SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२० गते
    ११६३ &#२३४६;&#२३३५;&#२३२५;

    चीनले कोरोनाभाइरसको उदगम थलो हुबेई प्रान्तको राजधानी वुहान सहरका झन्डै १ करोड मानिसको कोरोना परीक्षण गरेको छ। तोंजी मेडिकल कलेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार सम्मेलन गर्दै मे १४ देखि जुन १सम्म ९८ लाख ९९ हजार ८ सय २८ जनाको न्युक्लेइक एसिड परीक्षण गरिको जानकारी दिए।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनका अनुसार परीक्षण गरिएकामध्ये कसैमा पनि कोरोनाभाइरसको संक्रमण देखिएन। तर तीन सय जना लक्षण नभएकाहरू भने फेला परेका थिए। उनीहरूलाई क्वारेन्टिनमा राखिएको छ। उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको संख्या १ हजार १ सय ७४ छ तर उनीहरूमध्ये कसैलाई पनि संक्रमण देखिएको छैन।

    पहिला कोरोना परीक्षण नगरेकाहरूको जाँच गर्न मे १४ मा स्थानीय सरकारले न्युक्लेइक एसिड टेस्ट थालेको थियो। अधिकारीहरूले वुहानमा विद्यालय, व्यापार र उद्योग खोल्न सुरक्षित छ भन्ने सन्देश दिनका लागि यो परीक्षण गरिएको बताएका छन्। सहरको स्वास्थ्य आयोगका अनुसार सबै परीक्षण नि:शुल्क गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं