News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य मुख्य समाचार

    कलिलैमा बैँस चढ्दा अन्धोमाया लायौ कि नाइ ? : सुश्मा अर्याल

    कलिलैमा बैँस चढ्दा अन्धोमाया लायौ कि नाइ?
    आफू भन्दा बढि उसलाई चाह्यै कि नाइ?

    नजानी नजानी चित्रकोर्दै,शब्द लेख्दै
    उसैका लागि प्रेमिल गित गायौ कि नाइ?

    बगैंचाका हजार फूलबाट उ एक छान्दा
    तिमी उसका आँखामा छायौकि नाइ?

    भोजन कम,कसम धेरै हुने यो खेलमा
    उसले नखाई आफूले पहिले खायौ किनाइ?

    सामाजिक सञ्जालमा देखेर हुरुकेै हुनेहरु
    उसको प्रोफाइल देखि कमेन्ट सम्म धायौ कि नाइ?

    अाखामा कालो पट्टी बानेर हातमा तराजु लिन नजान्नेहरु
    तिम्ले भने मायाको हिसाब बराबर पायौ कि नाइ?

    ज्योति बालि तेल नराखी प्रकाशको आस राख्नेहरु
    भ्रम र मोह रैछ माया जानेपछि होसमा आयौ कि नाइ? लेखक : सुश्मा अर्याल

    लाेक कल्याणकारी

    प्रतिक्रिया