SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/३ गते
    १५०८ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, काठमाडौं । नेपाली लोक तथा दोहोरीमा मात्रै होईन अन्य बिधामा पनि आफुलाई खरो रुपमा सर्जकको परिचय बनाएका पर्वत जिल्लाले जन्माएका सर्जक हुन शिव सुवेदी । कुनै समयका अत्याधिक चर्चित गितहरुले नेपाली दर्शक श्रोतालाई मनोरञ्जन दिलाएका सर्जक यतिबेला परदेशी भुमीमा भए पनि नेपाली गित संगितको माया भने उनको मनमा अति नै छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यसैले हालै मात्र नेपाली समाजको यथार्थ चत्रिलाई देखाउने तरिकाले दश जना गायकगायिकाले गरिबको गीत ‘अत्ति भो अत्ति’मा स्वर दिएका छन् । जुन गितमा शिव सुवेदीको शब्द तथा अर्जुन पोखरेलको लय रहेको गीतमा चर्चित दश जना गायकगायिकाले स्वर भरेका हुन् ।

    बा आमाले उब्जाएको बिक्दैन बारीको
    बिसादी नै भए पनि रोकिन्न पारीको
    ए सरकार, सुन सरकार
    अति भो अति
    छिमेकी खुसी पार्न घर कै मान्छे रुवाउने हो कति ? जस्त निकै मार्मिक शब्दहरुले भरिएको गितको श्रृजना गर्न पाएकोमा आफु निकै उत्साहित भएको सर्जक सुवेदीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    गितमा कुलेन्द्र विक, सम्झना भण्डारी, विक्रम परियार, मञ्जु पौडेल, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, कमला पोखरेल, नरेश खाती र टीका सानुले उक्त गीतमा स्वर भरेका छन् । भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् । गितको सफलताको लागि हाम्रो तर्फबाट लाखौं लाख शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं