
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत । श्री नारायण माध्यामिक बिद्यालय कुश्मामा २०७६ साल पौष १३ गते भएको व्यवस्थापन समितिको छनौट प्रक्रियाका क्रममा गिरीलाई मनोनित सदस्यमा ल्याउने सहमति विपरित पूर्व प्रधानाध्यापक बसन्त बहादुर सिकेलाई मनोनित गरेपछि विवाद सिर्जना भएको हो । पौष १३ गते बसेको अभिभावकहरुको भेलाले वि.व्य.स.गठनका लागि पदेन सदस्यमा वडा नं ४ की अध्यक्ष मिना कर्माचार्य, सदस्यहरुमा सीतादेवी चापागाई गौडेल, सरस्वती शर्मा पोखरेल, कमलनाथ पोखरेल, कृष्ण प्रसाद शर्मा र मनोनित सदस्यमा प्रल्हाद गिरीलाई ल्याउने सहमति सहति माईनट सहित माईनट समेत गरेको थियो ।
भेलाले सोही विद्यालयका अभिभावक एवं कुश्मा नगरपालिका वडा नं ७ का प्रल्हाद गिरीलाई मनोनित सदस्यमा ल्याउने सहमति विपरित फेरी अर्को बैठक राखी बहुमत अर्थात जम्मा तिन जना सदस्यहरुको सहमतीमा बसन्त बहादुर सिकेलाई मनोनित गरेको भन्दै पदेन सदस्य मिना कर्माचार्य र कृष्ण प्रसाद शर्माले असहमति गरेका थिए र साथै प्रल्हाद गिरी समर्थकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । श्री नारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिको मनोनित सदस्यमा जुनसुकै आएपनि सहमति कार्यान्वय गर्न वा विधि र प्रक्रिया अनुसार सदस्य बन्न उपयुक्त हुने वि.व्य.स.का पूर्व अध्यक्ष रमाकान्त शर्माको सुझाव छ ।
पत्रकार सम्मेलनमा वि.व्य.स. को गठन प्रक्रिया सहमति र नियम संगत नभएको भन्दै प्रकाश श्रेष्ठ र रमेश प्रसाद श्रेष्ठले दिएको निवेदन कुश्मा नगरपालिका नगर शिक्षा शाखाले दराजमा थन्क्याउँदै २०७६ माघ १४ गते दिएको निवेदनलाई दवाव आएपछि ११ दिनपछि आज मात्रै दर्ता गरेको समेत जनाइएको छ । पत्रकार सम्मेलनमा असन्तुष्ट पक्षले एकहजार १५ जना विद्यार्थी रहेको विद्यालयमा एकसय ६९ जना अभिभावकको उपस्थितिमा गरेको सहमति समेतलाई वेवास्था गरी प्रक्रिया विपरीत गरेको निर्णय अमान्य भएको भन्दै आम भेलाबाट चुन्न चुनिएर देखाउन चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै योगराज गिरीले शैक्षिक क्षेत्र सुधारका लागि भएको सहमतिलाई लत्याउँदै भएको विधि प्रक्रिया विपरितको निर्णय नैतिक संगत नभएको बताए । कुश्मा नगरपालिका नगर शिक्षा शाखा प्रमुख विष्णु प्रसाद तिवारीको अध्यक्षतामा भएको व्यवस्थापन समिति छनौट अभिभावक भेलाको निर्णय विपरित भएको विषयमा नगर शिक्षा शाखा समेत मौन बस्नु षडयन्त्रपूर्ण भएको पत्रकार सम्मेलनमा आपत्ति जनाइएको थियो ।
पत्रकार सम्मेलनमा सर्बसहमत रुपमा सदस्यमा चयन भएका वि.व्य.स. सदस्य प्रल्हाद गिरी आफुलाई फान्नुपर्ने कारण समेत केहि नदेखाई सर्बसहमतीमा मनोनित भएकोलाई हटाएर बहुमतले निर्णय गर्नु निकै दुखदायी भएको बताए । गिरीले भने आफुमाथी अन्याय भएको बताउँदै अन्याय गर्ने भन्दा अन्याय सहने झनै अपराधी हुने भएकोले आफ्नो अधिकार र आम नागरीकमा बिद्यालय प्रतिको निष्टा बढाउनको लागि आबाज उठाउनु परेको बताए । गिरीले आफुले नगरपालिकामा समेत ३ वटा निबेदन दिदाँ २ वटा दर्ता गरेको र १ वटा निवेदन अझै दराजमा थन्काईएकोले पत्रकार सम्मेलन गर्न बाध्य भएको बताए । फेरी पनि आवाज नसुनिय उच्च अदालत जाने तयारी गरेको समेत गिरीले बताए ।
हेरौं यस्तो छ बिज्ञप्ती
प्रेस विज्ञप्ती
(नारायण माध्यमिक विद्यालय कुश्मा पर्वतमा विद्यालय व्यवस्थापन समितिको छनौट प्रकृया अनियमितता सम्बन्धमा)
पर्वत जिल्लाको कुश्मा बजारमा बि.सं. २०१६ सालमा स्थापित श्री नारायण माध्यमिक विद्यालय हाल विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायका कक्षाहरु सहित १२ कक्षा सम्म अध्यापन गराएको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु । यस विद्यालय जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा रहेको कुरा यहाँहरुलाई सर्वविदितै छ । यस विद्यालयमा महिला प्रधानाध्यापकको रुपमा श्री अम्बिकादेवी लोहनी आचार्य रहनु भएको छ भने स्थायी, अस्थायी शिक्षक तथा कर्मचारी हरु गरी ३५ जना विद्यालयमा कार्यरत रहनु भएको छ । यस विद्यालयमा कक्षा १ देखि १२ सम्म गरी हाल १०१५ जना विद्यार्थी भाई बहिनीहरु अध्ययनरत रहेका छन् । यस विद्यालयमा अध्ययन गरेका थुप्रै शैक्षिक, बौद्धिक र सामाजिक व्यक्तित्वहरु हुनुहुन्छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्राविधिक तथा बौद्धिक ज्ञान, नैतिक शिक्षा दिने शिक्षकज्यूहरु पनि रहनु भएको छ ।
म पनि यसै विद्यालयमा अध्ययन गरेको म पनि पूर्व विद्यार्थी हुँ । मेरा आफ्ना दुई छोराहरु यसै विद्यालयको कक्षा ९ र १२ मा अध्ययन गर्दै रहेका छन् । म पनि यस विद्यालयको एक अभिभावक, विद्यालयलाई आफूले सकेको योगदान पु¥याउन सकुं भनी एक कार्यकाल शिक्षक अभिभावक संघको सदस्यको रुपमा रही काम गरेको कुरा पनि यहाँहरुलाई स्मरण गराउन चाहन्छु । मैले विद्यालयको शिक्षक अभिभावक संघको सदस्यको रुपमा रही अभिभावकहरुको घरदैलोमा गई गर्ने अन्तरक्रियात्मक कार्यक्रमको संयोजकको रुपमा पनि योगदान पु¥याएको कुरा सम्बन्धित अभिभावकज्यूहरुलाई जगजाहेर नै छ । आफू सम्बन्धित विद्यालयमा केही योगदान गर्न सकुं भन्ने मनसाय साथ विद्यालय व्यवस्थापन समितिको सदस्यको रुपमा रही काम गर्ने ईच्छा व्यक्त गरेको थिएँ । विद्यालयको व्यवस्थापन समिति छनौट प्रकृयाका लागि मिति २०७६ साल पौष १३ गतेका दिन कुश्मा नगरपालिकाका नगर शिक्षा प्रमुख श्री विष्णु प्रसाद तिवारीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति छनौट अभिभावक भेला कार्यक्रम भएको थियो ।
जसमा विद्यार्थी संख्या १०१५ भएता पनि त्यस दिन उपस्थित सम्पूर्ण महानुभावहरु सहित गरेर १६९ जना उपस्थित रहनु भएको थियो । उक्त अभिभावक भेलाको कार्यक्रमबाट २ जना पुरुष सदस्यमा कृष्णप्रसाद शर्मा र कमलनाथ पोखरेल छनौट हुनु भएको थियो साथै २ जना महिला सदस्यहरुमा संगीतादेवी चापागाई गौंडेल र सरस्वती शर्मा पोखरेल छनौट हुनु भयो । उक्त कार्यक्रममा वडा अध्यक्ष वि.व्य.स. छनौट प्रकृयामा उपस्थित रहनु भएको हुँदा निर्वाचित सदस्यहरु र पदेन सदस्यको रुपमा मीना कर्माचार्य सहितको मिटिङ्गबाट मलाई शिक्षा ऐन २०२८ शिक्षा नियमावली २०५९ अनुसार स्थानीय शिक्षाप्रेमी बुद्धिजीवी, समाजसेवीको तर्फबाट विद्यालयको व्यवस्थापन समितिको पुरुष सदस्यको रुपमा मनोनित गर्ने भनी लिखित निर्णय गरिएको जानकारी मलाई प्राप्त भएको थियो । उक्त लिखित निर्णय गरिएको निर्णयको प्रतिलिपी यसैसाथ संलग्न राखेको छु । त्यसपछि मलाई मिति २०७६ साल पौष १७ गते विद्यालय व्यवस्थापन समितिको बैठकको वारेमा मौखिक जानकारीमा बोलाईयो ।
विद्यालयका निर्वाचित ज्येष्ठ सदस्यको रुपमा निर्वाचित कमलनाथ पोखरलेको अध्यक्षता बैठक बसेर उक्त बैठकमा मलाई बस्नका लागि अनुमति समेत नदिई मनोमानी, कपोकल्पित र एकलौटी रुपमा मिटिङ्गको माईन्युट सम्बन्धित विद्यालयको प्रधानाध्यापकले लेख्नुपर्नेमा जर्वजस्ती अध्यक्षता गरेका व्यक्तिबाट बन्द कोठामा गई पुरुष सदस्यको रुपमा मलाई मनोनित गरेको निर्णय हुँदा हुँदै पुनः पुरुष सदस्यको रुपमा बसन्त बहादुर सि. के. लाई मनोनित गरिएको निर्णय लेखियो । र मलाई कुनै कसुर विना सर्वसम्मत रुपमा सवै सदस्यहरुको हस्ताक्षरबाट मनोनित गरिएको निर्णय हुँदा हुँदै कसरी बसन्त बहादुर सि.के. लाई मनोनित गरियो ? के एक जना सदस्यलाई मनोनित गरीसकेपछि पुनः विना कारण फेरी त्यही सदस्यको रुपमा अर्को मान्छेलाई मनोनित गर्नु नियम, कानुन र नैतिकता भित्र पर्दछ ? के विद्यालय जस्तो बौद्धिक नैतिक शिक्षा प्रदान गर्ने स्थानमा छनौट भएका सदस्यज्यूहरुले कुनै व्यक्तिलाई खेलौनाको रुपमा बनाउन पाउनु उहाँहरुको बौद्धिकता र नैतिकता हुन्छ ? यसरी मलाई सर्वसम्मत रुपमा मनोनित गरिएको सदस्य पदमा बसन्त बहादुर सि. के. लाई एकलौटी रुपमा मनोनित गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको भनिएको कुरा अत्यन्तै नीच, लाजमर्दो र हास्यास्पद रहेको कुरा जानकारी गराउन चाहन्छु ।
मिति २०७६ पौष १७ गते भएको निर्णयमा असहमति जनाउँदै सदस्य कृष्णप्रसाद शर्मा र पदेन सदस्यको रुपमा रहनु भएका वडा अध्यक्ष मीना कर्माचार्यले सर्वसम्मत रुपमा गरिएको निर्णयको विपरीत पुनः अर्को निर्णय भएकोमा असहमति जनाउँदै कुश्मा नगरपालिका शिक्षा शाखामा सर्वसम्मत रुपमा भएको निर्णयको कार्यान्वयन होस् भनी निवेदन पनि दिनु भएको जानकारी मलाई जानकारी गराउनु भएको थियो । उक्त निवेदन कुश्मा नगरपालिकाले दर्ता नै नगरी नगर शिक्षा प्रमुखको दराजमा थन्क्याईनु पनि रहस्यमय रहेको छ । त्यसैगरी मिति २०७६।१०।१४ मा विद्यालय व्यवस्थापन समितिको गठन प्रकृया नियम कानुन संगत रुपमा नभएको भनी प्रकाश श्रेष्ठ र रमेश प्रसाद श्रेष्ठको नामबाट कुश्मा नगरपालिकामा निवेदन दिईएको तर उक्त निवेदन पनि हालसम्म शिक्षा प्रमुखले नै थन्क्याएर राखी आज मिति २०७६।१०।२१ गतेका दिन द.नं. १२२३ मा दर्ता भएको जानकारी गराउन चाहन्छु । साथै निवेदक प्रल्हाद गिरीले सोही मितिमा सहमति कार्यान्वन नभएपछि कानुन सम्मत रुपमा अभिभावक नभएका व्यक्तिहरु विद्यालय व्यवस्थापन समितिमा छनौट भएको भनी दिएको निवेदन उपर पनि हालसम्म कुनै कार्वाही नगरिएको जानकारी गराउन चाहन्छु ।
यसरी शिक्षा प्रदान गर्ने जस्तो पवित्र ठाउँलाई केही व्यक्तिहरुले नैतिकता विपरीत आफ्नो मुट्टीभरमा लिन खोजेर सहमतिमा गरिएका निर्णयहरु पनि तोड्दै हिंडेको हुँदा यस्तो अभ्यास भएको विद्यालयमा अव तपाई हाम्रा वावुनानीहरुलाई पवित्र ज्ञान दिने विद्यालय भनेर मान्न सकिएला ? त्यसैले गलत र वदनियतपूर्ण तरिकाबाट गठन गरिएको भनिएको व्यवस्थापन समितिमा पूर्ण रुपमा कानुनी प्रकृया पूरा गरी विद्यालयमा रहेका अभिभावकज्यूहरु सवैलाई भेला बोलाई विद्यालयको लागि स्वच्छ योगदान गर्न सक्ने सवै समुदायका व्यक्तिहरुलाई समेटेर पुनः विद्यालय व्यवस्थापन समिति छनौट प्रकृया गरियोस् भन्ने जोडदार माग गर्दछु ।
प्रल्हाद गिरी
कुश्मा न.पा.–७, पर्वत


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया