News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार समाचार

    मौलिक लोक दोहोरी “गाई लाई खरी घाँस” लिएर आए प्रीती आले र सुवास केसि

    काठमाण्डौं । सुवास केसी र रन्जिताको अभिनयमा प्रीती आले र कुमार पुनको ‘गाईलाइ खरि घाँस’ सार्बजनिक भएको छ।
    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा ‘फुल्यो बामरी’ गितकोको अपार सफलता पछि बामरी -२ ‘गाईलाइ खरि घाँस’ बोलको गित सार्वजनिक भएको छ ।

    चर्चित गायिका प्रिती आले र लोकदोहोरी गायक कुमार पुनको सुमधुर स्वरमा सजिएको गीतमा सुबाश के.सि शब्द सृर्जना एवम् शिव हमालको लय रचना रहेको छ ।

    त्यसैगरी उक्त गितको म्युजिक भिडियोलाई शंकर बि सि ले निर्देशन गरेका छन् । भिडियोमा सुबाश के सि र रन्जिता गुरुङको दमदार अभिनय देख्न सकिन्छ । भिडियो छायांकन दुर्गा पौडेल तथा सम्पादन नवीन घर्ती मगर ले गरेका छन् । भिडियो प्रिती आले सुबाश के.सि युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया