SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१५ गते
    १८७८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, । कुस्मा नगरपालिका २ खुर्कोट निवासी दुवै मृगौला पीडित २२ वर्षिय सुस्मिता परियारलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर अध्यक्ष शंकर गिरीले प्रबासिद्वारा सङ्कलन गरेको नगद रु १ लाख १५ हजार हस्तान्त्रण गरेका छन् । कुनपा २ खुर्कोट स्थित गणेश्वर प्राथामिक विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्ताान्त्रण गरेका हुन् । सो रकम साउदी अरवमा रहेका प्रवासी हिम वहदुर क्षेत्रीको पहलमा वेनीवाट मनवहादुर पुन मगर पोखराका भोज वहादुर गुरुङ, वुटवलका रमेश लगाएतले जुवाड गरेका थिए ।रकम हस्तान्त्रण गर्दै गिरीले प्रदेशी भुमिमा पशिना वगाएर पनि आफ्नो गाउँ ठाउँमा रहेका दिन दुखी गरिव परिवार लाई गरेको आर्थिक सहयोग निकै सह्रानिय रहेको वताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गिरीले पीडितको घाउमा थोरै भएपनी प्रदेशीहरुले गरेको सहयोग पीडाको घाउमा थोरै भएपनी मल्हम हुने भन्दै पीडित लाई सक्दो सहयोग गर्न सवै लाई आग्रह गरे । कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य मिन राज के.सी अविरल कु.न.पा २ खुर्कोटका अध्यक्ष कृष्ण प्रसाद शर्मा, स्थानिय युवा समाजसेवि क्षेत्र वाहदुर क्षेत्री लगाएतले सहयोग हस्तान्तरण गरेका थिए ।

    सोहि कार्यक्रममा जिल्ला विधुत प्राधिकरण प्रमुख ललित नारयण चौधरीले रु २ हजार, स्थानिय गिता पुरी रु १ हजार १०, शिव पुरीले १५ सय, रुपा पुरी १ हजार, डिलमाया रेग्मीले रु १५ सय, टिका कुमारी पुरीले १ हजार, लक्ष्मी पुरीले ५ सय, सिता देवीले रु १ हजार, कृष्ण वहादुर क्षेत्रीले रु १ हजार, शुसिला गिरीले रु १५ सय, लक्ष्मण गिरीले १२ सय, नरवती पुरीले रु १५ सय, भागिरथ पौडेलले रु १ हजार रुपैयां सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए । कार्यक्रममा पींडित परिवारसंगै श्रीमान शंकर परियार, शसुरा विके दर्जी लगाएत अन्य स्थानियहरुको उपस्थिति रहेको थियो । पींडितलाई सहयोग गर्न ईच्छुकले स्थानिय क्षेत्र वहादुर क्षेत्रीको मोवाईल नम्वर ९८४७६०८९५६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं