
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । उनी विदेशमै थिए । घरमा दुई छोरी र श्रीमतीलाई घरमा छोडेर उनीहरुकै भविष्यका लागि भन्दै उनी विदेशमा गएका हुन् । तर अचानक श्रीमतीको फोन आयो । श्रीमतीले अब म अर्कैसंग जाँदैछु आफ्ना छोरी सम्हाल्न आउन भन्दै फोन गरिन् । उनी विदेशमा पनि राम्रो कमाइ नभएपछि अब नेपाल फर्केर अर्को देश गएर राम्रो कमाई गर्ने योजनामा थिए ।
उदयपुरको गाइघाटका बाबु राई को जिवनमा भएको घटना हो यो । ५ वर्ष यता उनी शारिरीक रुपमा पनि अशक्त छन् । श्रीमती त्यसरी गएपछि अहिले २ छोरीको जिम्मा एक्लै हेर्दै आएका छन् । उनी भुकम्प पछि घरको काम गर्दै थिए । गाईभैसीलाई घाँस बनाउन भन्दै रुखमा चढेका उनी त्यहाँवाट झरे । मेरुदण्ड पनि भाँचियो । अहिले ह्वीलचेयरमा छन् । छोराछोरीको भविष्य, परिवारको भविष्य बनाउन विदेश गएका उनी भवितब्यले नेपाल फर्किए अनि उनको अर्को विदेश गएर राम्रो पैसा कमाउने सपना त्यसै भताभुंग भयो ।
मेरुदण्डमा यस्तो समस्या भएका उनी त्यतीबेलै पैसा नभएका कारण राम्रो उपचार गर्न पाएनन् । पैसा भएको भए राम्रो उपचार गर्न पाएको भए अहिले जस्तो अवस्था भोग्न पर्दैनथ्यो होला भनेर दुख लाग्ने गरेको उनी बताउँछन् । त्यो घटना हुनुअघि उनी २०७० सालमा मलेसिया गएका थिए । मलेसिया गएको एक वर्ष पनि वितेको थिएन । २ छोरी थिए, उनीहरुको भविष्य गाउँमै बसेर राम्रो बनाउन सकिदैन भनेर उनी मलेसिया गए ।
विवाह गएको करिब ७ वर्ष भएको थियो मलेसिया जाँदा । उनी ऋण खोजेर मलेसिया गएका थिए । एक वर्षमा उनले आधा ऋण तिरिसकेका थिए । आधा ऋण तिर्न बाँकी थियो । तर जसका लागि उनी विदेश गएका थिए उनै श्रीमतीले भने उनलाई छोडिन् । साना छोरीहरुलाई अलपत्र पारेर गइन् । श्रीमती छोडेर गएको थाहा पाएपछि उनीहरुको बिचल्ली भयो होला भनेर उनको काममा मन पनि लागेन ।
श्रीमती अर्कैसंग जानु अघि उनले आफैले श्रीमानलाई फोन गरेकी थिइन् । अर्कैसंग विवाह गरेर जानु भन्दा अघिल्लो दिन श्रीमतीले फोन गरेर, तिमीसंग अब मेरो जिवन चल्दैन, मेरो अर्को केटा छ म जाँदै छु भनेर भनिन्, उनले त्यो बेलाको अवस्था सम्झदै भने, मैले त्यसो नगर । अरुसंग प्रेम बसेको छ भने पनि म आएर पछि छोरी जिम्मा लिन्छु अनी जानु भनेर भने । तर श्रीमतीले उनको कुरा सुनिनन् । भोलीपल्टै श्रीमतीको फोन अफ भयो ।
श्रीमतीले आफ्नो दिदीको घरमा छोरीहरु छोडेर गएकी थिइन् । उनले दिदीसासुलाई फोन गरेर छोरीहरुको ख्याल गरिदिनु भनेर २ वर्ष पछि मात्र नेपाल फर्के । मलेसियामा रामो कमाइ नभएपछि उनी नेपाल फर्केर छोरीहरुलाई राम्रो विद्यालयमा भर्ना गरेर अर्को देश जान्छु भन्ने योजनामा आएका उनी मलेसियावाट आएको एक महिना पनि नहुँदै दुर्घटनामा परे । अहिले उनको त्यो सबै सपना छताछुल्ल भयो । मलेसियावाट अलिअलि कमाएर ल्याएको पैसा पनि उपचारमै सकियो ।
https://youtu.be/hR6d-EL-RWo


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया