
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं । सम्पूर्ण नेपाली जनता र सिंगो विश्व कोरोना भाइरस महामारीका विरुद्ध लडिरहेको अवस्था छ, भने अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर,मिति २०७७ / बैशाख /२५ / भारतका संघिय रक्षामन्त्री राजनाथ सिंहले भारत उत्तराखण्ड राज्यको पिथौलागढबाट नेपाल को लिपुले हुदै मानसरोवर जोडने ८० किलोमिटर सडकको भिडियो कन्फेरेन्स मार्फत उदघाटन गरेको छन । यो नेपाल को राष्ट्रिय स्वाधीनता सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको नांगो हस्तक्षेप गरेको छ । यस् उद्धघाटन घटना प्रति हाम्रो गौरवसाली पार्टी नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व अन्तर्राष्ट्रिय प्रवास ब्यूरो संगठन नेपाली जनप्रगतिशील मोर्चा मलेसियाद्वारा भारतीय साम्राज्यवादले गरिएको अतिक्रमणको घोर भत्सर्ना एवं निन्दा गर्द्छ ।
सीमा क्षेत्रका हरेक दिनजसो भारतीयको ज्यादती बढ्दै गएको छ । नेपाल–भारततर्फको १ हजार ८ सय ८० किलोमिटर सीमारेखामा करिब १ हजार १ सय जङ्गे पिलर गायव छन् । हुँदाहुँदै त भारतले लिपुलेकसम्म आफ्नो सीमामा समावेश गरिसकेको छ । तथापि यसको समाधान गर्न खुला सीमा नै बाधक बनिरहेको छ । नेपाल ब्रिटिसकालीन भारतदेखि नै हेपाइमा पर्याें । राणाहरु, राजाहरु र त्यसपछि पार्टीका नेतृत्वसमेत भारतका शासक रिझाउन प्रतिस्पर्धा नै गरिरहे । यस मामलामा नेपालका विभिन्न काल र व्यवस्थाका शासकहरु कुनै घटीबढी छैनन् । तर नेपाली जनताहरुमा रहेको देशभक्तिपूर्ण भावनाको अघि शासकहरु बारबार राष्ट्रवादको नाटक गरिरहेका हुन्छन् । यस्तै असमान महाकाली सन्धिका एक नायकसमेत केपी ओली राष्ट्रवादको नाटक गर्दै हाल सरकारको नेतृत्वमा गरिएको छन् ।
सन् १८१६ मा नेपाल को अंग्रेज संग सुगौलीको सन्धि भए पछि नेपाल र तत्कालीन ब्रिटिस भारतको सिमा विशेषज्ञहरू बाट सिमा सुचिश्चत गरिएको थियोे । सो समयमा बनाईएको नाप नक्सा अनुसार निश्चित गरिएको नेपाल को भूभागमा पनि दिनानु दिन भारतीय अतिक्रमण भईरहेको छ । नेपालको सुदुर पश्चिममा कालीनदीको मुहान र सो भन्दा पश्चिमका ५ गाउँ हाल भारतीय अधिपल्वमा रहेका छन । भारतलाई चीन संग व्यापारीक र सामरिक महत्वको लागि आवश्यक पर्ने नेपालको सुदुर पश्चिमको भूभाग तत्कालीन राजा महेन्द्र कै पालामा भारतीय भूमिमा गाभिई सकेको छ र हाल सो ठाउँमा भारतीय सैनिकका क्याम्पहरु राखेको छ । तत्कालीन ब्रिटिस भारतका विशेषज्ञहरू बाट निर्मित नेपाल र ब्रिटिस भारतका सिमा सम्बन्ध नक्साहरु इंगलैण्डका म्युजियम, लाईब्रेरी र विदेश मन्त्रालयमा सुरक्षित राखेको छ ।
सोही सन्धि अनुसार लिम्पियाधुराबाट कालिनदिनै भारत नेपाल बिचको पश्चिम सिमा भएको राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले स्वीकारेको सन्दर्भमा भारत ब्रिटिस सरकारको दासत्वबाट १५ अगस्ट १९४७ देखि मुक्त भएपछि भारत सरकारले नेपाल संग शान्ति तथा मैत्री सन्धि गरेको छ । तर समानताको आधारमा होइन नेपाल प्रति हेपाहा र ठुल्दाई को नीति बाट अभिप्रेरित भएर हो । भारत चिन बिच भएको युद्धमा नेपाल को भुमि प्रवेस गरेको साम्राज्यवादी सेना अझसम्म फर्केर नजानु साम्राज्यवादको मिचाहा प्रवृति नै प्रष्ट देखिन्छ । नेपालको भुमि प्रयोग गरि सडक निर्माण कार्य अविलम्ब रोक्न र उक्त नेपाली भूभाग यथाशीघ्र फिर्ता गर्न भारत सरकार समक्ष हाम्रो मोर्चा मलेसियाले जोडदार माग गर्द्छ । नेपाली भुभागमा ओकोटेर बाटो बनाउदा समेत कानमा तेल हालेर चुपचाप बस्ने सामाजिक दलाल भ्रष्टाचारी पुँजीवादी केपी ओली सरकार भारतीय साम्राज्यवादप्रतिको दलाल लाहाचारी खुल्ला रुपमा प्रकट भएको देखिन्छ ।
नेपालको भुभाग भारतीय नक्सामा सामेल गर्दा नेपाली सिमानाहरु ठाउँ ठाउँमा मिचिदापनि संसदीय दलाल भ्रष्टाचारी राज्यसत्ता मूकदर्शक देखिएकोले नेपाललाई दिन प्रतिदिन पराधिन बनाउन लागेको छ । नेपाल सुस्त गा.वि.स. जसमा ९ वाट वडा रहेकोमा हाल भारतले सुस्त गा.वि.स.लाई मिच्दै गएपछि निरिह नेपालले बचेखुचेको सुस्ताको क्षेत्र त्रिवेणी गा.वि.स.मा विलय गरी सकेको छ र हाल सुस्त गा.वि.स. को अलग पहिचान गुमाउन पुगेको छ । अब सुस्त गा.वि.स. नरहेर सुस्त सानो कस्वाको रुपमा गाउँ रहेको छ । यस् क्षेत्रमा पनि भारतको गिद्धेदृष्टि निरन्तर परिरहेको छ । त्यस्तै नेपाल का पशुपतिनगर, मानेभञ्ज्याङ, चितवनको माडीठोरी बाँके बर्दिया, कैलाली कन्चनपुर, महाकाली, लिम्पीयाधुर, बारा, पर्सा, रौतहट आदि क्षेत्रका सिमानामा पनि भारतको खुल्लामा खुल्ला मिचाहा र गिद्धे दृष्टि यथावत रहि रहेको छ ।
यस्तो नपुंसक दलाल पुजीवाद सत्ताको अन्त्यको लागि संघर्षमा एक्यवद्धता हुन सम्पूर्ण राजनीति दल देशभक्त बामपंथी लोकतन्त्रवादी प्रगतिशील बुद्धिजीवी डाक्टर शिक्षाक पत्रकार श्रमिक तथा उत्पीडित नेपाली जनताहरु र प्रवासमा रहेका देशभक्त जनसमुदायहरुलाई समवेदनशील र गम्भीरतापूर्वक भइ यसको विरोध तथा प्रतिकार्को लागि एकजुट हुन हाम्रो गौरवसाली संगठन नेपाली जनप्रगतिशील मोर्चा मलेसियाद्वारा हार्दिक अपिल गर्द्छ।
क्रान्तिकारी अभिवादन सहित ।
[नाराहरु]
– भारतीय साम्राज्यवाद– मुर्दावाद !
– लिम्पियाधुरा, कालापानी, लिपुलेक– हाम्रो हो !
– कालापानी, लिम्पियाधुरा, लिपुलेक– फिर्ता गर !
– भारतीय साम्राज्यवादी अतिक्रमण– बन्द गर !
– नेपाल कम्युनिस्ट पार्टी– जिन्दावाद !


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया