SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/१७ गते
    १६९५ &#२३४६;&#२३३५;&#२३२५;

    गीतकार ध्रुव प्रसाद अम्गाई कोरोना माहामारीका कारण स्वदेश तथा बिदेशमा अलपत्र परेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको पीडालाई समेट्दै रचना गरिएको अत्यन्तै मार्मिक गीत तिमीलाई सन्देश को भिडियो बजारमा ल्याउने अन्तिम तयारीमा पुगेका छ्न् । आगामी असोज १६ गते दिनको २ बजे Hemanta Kanchha Rasaily नामक युट्युब च्यानलबाट भिडियो रिलिज हुने कुरा गीतकार अम्गाईले जानकारी गराए । गीतकार अम्गाई आफैं पनि विगत लामो समयदेखि प्रवासमा बस्दै आएका छन् ।

    सुनिल मास्केको सङ्गीत र कुशल सारङ्गीवादक समेत रहेका हेमन्त कान्छा रसाइलीको स्वर रहेको यो गीतमा यथार्थपरक र अत्यन्तै फरक सामाजिक परिवेशको कथालाई समेटिएको कुरा थाहा भएको छ । परदेशी छोरा र श्रीमानको वियोगमा मानसिक पीडा भोगिरहेका बाबुआमा र पत्नीको अवस्थालाई दशैं, तिहार र कोरोना माहामारीसँग जोडेर थप कारुणिक ढङ्गमा गीत प्रस्तुत गरिएको कुरा गीतकार अम्गाईले जानकारी गराएका छन् । गीतमा प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको छ । हेमन्त कान्छा रसाइली र रेनु पुनको अभिनय रहेको उक्त गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् भने निश्चल पौडेलले खिचेका हुन् ।

    केही समय पश्चात् अन्य गीत पनि आउने तयारीमा
    ध्रुव प्रसाद अम्गाईको शब्दरचनामा अर्जुन पोखरेलको सङ्गीत रहेको गीत काले केटा २ को भिडियोको काम पनि अन्तिम चरणमा रहेको जनाइएको छ । सो गीतमा दुर्गा खरेल (पोखरेल) को आवाज रहेको गीतकार अम्गाईले जानकारी दिएका छन् । सुटिङ असोज 16 मै हुदै छ भिडियोमा पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको थाहा भएको छ ।

    यसैगरी राज सागर र विन्दु परियारको स्वर रहेको गीत माया हे माया…. को पनि असोज 16 मा भिडियो सुटिङ हुदै छ छिटै सार्वजनिक हुने भएको छ । जसमा जि. बि. चिरन र सुशीला थापाको अभिनय रहने भएको छ । राज सागरको सङ्गीतमा अर्को गीत तिमी राधा म कृष्ण यही असोज 16 मा रेकर्डिङ हुने तयारीमा रहेको र अन्य ५ वटा गीतको सङ्गीत संयोजन भईरहेको जानकारी गीतकार अम्गाईबाट प्राप्त भएको छ । नजुरेको लगन, मन खोलेर गाउँ है गीत, न भुल्न सक्ने, घरमा कुरा, मखमली चोली फुल दिउं त ओईली जाला कैले माया यता पछि पछि बैसालु माया जस्ता चर्चित गीतका सर्जक ध्रुव प्रसाद अम्गाई सहयोगी, ईमान्दार, स्पष्टवक्ता र निडर व्यक्तिको रुपमा समेत चिनिन्छन् ।

    https://youtu.be/ofPloGg7_Co

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं