SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१० गते
    १६५५ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ।
    गोरखा जिल्लामा न्युन परिवारमा जन्मिनु भएका केसर बिशकर्मा सानै देखी सामाजिक रुची भएको एक सरल स्वभाब र मिलनसार ब्य्यक्तित्व भएको पाईन्छ । सानै देखी नयाँ र सामाजिक कार्यमा रुची राख्ने उहाको बानीले वास्तव मै मानब बेचबिखनको अभियानमा लामो समय देखी आबद्ध हुँदै आउनु भएको छ ८ बर्षको अनुभव अत्यन्तै रोचक र महत्वपूर्ण रहेको छ । यसै सेरोफेरोमा रहेर गरिएका अनुभवहरु ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    १ मानब बेचबिखन भन्नाले के बुझिन्छ ?
    मानब बेचबिख्न भन्नाले कुनै पनि ब्यक्तिले मानिसलाई एक ठाउबाट अर्को ठाउमा बेचबिखनको उदेश्यका साथ लगि बेचबिखन गर्नुलाई मानब बेचबिखन भनिन्छ चाहे यो आन्तरिक पनि हुन सक्छ बाह्य पनि हुन सक्छ । चाहे त्यो श्रम शोसण हुन सक्छ, यौन सोसण ,शरिर बन्दक वा कुनै अङ्ग बेचबिखन को उदेश्य नै किन नहोस ।

    २ यस अभियनमा लामो समय आबद्ध हुनु भयो पहिले र अहिलेमा के फरक पाउनु भएको छ ?
    सुरुमा महिला मात्र बेचबिखनमा पर्छन भन्ने मात्रा थियो जसमा चेलिबेटि बेचबिखन भनिन्थ्यो पछी यो बिस्तारि पुरुषहरुलाई पनि बिभिन्न प्रयोजनका लागि बेचबिखन भएका बिभिन्न तथ्यहरु बाहिरियो र मानब बेचबिखन भएको पाउदछौ । सुरुमा मैले बुज्दा भारतको बिशेष बम्बैमा महिलालाई लगेर बेचबिखन गर्नु हो भन्ने बुझाई थियो तर त्यसमा धेरै फरक रहेको छ अहिलेको सन्दर्भमा अहिले देश भित्रैका शहरहरुमा किन नहोस वा भारतका बिभिन्न शहर लगाएत त्यस्रो मुलुकमा समेत बेचबिखनमा परेका कयौ घटनाहरु बाहिरी रहेका छन यो अत्यन्त दु:खद कुरा हो .

    ३ कस्ता खालका ब्यक्तिहरु बढी बेचबिखन पर्दछन वा सम्भावना हुन्छ ?
    मेरो ८ बर्षको यात्राामा मैले देखेको र साधारण बुज्दा पनि प्राय शिक्षा बाट बन्चित ब्याक्तिहरु जो जोखिम को बिषयमा जान्न सक्दैनन,बेरोजगारको चपेटामा परेकाहरु जहाँ रोजगार पाउने आसामा भौतारिदै गर्दा गलत ब्याक्तिहरुको पहुचमा पुग्दछन । कयौ ब्याक्तिहरु साहारा पाउने आसामा बिस्वासका कारण त्यो अवस्थामा पुग्दछन । सामान्य बुज्दा चेतना को कमी, अशिक्षा,गरिबी,सामाजिक अपहेलना भएका पर्दछन भने कयौ शिक्षित ब्यक्तिहरु पनि यसबाट अछुतो रहेका छैनन ।

    ४ तपाईंइले काम गर्दै गर्दा त्यस्ता उदाहरण दिनु पर्दा ?
    मैले काम गर्दै गर्दा सयौ चेली हरु जो बेचबिखनको जोखिमबाट उद्धार गरिएको छ । जसमा कसलाई उदाहरण दिउ भन्ने म आँफै कन्फ्युज भएको छु। धेरै उद्धार गरिएका चेलीहरु जो आज आफन्त नेपालले सम्मानजनक जिबन जिउन सक्ने बनाएको छ । कयौ चेलीहरु जो साहारा बिहिन थिए बेचबिखनको सिकारमा थिए उनिहरुको जिबनमा आमुल परिवर्तन आएको छ । यहाँलाई भन्नु पर्दा म बिराटनगरमा रहदा, झापामा रहदा त्यस्ता चेलीहरुलाई उद्धार गरिएको थियो जसको अवस्था देख्दा र सुन्दा म धेरै पटक रोएको छु ।

    १४ / १५ का साना किशोरिहरु बेचबिखनको कहाली लाग्दो पारीबेशबाट उद्धार गरी अहिले आफन्त नेपालको सम्रक्षणमा रही खुशी र समाजलाई नै सचेत बनाउन सक्ने भएको देख्दा गर्व लाग्छ । यही कपिलवस्तुमा रहदै गर्दा दाङ,प्युठान ,कपिलवस्तु लगाएतका धेरै चेलीहरुलाई उद्धार गरी दर्जनौ त्यस्ता ब्याक्तिहरुलाई कानुनी कठघारमा ल्याउन सफल भएका छौ। कयौ चेलीलाई सस्थाले नै सम्रक्ष्ण दीई उच्च शिक्षा दिएको छ । ति बैनिहरु देख्दा धेरै ठुलो काम गरेको अनुभब हुन्छ तर अझै गर्नु पर्ने धेरै छ ।

    ५ यस्तो काम गर्दा कत्तिको जोखिमा आउन सक्छ ?
    जोखिम को त कुरा नगरौ यो आँफैमा सम्बेदनशिल कार्य हो खुशी के लाग्छ भने सत्यको बाटो हिड्दा कमजोर भैइदैन र राम्रो कामको लागि सबैको साथ सहयोग पाईन्छ र गलत ब्याक्तिको बिषयमा बिरोध गर्ने कमै हुन्छन जसले आफ्नो दिदी बैनी त्यो स्थानमा राख्न सकेका हुन्छन ।

    स्थानिय प्रशासन तथा स्थानिय सरकारको सहयोग कस्तो पाउनु भएको छ ?
    बास्तबमा यो काम राज्यकै लागि गरिएको अभियान भएको कारण स्थानीय प्रशासनले सहयोग नगर्ने कुरै छैन राम्रो सहयोग छ । स्थानिय सरकारले कृष्णनगरको हैसियतमा हेर्दा अत्यन्त राम्रो रहेको छ । सुरुदेखी महिला तथा बालबालिकाको क्षेत्रमा कृष्णनगर नगरपालिकाको सराहनिय भूमिका रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं