SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१५ गते
    २८५१ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही ।

    विगत लामो समयदेखि रुपन्देहीमा भलिबल खेलको विकास लागी निकै महत्त्वपूर्ण भुमिका खेलेको मणिमुकुन्द भलिबल क्लबले जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न भएको छ । खेल आयोजना गरेर होस यहा राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेर ,मणिमुकुन्द भलिबल क्लबले भलिबल खेलमा योगदान दिदै आएको छ । भलिबल खेलमा मणिमुकुन्द भलिबल क्लबले यस् आफ्नो क्षेत्रमा छुट्टै पहिचान बनाउदै आएको छ ।

    स्वस्थको लागी खेलकुद राष्ट्रिका लागि खेलकुद नाराका साथ मणिमुकुन्द भलिबल क्लबले सातौ मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लाएको हो । फल्गुण १९ देखी २२ गते सम्म चाल्ने यश प्रतियोगिता कुल १२ जिल्ला सहभागी हुने छ्न । रुपन्देही , गुल्मी , नवलपरासी , नवलपुर , बाँके , रोल्पा , तनहुँ , पर्वत ,स्याङ्जा , पाल्पा , बाग्लुङ र कास्की जिल्ला सहभागी हुने छन ।

    यश प्रतियोगिताको प्रथम पुरस्कर १ लाख २ हजार २२ रुपैया हुने कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले बताए । त्यस्तै दोस्रो पुरस्कर ७२ हजार २२ र तेस्रो ४५ हजार ५ सय ५५ रुपैया र सान्त्वना २५ हजार ५ सय ५५ रुपैया हुने जनाए ।त्यस्तै कप , मेडेल , प्रमाणपत्र पनि वितरण गरिने कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले बताए । खेल दिउँसो २ बाजे देखि राती ९ बाजे सम्म संचालन गरिने गुरुङले बताए । खेल भने तिलोत्तमा नगरपालिका वार्ड नं २ सिताराइस मिल , देवकोटा पथमा गरिने बताए ।

    यस्तो खालको प्रतियोगिताले भलिबल विकासमा टेवा पुग्ने कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले बताए । उनले खेललाई भब्यको रुपमा सफल पर्न सबैलाई आफ्नो ठाँउबाट सहयोग गर्न अपिल समेत गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं