SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/५ गते
    १२८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अहिले विश्वभर महामारीको रुपमा रहेको कोरोनाले नेपालमा २ जनाको ज्यान गएको छ । विश्वभर अहिलेसम्म ३ लाख १३ हजार भन्दा धेरैको ज्यान गएको छ । संक्रमितहरुको संख्या पनि ४७ लाख ५० हजार भन्दा धेरै रहेको छ । निको हुनेहरुको संख्या पनि १८ लाख ३० हजार भन्दा धेरै रहेका छन् । विश्व अहिले यस्को औषधि खोज्दैछ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो बीचमा मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले कोरोना संक्रमितको उपचारका लागि उपयोगी हुन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिमाली क्षेत्रमा पाइने मह दिएको पर्दाफास भएको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी हुन सक्ने भन्दै मह परीक्षणका लागि प्रधानमन्त्रीलाई दिएको कुरा उहाँले खुलाउनु भएको हो । आफूलाई मुस्ताङका धर्मगुरुले पठाएको मह परीक्षणका लागि प्रधानमन्त्रीलाई पठाएको सांसदले आइतबार प्रतिनिधिसभा बैठकमा जानकारी दिनु भएको हो ।

    उहाँले धर्मगुरुले संक्रमित कोही भए हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस् त्यसले उपचार हुन सक्छ भन्ने सुझाव आएको बताउनुभयो । आफुले त्यस अनुसार नै सम्माननीय प्रधानमन्त्रीलाई लिखित रुपमा नै परीक्षणका गरिदिनुस् भनेर स्वास्थ्यमन्त्रीलाई दिएको खुलासा गर्नुभयो । तुलाचनले सकारात्मक नतिजा आएमा नेपालको प्राकृतिक महले विश्वबजार ढाकिने र मानिसहरु कोरोना संक्रमणबाट मृत्युवरण गर्न नपर्ने विश्वास रहेको छ ।

    https://www.youtube.com/watch?v=kiP1jOdLhpI&t=50s

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं