SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२३ गते
    ११०४ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी ‘धनधान्याचल महोत्सव’ महायज्ञमा एकै दिन ५ करोड दान दक्षिणा संकलन भए पछि धुर्मुस सुन्तली दंग परेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाका लागि आर्थिक संकलन गर्न महायज्ञ लगाइएको छ ।बिहिबार मात्रै करिब पाँच करोड संकलन भएको सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिएका छन् । उनले महायज्ञमा सहभागी जनाउने र सहयोग गर्नेको उत्साही रहेको जनाए ।

    जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको छ । यस्तै चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ । नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र बिष्टले १ करोड सहयोगको घोषणा गरेका हुन् । उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

    यसैगरी चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ । माडी नगरपालिकाले ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको छ । रंगशाला निर्माणार्थ सहयोगका लागि आयोजना गरिएको महायज्ञमा बुधबार एक करोड आर्थिक संकलन भएको थियो । महायज्ञ आउँदा माघ २६ गतेसम्म चल्नेछ । महायज्ञबाट रु ५० करोड संकलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल छन् । उनले रंगशाला निर्माणका लागि निशुल्क वाचनको काम गरिरहेका छन् ।

    https://youtu.be/4yJJjCLjVy0

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं