
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पोखरा, कास्की । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा विद्यार्थी मेला २०२० शुरु भएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले नेपालका युवाहरुले देशमा नै काम गर्ने वातावरण बनाउन परिषदले काम गरिरहेको बताए ।
मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियूका संयोजक ऐन महरले बदलिँदो परिस्थीतिमा विद्यार्थी राजनीतिमा पनि परिवर्तनको खाँचो भएको बताउनुभयो । त्यसै गरी नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सीनाले विश्वविद्यालयहरुलाई अध्ययनको मात्र नभई शैक्षिक गतिविधीहरुको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै हरिबहादुर खड्काले विश्वविद्यालयमा शुरु भएका यस्ता मेलाहरुको निरन्तरताको कामना गर्नुभयो । उता स्वतन्त्र विद्यार्थी यूनियनका संरक्षक तथा स्वास्थ्य विज्ञान महाविद्यालयका निर्देशक डाक्टर डमरु पनेरुले स्वतन्त्र विद्यार्थी यूनियनका गतिविधीहरु विद्यार्थीहरुलाई धेरै भन्दा धेरै सहभागी गराउने खालको भएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सभापति सुनिल तिमिल्सीनाले स्ववियूले स्थापनाकालदेखि नै धेरैभन्दा धेरै विद्यार्थीहरुको हीतमा काम गरिरहेको जानकारी दिनुभयो ।
मेलामा प्यानल बहस, सफलताको कथा प्रस्तुती, पुस्तक प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु पहिलो दिनबाट शुरु भएका छन् । मेलाको सफलताको कथा श्रृंखलामा रुपाकोट रिसोर्टका अध्यक्ष पुष्पराज अधिकारीले बेल्जीयमदेखि नेपालसम्म गरेका संघर्षको कथा सुनाउँदै नेपालमा पर्यटनको अपार सम्भावना रहेको बताए । त्यसै गरी कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले कामलाई कसैले पनि सानो र ठूलो रुपमा लिएर पछाडी हट्न नहुने बताए । त्यसै गरी युवा उद्दमशिलताको प्यानल बहसमा युवा व्यवसायीहरु बैभव पौडेल र मिलन केसीले युवाहरुमा उद्दमी सोच भए मात्र नेपालमा उद्दमशिलताको सही ढंगले विकास हुन सक्नेमा जोड दिए ।
मेलाकै नेपालमा अवसरहरु नामक प्यानल बहसमा राष्ट्रिय युवा परिषदका सदस्य दीलिप न्यौपाने, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल र युवा व्यवसायी सन्तोषराज सिग्देलले नेपालमा अवसरहरु धेरै रहेको तर युवाहरुको प्रयास र सरकारको सही नीतिको खाँचो औल्याए ।
कार्यक्रमको शुक्रबारको सत्रमा रोवर्ट भिडन्त, कविता प्रतियोगिता, कविता कार्यशाला, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सेयर तालिम लगायतका सत्रहरु हुने मेलाका संयोजक होमेन्द्र यादवले बताए । त्यसै गरी शुक्रबारको सत्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन र नेपाल कम्युनिष्ट पार्टीकी युवा नेतृ सुनिता बरालले बोल्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।
मेलामा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए । मेलामा ३५ लाखको खर्च हुने र मेलामा विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरुका २० हजार भन्दा बढिले सहभागिता जनाउने कोषध्यक्ष प्रकृति दवाडीले बताइन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया