SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/७ गते
    ८९२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।  चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति ‘को म्युजिक भिडीयो सार्वजनिक भएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै र नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यलाइ किन म्युजिक भिडियो निर्देशनमा लाग्नु भयो र बिशेषगरी ‘राति ‘गीतको भिडियोको बारेमा प्रश्न गर्दा बज्राचार्य यसो भन्नु हुन्छ : आजकल पार्टी जाँदा पहिला जस्तो मजा लाग्दैन, सहकर्मीहरु त्यति भेट हुदैनन, चाडपर्व पनि अलि शुन्य शुन्य लाग्छ ,मलाई मात्रै होइन, वरीपरि हेर्छु, उस्तै देख्छु,फेसबुक तिर फोटो देख्छु, कहिले विदेशमा ट्रेनका सम्पूर्ण डब्बामा नेपाली भरिएको देख्छु साथै विदेश तिर आयोजना हुने आफ्नै कार्यक्रमहरुमा उपस्थित हुने हजारौ दर्शकहरु देखेर अचम्मित हुन्छु आजकल मेरा आफ्नै साथी भाईहरुसंग नेपाल भित्र भन्दा बाहिर धेरै भेट हुने गर्छ। यस्तै कुराले सोच्न बाध्य हुन्छु, यो कस्तो मोह विदेशको? यो कस्तो आकर्षण प्रवासको? मलाई राम्रो सँग थाहा छ, बाध्यता सबैको छ। बुझेको छु रहर होइन कर होला तर पनि लाग्छ सबैलाई विदेशले मोहनी लगाएकै हो।

    बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा कालो शक्तिको नमुना मात्र हो, जो सँग हामीलाई लड्नुछ । यस भिडीयोमा एक सुन्दरी युवती त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेकोे छु। हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाव पनि झल्काइएको छु।मेरो मनमा चलेको यहि आँधिबेरीको कथा हो ‘राती ‘ । कालो शक्ति अर्थात नेगेटिभ ईनर्जी सँग पोजिटिभ इनर्जीको विजयको सांगीतिक संकेत हो ‘राती ‘। सुन्दर र लोभ लालचको सैतान लाई हाम्रो आफ्नो कला संस्कृतीको ‘लाखे’ तथा ‘झाक्री’ रुपी सकारात्मक सोचले पराजित गरेको कथालाइ नै ‘राती ‘को भिडियोमा देखाइएको छ । भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचारिंग गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं