
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
८मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
बरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर प्रश्न उठाउका छन् । उनले राष्ट्रपति देशको हो कि कम्युनिष्ट पार्टीको हो ? भनेर प्रश्न गरेका छन् । सोमबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनेका छन्,‘संविधान हेर्नुप¥यो नि । पद के हो त्यो ? राष्ट्रपति हो कि कम्युनिष्ट पार्टीको सल्लाहकार या अध्यक्ष हो ? कम्युनिष्ट पार्टीको सल्लाहकार या अध्यक्ष हो भने त उहाँले जो जसलाई बोलाएर कुरा गर्न मिल्ला । उहाँले कांग्रेसलाई पनि बोलाउनुपर्ने हो नि त ।’ प्रस्तुत छ पत्रकार धमलाले श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
नेकपाका नेताहरूले झगडा गरे बेमौसमको बाजा बजाए भनेर जनताले भन्न थालिसके । कुराकानी भइरहन्छ तर जहिल्यै पनि सहमति हुँदैन । किन सहमति भइरहेको छैन ?
कम्युनिष्ट पार्टीभित्र तीन/चार प्रकारका नेता/कार्यकर्ताहरू छन् । कोही अवसरबाहेक केही नखोज्ने, कोही इमान्दार छन्, अब यस्तै÷यस्तै मानिसहरूको जमघट भएर पार्टीमा संगठित भएका छन् । त्यस्तो जमघटमा सिद्धान्त, निष्ठा, प्रतिष्ठा र विचारको छलफल गर्ने काम एकदम तल पर्दै जाने र स्वार्थ, षड्यन्त्र गर्ने अवसरवादीहरूको बोलवाला बढ्दै जाने, यसको कारणले गर्दाखेरि यस्तो भएको हो । कम्युनिष्ट पार्टी भनेको कस्तो हुनुपर्छ भने त्यसमा सेन्ट्रल कमिटी हुन्छ, पोलिटब्युरो हुन्छ, स्थायी समिति हुन्छ, सचिवालय होला, पदाधिकारी हुन्छ । यहाँ त कस्तो देखियो भन्दा न दलको त्यहाँ मुख्य रोल छ ।
प्रधानमन्त्री के.पी. शर्माको रोल छ, उहाँ त देशको कार्यकारी प्रमुख हो नि ?
उहाँलाई पनि त दलले बनाएको होला नि कि आँफै बन्नुभएको हो उहाँ ?
उहाँले भन्नुभएको छ, मलाई त जनताले बनाएको हो । नेपाल कम्युनिष्ट पार्टीलाई जनताले बहुमत दिएको हो । मेरो नाममा दिएको हो ?
होइन, कम्युनिष्ट पार्टी भनेको उहाँमात्र हो र ? उहाँनै सबै हो भने त त्यसो भए अरूको जरुरी के भयो त ?
होइन अहिले त सर्वेसर्वा हो नि त प्रधानमन्त्री भनेको त ?
कसरी सर्वेसर्वा ? कसले ? के ले भन्छ ? नेपाल कम्युनिष्ट पार्टीको विधानले भन्छ कि नेपालको संविधानले भन्छ सवेसर्वा ? संविधान र विधान हेर्ने हो भने सर्वेसर्वा देखिदैँन ।
तर उहाँको निर्णयले नै आजको नेपालको राजनीति अगाडि बढिरहेको छ नि त ?
उहाँको निर्णयले मात्र पनि पार्टी अगाडि बढेको हुन्थ्यो भने त पार्टी कहाँ पुग्थ्यो कहाँ ? वास्तवमा पार्टी गौण भएर व्यक्ति हाबी भएकै कारण यो दुर्दशा देखिएको छ । अहिले तपाईले जुन तमासा देखिरहनु भएको छ, न पार्टीको बैठक बस्न सक्छ, न पार्टीले कुनै निर्णय गर्न सक्छ । नेताहरूको राम्रो लिडरसीप गर्ने क्षमता भएको भए यस्तो स्थिति हुन्थ्यो र ? हुँदैन थियो नि । पार्टीभित्र विचार, दृष्टिकोण र छलफल कम र पद, प्रतिष्ठा, स्वार्थबारेमा बढी चर्चा हुने भएको हुनाले यो ठाउँमा आइपुगेको छ । एउटा विधि, पद्धति त हुन्छ जहाँसुकै, विधि, पद्धतिअनुसार चल्नुप¥यो नि । राज्यका सबै प्रमुखहरूको दुर्गति भन्छु म । राष्ट्रपति भनेको निष्पक्ष हुनुपर्छ ।
राष्ट्रपतिले शीतल निवासमा बोलाएर शीर्ष नेताहरूसँग कुरा गर्न मिल्दैन ? पार्टीको आन्तरिक राजनीतिमा हात हाल्न मिल्दैन ?
संविधान हेर्नुप¥यो नि । पद के हो त्यो ? राष्ट्रपति हो कि कम्युनिष्ट पार्टीको सल्लाहकार या अध्यक्ष हो ? कम्युनिष्ट पार्टीको सल्लाहकार या अध्यक्ष हो भने त उहाँले जो जसलाई बोलाएर कुरा गर्न मिल्ला । उहाँले कांग्रेसलाई पनि बोलाउनुपर्ने हो नि त । कांग्रेसमा पनि त विवाद छ नि । बोलाएर मिलाए भयो नि त । मिलाउनुपर्छ कि पर्दैन ? यदि उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्दै हुनुहुन्छ भने कम्युनिष्ट पार्टीमा भएको विवादलाई मिलाउन बोलाउनुभएको छ भने कांग्रेसभित्र भएको विवादलाई मिलाउन उहाँले बोलाउनु पर्दैन ? मधेशवादी पार्टीभित्र भएको विवादलाई मिलाउन उहाँले बोलाउनु पर्दैन ? उहाँ कसको राष्ट्रपति ? कम्युनिष्ट पार्टीको राष्ट्रपति कि नेपालको राष्ट्रपति ? यस विषयमा राज्यका प्रमुखहरूको हैसियत छताछुल्ल भएको छ । विश्वेश्वरप्रसादको बहुमतको सरकारमा प्रश्न उठ्दा दुईतिहाइ बहुमतको सरकार गयो । गिरीजाबाबु ४८ सालको निर्वाचनपछि बहुमत प्राप्त गर्नुभएको थियो । संसद विघटन भयो । उहाँले नेतृत्व गर्न सक्नुभएन जसको कारणले ४७ को संविधान गयो । आज अब ७२ सालको संविधानपछि पहिलो निर्वाचित अहिले संविधान पनि रहन्छ कि रहँदैन भन्ने स्थिति छ । संविधान के हो ? संविधान कसैले नमान्नुपर्ने हो भने यो संविधान अरूले किन मान्नुपर्ने ? राज्यमा भएका मान्छेहरूले नमान्नुपर्ने ? अरूले किन मान्नुपर्ने ? राष्ट्रपतिले मान्न नपर्ने ? प्रधानमन्त्रीले मान्न नपर्ने ? मन्त्रीहरूले मान्न नपर्ने ? राज्यका निकायका मान्छेहरूले मान्न नपर्ने ? अनि जनताले किन मान्न पर्ने ? त्यसो भए संविधानलाई असफल बनाउँदै हुनुहुन्छ, उहाँहरू ।
त्यसो भए राष्ट्रपतिले शीर्ष नेताहरूलाई शीतलनिवासमा बोलाएर प्रधानमन्त्री ओली, प्रचण्डलाई राखेर पार्टीभित्रको आन्तरिक द्वन्द्वबारेमा अब तपाईहरू मिल्नुस्, प्रधानमन्त्रीलाई सहयोग गर्नुस्, भनेर भन्न मिल्दैन ?
त्यो गैर-संवैधानिक, राष्ट्रपतिको पदलाई उहाँले ठीक किसिमले निर्वाह गर्नुभएन । राष्ट्रपतिलाई प्रधानमन्त्रीले जहिले पायो तहीले भेट्न मिल्छ ? प्रधानमन्त्रीले भेटिसकेपछि के विषयमा भेटेको ? त्यो त बाहिर ल्याउनुपर्छ । हिजो रामवरणको बेलामा जुन किसिमले जिम्मेवारी वहन गर्नुपथ्र्यो त्यो किसिमले पूरा गरेको होइन । अहिले त्योभन्दा छताछुल्ल भएको छ । कम्युनिष्ट पार्टीभित्रको विवाद मिलाउन राष्टपतिले प्रधानमन्त्रीलाई जतिबेला पनि भेट्ने, अरू नेताहरूलाई बोलाउने, यो कुरा हो । विदेशी नियोगहरूलाई सक्रिय बनाएको अवस्था छ । यसले मुलुक, राष्ट्रलाई कुनै फाइदा हुँदैन । अब यो संविधानले काम गरेन भन्ने निष्कर्षमा पु¥याउन उहाँहरूले खोजिरहनु भएको छ । यसले न हाम्रो मुलुकमा समृद्धि आउँछ, न स्थिरता आउँछ, न सुशासन कायम हुन्छ । त्यसैले एकदम गलत किसिमले क्रियाकलापहरू भएका छन् । जसले गर्दा मुलुकमा के हुन्छ, अब झन् अस्थिरता हुन्छ, दुईतिहाइ सरकारको गठन भएको अवस्थामा पार्टीले निर्णय गर्न सक्दैन । पार्टीको बैठकले कुनै कुरा गर्न सक्दैन । त्यहाँ व्यक्ति हाबी भएर पार्टी चलाउन मिल्दैन ।
नेकपाका नेताहरू कहिले कोटेश्वरमा, कहिले बालुवाटारमा, कहिले खुमलटारमा भेला हुन्छन् नि ? यसलाई कसरी लिनुभएको छ ?
त्यही भनेको सिद्धान्त र विचार दृष्टिकोभन्दा पनि पद, प्रतिष्ठा र स्वार्थको कुरा भइसकेपछि यस्तो त भइराख्छ । अहिले कम्युनिष्ट पार्टीभित्र भइरहेको विवादले जनतालाई के दिएको छ ? जनताको लागि के परिणाम दिएको छ ?
प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग्नुभयो ? किन माग्नुभयो ? के कारणले माग्नुभयो ?
वास्तवमा चुनाव लड्ने त्यस बेलामा २ वटा पार्टीहरू थियो । माओवादी र एमालेले कति सिट संख्या प्राप्त गरेको छ ? त्यो पनि थाहा छ । माओवादीले कति सिट संख्या प्राप्त गरेको छ ? त्यो पनि थाहा छ । फेरि संसदीय दलमा के हुन्छ भने तपाईले इनलाइन हेर्नुभयो भने एकचोटि संसदीय दलमा छानिएर छानिएर प्रधानमन्त्री भइसकेपछि बीचमा परिवर्तन भएको छ कि छैन, यो भन्दा अलि अगाडि परिवर्तन भएको हो कि होइन, त्यसैले संसदमा पार्टी प्रमुख हुन्छ । पार्टीले गरेको निर्णयलाई मान्नुप¥यो । पार्टीले गरेको निर्णय नमानेपछि के हुन्छ त्यो ? संसदीय व्यवस्था अंगीकार गर्ने, संसदीय व्यवस्थामा दलले भनेको कुरा नमानेपछि के हुन्छ ? राजीनामा माग्ने त विभिन्न कारण छन् । पार्टी पद्धतिलाई स्थापित गरिएन । पार्टीले निर्णय नै गर्न नसक्ने अवस्थामा नेताहरूले ल्याइसकेपछि यस्तो भएको हो ।
प्रधानमन्त्रीले भन्नुभएको छ-म राजीनामा दिन्न । दुवै पदबाट म हट्दिन । महाधिवेशन जाऔँ, मलाई अध्यक्ष पदबाट हटाउने हो भने ।
महाधिवेशन नहुन्जेलसम्म सेन्ट्रल कमिटि प्रमुख हुन्छ । सेन्ट्रल कमिटिको मिटिङ्ग राखेर सबै कुरा गरे राम्रो हुन्थ्यो । पार्टीले जे निर्णय गरे पनि मान्दिन भनिसकेपछि यो सिस्टम के हुन्छ ? पार्टी सिस्टम फेल खायो भन्ने हुन्छ । पार्टी सिस्टम फेल खाएपछि अरू विकल्पको कुरा आउने होला । त्यसैले यसले उहाँलाई पनि फाइदा गर्दैन । किनभने पार्टीको मिटिङ्ग राखेर उहाँले पार्टीमा छलफल गर्नुप¥यो । नेताहरूले पार्टीमा दृष्टिकोण त राख्न सक्ने भए नि । किन राजीनामा दिनुपर्छ भनेर भनेको भन्दा त्यो बारेमा फेस गर्नुप¥यो नि पार्टीभित्र । मिटिङ्ग नै बस्न नदिएर यो स्थिति बनाइसकेपछि त्यसले के गर्छ, न सत्तामा बसिराख्ने मान्छेलाई राम्रो गरेको छ, न राजीनामा माग्ने मान्छेलाई राम्रो गरेको छ ।
प्रचण्डको नीति पनि दोधारमा हो ?
उहाँको नीति त के हो भने पार्टी फुट्नु हुन्न । राजीनामा मागिसकेपछि त त्यो के हो भनेर छलफल गर्ने स्थिति पार्टीमा बनाउनुप¥यो नि त । त्यो त जो/जो नेतृत्वमा बसेका छन्, तिनीहरूको दायित्वको कुरा पनि हो । ६ महिना पदमा बस्ने कुरालाई लम्ब्याएर यसले के दिन्छ ? यस्तो कचिङ्गल, यस्तो अराजक स्थितिमा के हुन्छ ?
प्रचण्डले पनि अहिलेको स्थितिमा नीति त सही लिनुप¥यो नि त । कि त ओलीलाई साथ दिनुप¥यो कि त माधव नेपाललाई साथ दिनुप¥यो ?
बहुमतले जे निर्णय गर्छ, त्यो कम्युनिष्ट पार्टीले लागू गर्छ कि अल्पमतले शासन गर्छ । त्यो त होइन । पार्टीमा छलफल गर्नुप¥यो । पार्टी बैठक नै राख्न नदिएपछि के हुन्छ ? यस्तो पनि हुन्छ ? यो के व्यवस्था हो हाम्रो ? यो संसदीय व्यवस्था हो कि चीनको जस्तो समाजवादी व्यवस्था हो ? कोरियाको जस्तो व्यवस्था हो कि ? कहाँको भारतको जस्तो व्यवस्था हो कि ? पार्टीको मिटिङ्ग नै बस्न नसक्ने, पार्टीको मिटिङ्ग नै राख्न नदिने, पार्टीमा छलफल नै गर्न नदिने, पार्टीले निर्णय गर्नसक्ने स्थिति नै बन्न नदिने, के हुन्छ यो ? रिर्पोटस् नेपालबाट लिइएको ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया