SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२८ गते
    १५८२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । पुरानो भनाईपनि सुन्नुभएको होला । सबैभन्दा उत्तम त ब्यपार–ब्यवसाय नै हो । यसैले तपाई कुनै ब्यवसाय सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ः यदि त्यस्तो हो भने तपाईंले राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनुभयो भने यसले ठूलो सहयोग हुनसक्छ । ज्योतिष विज्ञानका अनुसार करिअर, पढाई तथा व्यापार व्यवसायको सफलताका लागि राशिको निकै महत्वपूर्ण भूमिका हुन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यदि राशिलाई ध्यानमा राखेर पढाई, करिअर तथा व्यवसाय सुरु गर्ने हो भने सफल हुने संभावना बढी हुन्छ । कुन राशिलाई कस्तो पढाई, करिअर र व्यवसाय गर्नु उत्तम मानिन्छ, आउनुहोस् हेरौं । २०७७ सालको असोजको १० गतेदेखि यी ४ राशिलाई भाग्यले साथ दिदैछ । यो ५ वर्षको समयमा तपाई असफलता बाट सफलता प्राप्त गर्न सक्नुहुनेछ । त्यसैले आफ्नो राशि अनुशार व्यापार गर्नुहोस

    https://www.youtube.com/watch?v=GSvNZrwKkhY&t=10s

    मेष
    मेष राशि भएका व्यक्तिहरुका लागि गणित, फिजिक्स र अकाउण्ट बिषयमा अधिक सफलता मिल्छ । यी व्यक्तिहरुका लागि सेना, आर्किटेक्ट, अस्त्र, शस्त्र, बास्तुशास्त्र सम्बन्धी करिअर वा यस्ता बिषयसँग जोडिएको क्षेत्रमा व्यापार गर्दा उत्तम हुन्छ । यी क्षेत्रहरुसँग जोडिएर व्यापार गर्दा सफलता पाइन्छ । राशिमा मंगलको साथमा सूर्यको समेत उपस्थिति हुन्छ भने सरकारी क्षेत्रमा सफलता प्राप्त हुन्छ । यी राशि भएका मानिसले अधिक सफलताका लागि रातो रंगको कपडा लगाउन आवश्यक हुन्छ । मुसुरो दाल दान गर्दा शुभ फल प्राप्त हुन्छ ।

    वृष
    वृष राशिका मानिस कलाप्रेमी हुन्छन । यस्ता व्यक्तिहरु अभिनय, गायनमा जम्न सक्छन । अटोको व्यापार, इलेक्ट्रिक इक्वीपमेन्टको व्यापार समेत फाप्छ । यसैगरी, नाट्यकला, म्यूजिक सम्बन्धी व्यवसाय, आर्ट पेन्टिङ र जिओलोजीसँग सम्बन्धित व्यापार फाप्छ । यिनै क्षेत्रसँग जोडिएको व्यापार र व्यवसायमा यो राशि भएका व्यक्तिले सफलता पाउने संभावना बढी हुन्छ । यो राशिको स्वामी शुक्र हुन्छ, यसको अर्थ कपडा र किरानाको व्यवसाय पनि फाप्छ । अधिक सफलताका लागि यो राशि भएका व्यक्तिहरुले सेतो रंगको कपडा बढी लगाउनुपर्छ ।

    तुला
    यो राशि भएका व्यक्तिका लागि अभियन, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको क्षेत्र फाप्छ । यही क्षेत्रसँग सम्बन्धित नोकरी गर्नु वा व्यापार गर्नु लाभदायक हुन्छ । कमर्स, इकोनोमिक्स, वनस्पति शास्त्र, गणित बिषय चयन गर्नु शुभ मानिन्छ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले नीलो वस्त्र लगाउनुहोस् भने हनुमान चालिसाको पाठ गर्ने गर्नुहोस् ।

    वृश्चिक
    यो राशि भएका व्यक्तिका लागि सेना र शस्त्र सम्बन्धी कार्य, प्रहरी, रक्षा, कानून, सामाजिक सेवा, राजनीतिको क्षेत्रमा अधिक सफलता प्राप्त हुन्छ । फिजिक्स, गणित, कानून, अकाउण्ट, राजनीतिशास्त्र, होटल म्यानेजमेन्ट, मानव संसाधन जस्ता बिषय रोज्नु लाभदायक हुन्छ । यी विषयसँग जोडिएका व्यापार व्यवसाय पनि यस्ता व्यक्तिका लागि श्रेयस्कर हुन्छ । अधिक सफलताका लागि यो राशि भएका व्यक्तिले रातो रंगको कपडा लगाउनुपर्छ भने हनुमानको पूजाअर्चना गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं