
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले अझै तीन हप्ता कडा लक–डाउन गर्न सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले आगामी तीन हप्ता विश्वको लागि निकै पीडादायी हुने समेत बताएका छन् ।
यस्तो छ उनले दिएका सुझाव :
आगामी ३ हप्ता विश्वको लागि निकै पीडादायी हुनेछ । संक्रमित तथा मृतकको संख्या अकल्पनीय रुपमा बढ्नेछ । यो ३ हप्ताको अग्निपरीक्षा पास गरेपछि आकासबाट आशाका किरण झुल्किने छन् । यो सम्पूण विश्वले आगामी ३ हप्ता कर्फ्यु स्तरको लक डाउन गर्नु जरुरी छ ।
– सीएनएनका अनुसार बोल्दा, सास बाहिर फ्याँक्दा पनि कोरोना भाइरस अर्को मान्छेमा सर्दछ । यो भाइरस ६ फिटको दुरीसम्म मात्र हैन २७ फिटसम्म पनि पुग्न सक्छ भनिएको छ । तसर्थ घरबाहिर पटक्कै निस्किनु हुँदैन ।– चिनिया, अमेरिकी तथा युरोपियन अनुसन्धानविद्ले भनेका छन् कि कोरोना भाइरस संक्रमण अप्रिलको अन्त्यदेखि हराउंदै जानेछ । हामी सबैलाई अप्रिलभर लक डाउनमा बसेर मे महिनाको प्रतिक्षा गर्नुपर्दछ ।
– अन्तराष्ट्रिय निकायहरुले अहिले सामाजिक दुरीमात्र होइन परिवारभित्र पनि दुरी कायम गर्न अपिल गरिरहेका छन् ।
– सरकारले बिपन्न बर्गलाई तुरुन्त न्युनतम १ महिनाको राहत प्रदान गरोस ।– काठमाडौंको महँगोमा बस्न नसक्ने मध्यरातमा हिंडेर आफ्नो घरतिर जान थालेको २ हप्ता भयो । उनीहरुलाई फर्काएर समस्या समाधान हुँदैन । आफ्नो गाउँघर जान चाहनेलाई सरकारले सरकारी बस ( साझा, सेना, प्रहरीलगायतका ) प्रयोग गरेर आफ्नो घर जाने अवसर दिनुपर्छ । उनीहरुलाई २ हप्ता ‘गृह एकान्तबास’ को शर्त र अनुगमनमा पठाउनु उपयुक्त हुन्छ । सरकारले भोको पेटमा यहाँ थुन्नु हुँदैन ।
– हाम्रो देशमा कोरोना संक्रमण परिक्षणको दायरा निकै साँगुरो भयो । समुदायमा ब्यापक परीक्षण गरेर आइसोलेसन नगरेसम्म यो रोग भुसको आगो झैं फैलिने डर हुन्छ ।– सरकारले उद्योग खोल्ने भनेको छ । यदि कुनै उद्योग, कारखाना खोल्ने हो भने त्यहाँका कामदारको कोरोना परीक्षण गरेर मात्र काममा लगाउने, उनीहरुलाई बाहिरबाट नसरोस् भन्नको लागि उद्योग / कारखानामै बस्ने व्यवस्था मिलाउनु पर्छ । अन्यथा १ जना संक्रमित भए भयाबह हुने डर हुन्छ ।
– थोरै कामदार चाहिने काम जस्तै बिद्युत पोल तथा तारको ब्यबस्थापन, चक्रपथ लगायत अन्य भागमा खाल्डा टाल्ने काम, सडकमा रहेका मेलम्चीका पाइपको परिक्षण, भूमिगत तारको काम, अप्टिकल फाइबरको काम, ढलको काम लगायत कामको लागि यो समय स्वर्णिम समय हो ।– नेपाललाई ठूलो खतरा भनेको हाम्रो खुल्ला बोर्डर हो । कारणबश बिहार र युपीमा कोरोना संक्रमण फैलियो भने हामीले ठूलो क्षति भोग्नुपर्ने हुन्छ । तसर्थ लकडाउनलाई भारतसंग समानान्तर रुपमा लैजानु पर्दछ । यसमा हामी अधैर्य र अपरिपक्व हुनुहुँदैन ।
– कोरोना संक्रमण फैलियो भने हामीसंग अस्पतालमा साधनस्रोत, दक्ष जनशक्ति र लाइफ सपोर्ट प्रणाली एकदम न्यून छ । दशौ हजारको संख्यालाई आबश्यक पर्न सक्ने भेन्टिलेटर देशभर १५० वटा पनि छैनन् । नयाँ भेन्टिलेटर किनेर ल्याउन असम्भब प्राय छ । भेन्टिलेटर चलाउन सक्ने जनशक्ति एकदम थोरै छ ।– सरकारले गाइडलाइन बनाएर घरमा बसेर काम गर्ने, औषधि लगायतको होम डेलिभरी गर्ने, चिकित्सकले टेलिमेडिसिनबाट पनि उपचार गर्ने, व्यक्तिगत काम घरबाट नै गर्न मिल्ने जस्ता काममा सहयोगीको भूमिका खेलोस् ।
– प्रत्येक प्रदेशमा एक \ एक वटा कोरोना हस्पिटल बनाओस् । हरेक अस्पतालमा ५–७ वटा वेड छुट्याउदा अन्य बिरामीमा सर्ने सम्भावना हुन्छ । तसर्थ सयौ वेड भएका सरकारी वा निजि वा मेडिकल कलेजलाई सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाओस् ।– स्वास्थ्यकर्मीलाई अस्पतालको नजिक कुनै होटेलमा बस्ने ब्यबस्था गरोस । पीपीईलगायत गुणस्तरीय उपकरण ( कमिसन नखाइ ) प्रदान गरोस् ।– यो महाबिपत्तिमा सराकर, जनता सबै मिलेर, सबैजना आत्म अनुशाशन र जिम्मेवार भएर लड्नुको बिकल्प छैन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया