अवस्थामा समेत चुनावी अभियानमा हिँडिरहेका थिए । चिकित्सकका अनुसार ट्रम्पले आफ्नो स्वास्थ्यबारेमा कहिल्यै जानकारी लिएनन् र चासो राखेनन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    धेरै लापरबाही
    कोभिड– १९ सुरु भएदेखि नै राष्ट्रपति ट्रम्पले यसलाई अति नै हल्का रूपमा लिएका थिए । ट्रम्पले यो सामान्य फ्लु जस्तो भएको बताउँदै आएका थिए । अहिले यही विश्वास गलत साबित भएको छ । अमेरिकामा कोभिड– १९ ले लगभग दुई लाखको ज्यान गइसकेको छ ।

    राष्ट्रपतिको उम्मेदवारी दिने जाने दिन उनीसँगै एक हजार कार्यकर्ता थिए । यो क्रममा राष्ट्रपति ट्रम्पले एकपटक पनि मास्क लगाएनन् । उनले सामाजिक दूरीसमेत कायम राखेनन् । यसै असावधानीकै कारण ट्रम्प अहिले संक्रमित हुन पुगेको चिकित्सकहरूले दाबी छ ।

    चुनावी यात्रामा ट्रम्पका म्यानेजर बिल स्टेपाइन पनि संक्रमित भएका छन् । शनिबार भएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । अहिले स्टेपाइन सेल्फ क्वारेन्टिनमा छन् । बुधबार राष्ट्रपतीय डिबेटमा स्टेपाइन राष्ट्रपति ट्रम्पसँगै थिए ।

    किमद्वारा स्वास्थ्यलाभको कामना
    कुनै समय उत्तर कोरिया अमेरिकाको नम्बर एक शत्रु थियो । पछिल्लो दुई वर्षयता उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा सुधार आएको छ । उत्तर कोरियाका नेता किम जोन उनले अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    उत्तर कोरियन समाचार एजेन्सीका अनुसार किमले नै ह्वाइटहाउसमा फोन गरी ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका हुन् । उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानियालाई चाँडै निको होस भन्ने कामना गर्छु ।’ एजेन्सीहरूका अनुसार किमले पहिलोपटक कुनै राष्ट्रका राष्ट्राध्यक्षको स्वास्थ्यलाभ शुभकमना दिएका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं