
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । जिल्लामा रहेका निजि विद्यालय र नेपाली सेनाको कल्याणकारी कोषवीच शैक्षिक सहयोग र सहकार्य गर्ने सहमति भएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तीनवटा निजि विद्यालय र नेपाली सेना कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत बहालवाला र सेवा निवृत्त सैनिकका छोराछोरीहरुलाई छात्रबृति वितरणमा सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
नेपाली सेनामा कार्यरत सैनिक तथा भुपु सैनिकका छोराछोरीहरुले निजि विद्यालयमा अध्ययन गरेवापत दुवै पक्षवाट छात्रबृत्ति पाउने भएका छन् । पर्वतका आदर्श अंग्रेजी आवासीय मावि, नमुना मावि र कालीगण्डकी एकेडेमीमा भर्ना गरेमा विद्यालय र नेपाली सेनाको कल्याणकारी कोष दुवैले छात्रबृत्ति दिने भएका हुन् ।
कक्षा ६ देखि १२ सम्म अध्ययनरत नेपाली सेनाका बालबालिकाहरुलाई प्रत्येक विद्यालयले बार्षिक २० हजार र नेपाली सेनाको कल्याणकारी कोषवाट २० हजार रुपैया गरी ४० हजार रुपैया छात्रबृत्ति रकम सहयोग गरिने भएको छ । कक्षा ६ देखि १२ सम्म ८÷८ जनाका दरले उक्त छात्रबृत्ति रकम उपलव्ध गराईने सहमति भएको आदर्श अंग्रेजी बोर्डिङ स्कुलका पिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले बताए । प्रत्येक शैक्षिक सत्रमा १ सय ६८ जना सैनिकका छोराछोरीहरुले उक्त सहुलियत पाउने भएका छन् ।
अहिले कक्षा १० मा अध्ययनरत विद्यार्थीले बार्षिक ६३ हजार रुपैया शुल्क तिर्नुपर्ने अवस्था रहेको छ । उक्त रकममा विद्यालयले २० हजार र नेपाली सेनाको कल्याणकारी कोषवाट २० हजार सहुलियत दिने भएपछि २३ हजार रुपैयाले कक्षा दशको पढाई पुरा गर्न पाउने भएका छन् । यस्तो सहयोगले नेपाली सैनिकका छोराछोरीहरुको पठनपाठनमा सहुलियत पुग्ने भुपु सैनिक चन्द्रप्रकाश पौडेलले जानकारी दिए । उनले भने –‘यो सहयोग र सहकार्य निरन्तर भईरहन्छ ।’
प्रत्येक तीन तीन वर्षमा नविकरण गर्नेगरी आइतवार विहान केवल जंग गुल्म गोदाम व्यारेकमा निजि विद्यालयका संचालक र नेपाली सेनाका गुल्मपती सेनानी अर्जुन दुलालबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ । जसमा भुपु सैनिकको तर्फवाट डिल्लीराम अधिकारी र चन्द्रप्रकाश पौडेलले पनि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । विद्यालय र सेनाले दिने शुल्क बाहेक शैक्षिक भ्रमण शुल्क, यातायात शुल्क र परिक्षा शुल्क भने स्वयं अभिभावकले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
उक्त सहुलियत लिनका लागि विद्यार्थीहरु सम्वन्धित विद्यालयले लिने प्रवेश परिक्षामा भने उत्तिर्ण हुनुपर्ने प्रावधान तोकिएको छ । यस्तो सहलियतले नेपाली सेनामा कार्यरत र सेवा निबृत्त भएकालाई ठुलो राहत मिल्ने र नेपाली सेना र विद्यालयबीचको आपसी सहयोग र सद्भाव समेत बृद्धि हुँदै जाने कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्दकुमार कर्माचार्यले बताए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया