
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएपछि मेरिल्यान्डस्थित वाल्टर रिड नेसनल सैनिक मेडिकल अस्पतालमा भर्ना भएका छन् । ट्रम्पलाई श्वास लिन गाह्रो, हल्का ज्वरो तथा चिसो लागेपछि चिकित्सकले अस्पतालमा भर्ना हुन सुझाब दिएका हुन् ।
शुक्रबार अस्पताल पुगेका ट्रम्पले सावधानी अपनाउन आएको बताएका थिए । शुक्रबार साँझ ६ः१५ बजे अस्पताल पुगेको १८ सेकेन्ड भिडियोमा ट्रम्पले आफू ठीक भएको बताएका छन् । ‘मेरो विचारमा म एकदम ठीक छ्, म यहाँ सावधानी अपनाउन मात्रै आएको हुँ,’ उनले भनेका छन्, ‘मैले अक्सिजन पनि लिएको छैन, मसँगै श्रीमती मेलानियाको स्वास्थ्य पनि राम्रो छ ।’
अस्पतालका अनुसार ट्रम्पको आवश्यकताअनुसार स्वास्थ्य परीक्षण हुनेछ । अहिले ज्वरो कम गर्ने र चिसो नहुने औषधि चलाएको अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । ट्रम्पलाई हाई कोलेस्ट्रोल छ । नेसनल सैनिक मेडिकलका डाक्टर सिएन कोनेलले ट्रम्पलाई तत्काल अक्सिजन सप्लाई नगरेको जनाए । ‘यद्यपि अस्पतालमा राष्ट्रपति आउँदा श्वास लिन अप्ठ्यारो थियो, तर अहिले यो समस्या छैन,’ डा. सिएनले भने ।
बुढ्यौली उमेरमा हाई रिस्क
राष्ट्रपति ट्रम्पले नियमित रूपमा भिटामिन डी, फामोटिडिने, मेलाटोनिया तथा एस्प्रिन नामक औषधि सेवन गरिरहेको डा. कनेलीले बताए । ७४ वर्षको उमेरमा कोभिड– १९ हुँदा उच्च जोखिम हुने चिकित्सकको भनाइ छ । ‘राष्ट्रपति ७४ वर्षको हुनुहुन्छ, यो उमेरका जोकोही पनि संक्रमित हुँदा रिस्क हुन्छ, हामी सोहीअनुसार उहाँको उपचार गर्छौँ,’ उनले भने । अस्पतालमा ट्रम्पको उपचार भइरहँदा प्रशासकीय सबै कामको रेखदेख उपराष्ट्रपति माइकल पेन्स र सिनेट नेन्सी पेलोसीले सम्हाल्नेछन् ।
ट्रम्पले अस्पतालबाटै पनि कामकाज गर्न सक्नेछन् । तर, अहिले स्वास्थ्य अवस्था राम्रो नभएकाले उनलाई आराम गर्न भनिएको छ । उनले अस्पतालबाटै उपराष्ट्रपतिलाई निर्देशन दिन सक्छन् । निर्वाचन आउन एक महिना मात्रै बाँकी रहेको अवस्थामा ट्रम्प आफ्नो चुनावी सभामा सहभागी हुनका लागि छिटो अस्पतालबाट बाहिर आउन चाहन्छन् ।
कमजोर देखिए ट्रम्प
ट्रम्पको फिटनेस उत्कृष्ट मानिन्थ्यो । ७४ वर्षका भइसक्दा पनि ट्रम्पको स्वास्थ्य अवस्था निकै राम्रो थियो । राष्ट्रपतीय चुनावको पूर्वसन्ध्या आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदा पनि ट्रम्प गलेको देखिँदैन थिए । अचानक कोभिड पोजेटिभ देखिएपछि ट्रम्प गलेको र कमजोर देखिएका एजेन्सीहरूले जनाएका छन् । अस्पतालमा ट्रम्पलाई हिँडडुल गर्नसमेत समस्या देखिएको उनीहरूको दाबी छ ।
अमेरिकामा कोरोना फैलिरहँदा मास्कले केही पनि नहुने टिप्पणी दिएका ट्रम्पले अस्पतालमा पुग्दा निलो रंगको मास्क लगाएका थिए । ट्रम्पको स्वास्थ्यसम्बन्धी जानकारी लिन अस्पताल पुगेका सञ्चारकर्मीहरूले ट्रम्पले मास्क लगाएको देखेपछि ‘धन्यवाद’ दिएका थिए ।
‘मास्क नलगाएका कारण अस्पताल भर्ना’
राष्ट्रपतीय निर्वाचन अभियानको क्रममा केही महिनायता ट्रम्पले डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनमाथि टिप्पणी दिँदै आइरहेका छन् । बाइडेनले मास्क लगाउँदा ट्रम्पले ठट्टा गर्थे । ट्रम्पले चुनावी सभाको क्रममा दुईपटक मात्र मास्क लगाएका थिए । अन्य वेलामा उनी जहाँ गए पनि विनामास्क हुन्थे । उनी मास्क लगाउँदैमा कोरोना नसर्ने होइन भनी टिप्पणी दिन्थे ।
ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूले भनेका छन्, ‘हाम्रा राष्ट्रपतिले मास्क लगाएको भए आज अस्पतालमा भर्ना हुनुपर्ने थिएन, मास्क नलगाएका कारण नै राष्ट्रपति ट्रम्प संक्रमित हुनुभयो ।’ यता पिटरबर्ग विश्वविद्यालयका एक्सपर्ट डा. डेभिड नेसले पनि कोभिड– १९ बाट सुरक्षित रहन मास्क अनिवार्य भएको बताएका छन् । डा. डेभिड भन्छन्, ‘यो समयमा हामीलाई रक्षा नै मास्कले गर्छ । यदि राष्ट्रपति ट्रम्पले मास्क लगाएको भए आज यो अवस्थामा पुग्नुहुने थिएन ।’
चिकित्सकको सल्लाह नसुनेको
जतिजति चुनाव नजिक हुँदै थियो, त्यति नै ट्रम्पको सक्रियता बढिरहेको थियो । ७० वर्षमाथिका व्यक्ति धेरै दौडधुप गर्न नहुने तथा हुलमुलबाट जोगिनुपर्ने भन्दै ह्वाइटहाउसका चिकित्सकले ट्रम्पलाई सल्लाह दिएका थिए । तर, ट्रम्प जोखिमपूर्ण अवस्थामा समेत चुनावी अभियानमा हिँडिरहेका थिए । चिकित्सकका अनुसार ट्रम्पले आफ्नो स्वास्थ्यबारेमा कहिल्यै जानकारी लिएनन् र चासो राखेनन् ।
धेरै लापरबाही
कोभिड– १९ सुरु भएदेखि नै राष्ट्रपति ट्रम्पले यसलाई अति नै हल्का रूपमा लिएका थिए । ट्रम्पले यो सामान्य फ्लु जस्तो भएको बताउँदै आएका थिए । अहिले यही विश्वास गलत साबित भएको छ । अमेरिकामा कोभिड– १९ ले लगभग दुई लाखको ज्यान गइसकेको छ ।
राष्ट्रपतिको उम्मेदवारी दिने जाने दिन उनीसँगै एक हजार कार्यकर्ता थिए । यो क्रममा राष्ट्रपति ट्रम्पले एकपटक पनि मास्क लगाएनन् । उनले सामाजिक दूरीसमेत कायम राखेनन् । यसै असावधानीकै कारण ट्रम्प अहिले संक्रमित हुन पुगेको चिकित्सकहरूले दाबी छ ।
चुनावी यात्रामा ट्रम्पका म्यानेजर बिल स्टेपाइन पनि संक्रमित भएका छन् । शनिबार भएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । अहिले स्टेपाइन सेल्फ क्वारेन्टिनमा छन् । बुधबार राष्ट्रपतीय डिबेटमा स्टेपाइन राष्ट्रपति ट्रम्पसँगै थिए ।
किमद्वारा स्वास्थ्यलाभको कामना
कुनै समय उत्तर कोरिया अमेरिकाको नम्बर एक शत्रु थियो । पछिल्लो दुई वर्षयता उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा सुधार आएको छ । उत्तर कोरियाका नेता किम जोन उनले अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका छन् ।
उत्तर कोरियन समाचार एजेन्सीका अनुसार किमले नै ह्वाइटहाउसमा फोन गरी ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका हुन् । उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानियालाई चाँडै निको होस भन्ने कामना गर्छु ।’ एजेन्सीहरूका अनुसार किमले पहिलोपटक कुनै राष्ट्रका राष्ट्राध्यक्षको स्वास्थ्यलाभ शुभकमना दिएका हुन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया