SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/१२ गते
    २९१० &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत, कुश्मा । सन् २०१४ मा स्थापित भइ “हामी जाहाँ रहे पनि नेपाल, नेपालि र नेपाली समुदायको हितमा आफुले सक्ने सहयोग योगदान दिनुपर्छ” भन्ने मान्यताका साथ बिगत पाँच बर्षदेखि समुदायमा सकृय समाजिक एबं परोपकारी संस्था  नेपाली युथ फोरम अस्ट्रेलियाको (नाइफा) ले दुर्लुङका पहिरो पिडितलाई सहयोग गरेको छ  । नाइफाका उपाध्यक्ष झलक गुरुङले आफ्नो सस्था मार्फत अस्ट्रेलियामा बसोबास गर्नेहरु संग संकलन भएको रकम करिब एक लाख चौबिस हजार तिनसय बयालीस रुपयाँ (१,२४,३४२) रुपयाँ पहिरो पीडित तीन परिवारलाई सहयोग गरिएको उहाँले जानकारी गराउनु भयो ।मृतक तुलबहादुर थापाका माइला दाई पदमबहादुर थापालाई मृतक कमला विककी सासुआमा साबित्रा विकलाई र पहिरो बाट उद्दार गरि घर पूर्णरुपमा क्षति भएका भुवन गिरीलाई सहयोग गरिएको गुरुङले बताउनु भयो ।

    पर्बत दुर्लुङ पहिरो पिडित सहयोग अभियानमा अस्ट्रेलिया बाट अध्यक्ष दामोदर राबल ४२०६/- उपाध्यक्ष झलक गुरुङले रु.८३३०/- बिना व्यन्जनकार बाट ४,१२४/- अनुपा गुरुङ ४,१२४/- सामी गुरुङ २४७५/- इन्द्र गुरुङ २४७५/- बोनिषा बस्नेत ४१२४/- निर्मल पौडेल ४१२४/- सिर्जना पुन ३२९९/- ललित रोका ३२९९/-राजेश तिवारी ४१२४/- दुर्गा क्षेत्री २४७५/- मनिषराज गिरि ४२०६/- निशा क्षेत्री ३२९९/- सुर्य पौडेल ३२९९/- चन्द्रा क्षेत्री ४१२४/- अर्जुन ए. क्षेत्री ४२०६/- अर्जुन गौतम १७३२/- नन्द गुरुङ २४७५/- बरदान गुरुङ २४७५/- सपना भण्डारी पोख्रेल २०६२ भाबना कार्की १२३८ /-  सरिता गुरुङ ६१८६/- पुनम गुरुङ २४७५/- सपना गुरुङ २०६२/- कन्चन न्यौपाने १६५०/- देब बा. गुरुङ ९१६४/- सुजन पौडेल २४७५/-  बिनोद श्रेष्ठ ४१२४/- गोमा गुरुङ २४७५/- निलम गुरुङ २४७५/- बबिता गुरुङ ४५३६/- मुगेन गौतम १७३२/- र अन्य नाम खुलाउन नचाहनेहरु बाट १०८०४/-  रुपयाँ सहयोग गर्नु भएको थियो साथै एन आर एन अस्ट्रेलिया प्रवक्ता नन्द गुरुङ र एन आर एन अस्ट्रेलियाका कोअर्डिनेटर देब बहादुर गुरुङ ले पनि आर्थिक सहयोग गर्नु भएको थियो

    नाइफाका अध्यक्ष दामोदर राबलले हामीजहाँ बसेपनि नेपाल र नेपाली को असाध्य माया लाग्ने र एक अर्का लाई दुख पर्दा सहयोग गर्ने बचन दिनु भयो । त्यस्तै उपाध्यक्ष झलक गुरुङले आफ्नो गाउँमा निकै दुखदायी घटना घटेको धेरै थोरै भए पनि आफ्नो पहलमा  बाच्नेहरु र उनीहरुको परिवारलाई केही राहत स्वरुप रकम संकलन गरी पठाएको हाम्रो सूचनाकेन्द्र लाई जानकारी गराउनु भयो  ।बुधबार दुर्लुङमै पुगेर पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङको पहलमा राहत उपलब्ध गराइएको हो । कुश्मा नगरपालिका ३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद उपाध्यायसँग समन्वय गरी सहयोग गरिएको सहयोग कार्यक्रममा मिलन फाउन्डेशनका सचिव मदन गुरुङ, शेखर पौडेल, स्विस गुरुङ, युवासमाजसेवीद्वय गणेशमान गुरुङ र भीमराज शर्माको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं