SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
    १०२८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा क्रिकेट एकेडेमिको आयोजनामा माघ २९ देखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । एक दिवसिय फर्मेटमा आयोजना हुने प्रतियोगितामा कास्कीका दुई टिम कास्की ए, कास्की बि सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ्ग र स्याँग्जाको एक एक टिम गरि कुल ५ टिमको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष बमबहादुर कँुवरले जानकारी दिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो प्रतियोगिता नाफामुलक भन्दापनि क्रिकेट विकासका लागि आयोजना गरिएको उनले बताए । प्रतियोगिता आयोजनाका लागि हाल सम्म आँपु्mहरुले कुनै ठूलो प्रायोजक पनि नपाएको उल्लेख गर्दै यो प्रतियोगिताबाट कमाउने वा बचत गर्ने लक्ष्य पनि नरहेको जनाए ।१० दिन सम्म चल्ने प्रतियोगितामा १० खेल हुने प्रतियोगिता संयोजक चन्द्र गुरुङ्ग जिम्मीले बताए । राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा लिगका सबै खेल सकिदा शिर्षस्थानमा रहने टिम प्रतियोगिताको च्याम्पियन बन्ने उनले जानकारी दिए ।

    गण्डकी प्रादेसिक क्रिकेट संघ तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा हुने प्रतियोगितको च्याम्पियन टिमले नगद २० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्स्म्या, उत्कृष्ट बलर तथा हरेक खेलमा म्यान अफ द म्याच ट्रफि प्रदान गरिने पनि यस पत्रकार सम्मेलनमा एकेडेमीका प्रशिक्षक रिजन प्रजुले जनाए ।

    पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्गले जुनियर लेवलका खेलाडीलाई लक्षित गर्दै आयोजित यस्ता प्रतियोगिताबाट नवप्रतिभा खेलाडी निस्कने औल्याए । प्रतियोगिता सफल पार्न परिषद्को तर्पmबाट आर्थिक एवं भौतिक सहयोग समेत गर्ने गुरुङ्गले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले नितान्त क्रिकेट विकासका लागि आयोजित यस प्रतियोगितालाई व्यापक गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे । नेपालले महाशक्तिशालि राष्ट्रलाई समेत पराजित गर्न सक्ने भनेको खेल क्षेत्रनै हो भन्दै उनले पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य प्रगति गरेको जनाए । सञ्चारकर्मी रिना थापाले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं