SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२३ गते
    २००९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा ११ लाख ७८ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यूयोर्कमा सबैभन्दा बढी १९ हजार ५७ जनाले ज्यान गुमाएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यसैबीच अमेरिकाले कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन खर्ब डलर ऋण लिने भएको छ ।ऋण लिनका लागि सरकारले स्वीकृति दिइसकेको छ । यो ऋण रकमलाई स्वास्थ्य सेवा र राहत प्याकेजमा उपयोग गरिने छ । सन् २००८ मा वित्तीय संकटको बेला अमेरिकाले लिएको कर्जाको तुलनामा यो पाँच गुणा बढी हो ।

    अब अमेरिकाको कूल ऋण २५ खर्ब डलर पुगेको छ । अर्थव्यवस्थाको करिब १४ प्रतिशत रकम अमेरिकाले कोरोना भाइरससँग जुध्न दिइने आर्थिक प्याकेजमा खर्च गर्दैछ ।  सन् २०१९ को डिसेम्बर अन्तिम सातादेखि चीनको वुहानबाट सुरु भएको कोरोनाको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं