SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/८ गते
    ५०९५ &#२३४६;&#२३३५;&#२३२५;

    लन्डन । लन्डनका एकजना नेपाली फेसन व्यवसायी रबिन्द्रजंग लामिछाने (रबि) ले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयां प्रदान गरेका छन् । लन्डनस्थित रबि फेमस लिमिटेडका प्रवन्ध निर्देशक लामिछानेले संकटका बेला आफ्नो मातृभूमिलाई सहयोग गर्नु कर्तव्य भएकाले उक्त सहयोग गरेको बताए ।बेलायतजस्तो विकसित राष्ट्रले समेत कोरोना महामारी नियन्त्रणमा सकस खेपिरहेको बताउंदै लामिछानेले नेपालमा पूर्व सावधानी अपनाउन र विदेश बसेका नेपालीलाई सक्दो सहयोग गर्न अपिल गरेका छन् । 

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लामिछानेले महाभूकम्पका बेला पनि प्रधानमन्त्री कोषमा ५१ लाख १७ हजार ७ सय २७ रुपैयां दिएका थिए ।उनले पर्वत जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा दिन किनिएका मास्क लकडाउनले भारतमा रोकिएको बताएका छन् ।दुई दशकदेखि बेलायतमा व्यवसाय गर्दै आएका लामिछानेले नेपाल र भारतका बोर्डिंग स्कुलमा ५० जना असहाय नेपाली बालबालिकालाई निशुल्क शिक्षा प्रवन्ध गरिरहेका छन् ।

    धार्मिक तथा आत्याध्मिक व्यक्तित्व लामिछानेले मठमन्दिरमा पनि कयौं सहयोग गरेका छन् । उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा एक करोड ७० लाख रुपैयां लागतमा चन्द्रेश्वर महादेव हिन्दू मन्दिर र दुई तले रुक्बिना भजन किर्तन मण्डल भवन बनाइदिएका थिए । नवलपरासीको गैंडाकोटमा अवस्थित श्री मौलाकालिका मन्दिरमा भक्तजनहरुको सुविधाका लागि भान्सा, पानी ट्यांक र धारा बनाउन समाजसेवी लामिछानेले २० लाख रुपैयां पनि खर्च गरेका थिए ।

    नेपालका बाढीपीडित, विद्यालय अक्षय कोष, धार्मिक अनुष्ठान र यज्ञमा समेत उनको निरन्तर सहयोग छ ।बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिर तथा सांस्कृतिक केन्द्र र प्लमस्टिडको पहिलो हिन्दू (पशुपतिनाथ) मन्दिरमा पनि उनले सहयोग गरेका थिए । उनले आर्थिक कूटनीतिमार्फत बेलायत नेपाल सम्बन्ध थप प्रगाढ बनाउन प्रयत्नशील रहेको पनि बताए ।

    रबिन्द्रजंग लामिछाने (रबि) भन्छन् : जन्मभुमी समस्यामा पर्दा मन पोल्छ
    लन्डनस्थित रबि फेमस लिमिटेडका प्रवन्ध निर्देशक रबिन्द्रजंग लामिछाने (रबि) ले सामाजीक सेवा र देशको सेवा भनेपछि हुरुक्कै हुने मध्येका हुन । नेपालमा उनले हरेक समस्या समाधानको लागि उनले आफ्ना हात अगाडी बढाएका छन् । महाबिनासकारी भुकम्पले देश संकटमा परेको बेला होस् या अन्य अबस्था लामिछाने हरेकपटक देशको मायाले मन पोल्ने बताउने गरेका छन् ।

    कोरोना भाईरस जस्तो महामारीबाट बिश्व संघर्ष गरिरहेको अबस्थामा लामिछानेले आफ्नो देश र आफ्नो देशका नागरीकलाई सम्झेर नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयां प्रदान गरेका हुन । उनी आफ् जहाँ भएपनि देश प्रतिको माया शिरमा रहेको बताउछन् । लामिछानेको सामाजीक सेवा प्रति हामी पनि कृतज्ञता ब्यक्त गर्दछौं ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं