
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ ।बिनोद चौधरी नेपालका एक परिचित उद्योगपति हुन्। यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन्। उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन्। सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको चौधरी विश्वभरका धनाढ्यको सूचीमा १ हजार ३ सय ४९ औं स्थानमा छन्। ९० सालको महाभू’कम्प गएको २ वर्षपछि सन् १९३५मा चौधरी परिवारले न्युरोड हालको विशाल बजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको थियो।
त्यो पसलका सामान बिक्री गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको दरबारमा आउजाउ गर्न चौधरी परिवारलाई रोकतोक थिएन। पछि ब्रान्डका सामान बिक्री गर्न न्युरोडमा अरुण इम्पोरियम खोले। यहाँका कतिपय आयातित सामान पनि दरबार जान्थे।चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका कपडा र अन्य समाग्री ल्याई दरबार र सम्पन्नलाई बिक्री गर्दा गर्दै चौधरी परिवार स्टील, धागो कारखानाजस्ता उद्योगमा प्रवेश गरेको थियो। पछिल्लो समयमा चौधरीको कपडा पसलका ग्राहक तत्कालीन राजारानी र दरबारका सदस्य हुन्थे। पञ्चालयतकालमा दरबारसँगको यो सम्पर्क उद्योग खोल्न लाईसेन्स लिन उपयोगी बन्यो।तर, परम्परागत होइन नयाँ हेर्ने विनोदको स्वभाव वाइवाइमा मात्र समिति भएन्। नयाँनयाँ व्यवसायमा उनले हात हाल्दै गए। कतिमा सफल भए कति असफल। रेडियो टेलिभिजन बिक्रीवाट सन्तुष्ट नभई पार्टपुर्जा ल्याएर उत्पादन सुरु गरे।
दुई वर्षअघि नैपालमै सिजी ब्रान्डको टिलिभिजन बिक्री गर्न सुरु गरे। बासुदेव चलचित्र बनाएर मनोरञ्जन उद्योगमा प्रवेश गरे। ठेक्का पट्टा, निकासी व्यापारमा पनि चौधरी परिवार संलग्न थियो। काठमाडौं त्रिशुली सडक, सोल्टी होटलको केही भाग चौधरी समूहले बनाएको हो।देशले आर्थिक उदारीकण नीति लिएपछि बंैक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा सिजीले हात हाल्यो। तत्कालीन समयमा यी सबै नयाँ क्षेत्र थिए।सञ्चार, बि’यर, चु’रोटलगायत उद्योगमा पनि सिजीले लगानी गर्यो। तर, यी क्षेत्रमा योजनाअनुसार सफल हुन सकेन। अरुवाट बढीभन्दा बढी फाइदा लिन सक्ने खुबी पनि विनोद सँग छ।
विनोद सधै पावर निकट बस्छन्। पञ्चायतका बेला चौधरी परिवारको राजा, राजपरिवारसँग निकटता थियो। पटकपटक प्रधानमन्त्री भएका स्वर्गीय सूर्यबहादुर थापासँग पनि विनोद चौधरी पहिले देखिनै नजीक थिए।राजनीतिक शक्ति केन्द्रमात्र होइन, विनोद सम्वद्ध विशेषज्ञ, बजारका जानकार, सञ्चारकर्मीको सधैं सम्पर्कमा बस्छन्। ठिक समयमा सही निर्णयले विनोदलाई बहुराष्ट्रिय लगानीकर्ता बन्न सहयोग गर्यो।खाडी मुलुक दुबईमा घरजग्गा व्यवसाय फस्टाइरहेको समयमा उनी त्यहाँ लगानी गर्न पुगे। त्यहाँ राम्रो पैसा कमाउन विनोद सफल भए। दुबईको घरजग्गा व्यवसायमा मन्दी आउँदा उनी बाहिर निस्किसकेका थिए।
यही समयमा उनी भारतको प्रतिष्ठित व्यवसायिक घरना टाटा समूहसँग जोडिन पुगे। श्रीलङ्का, मालदिभ्समा ताज होटल समूहसँग मिलेर लगानी सुरु गरे। श्रीलङ्का स्टक एक्स्चेन्जको वेबसाइट खोल्यो भने पाँच तारे ताज श्रीलङ्का रिर्सोटको सञ्चालकमा विनोद र उनका परिवारका सदस्यको नाम आउँछ।भर्खरै विनोद चौधरीले एपी वान टेलिभिजनको चर्चित कार्यक्रम तमसोमा ज्योतिर्गमयमा अन्तर्वार्ता दिँदै सिजी टेलिकमले लाइसेन्स पाए भ्वाइस निशुल्क हुने र इन्टरनेटको मूल्य आधा कम गर्ने दाबि गरेकाछन् ।
यता चौधरीले आफुहरुले क्याबिनेट बाट निर्णय गराएर त्यस बापत बुझाउनु पर्ने पैसा बुझाएर ३ बर्ष देखि त्यो कामगर्न प्रतिक्षा गरिरहेको अवस्था बाट गुज्रिएको बताएका छन्।दूरसञ्चार प्राधिकरणले तत्कालिन एसटीएम टेलिकम सञ्चार प्रालि र अहिले सिजी कम्युनिकेशन प्रालिलाई २०६६ साल माघ १९ गते ७ जिल्लाका लागि दिइएको लिमिटेड मोबिलिटी सर्भिस सेवाको अनुमति पत्र नविकरणका लागि नियमअनुसार दस्तुरसहितको निवेदन पेश नगरेकाले माघ १९ गतेदेखि लागू हुने गरी स्वतः रद्द भएको उल्लेख गरेको छ । प्राधिकरणले लिमिटेड मोबिलिटी सर्भिसको अनुमति पाएका ७ जिल्ला बाग्लुङ, पाल्पा, कञ्चनपुर, डडेलधुरा, बैतडी, बर्दिया र दैलेखका पाएको वायरलेस टेलिकम्युनिकेसनको अनुमति खारेज गरेको हो ।नेपालको इन्टरनेटको मूल्य दक्षिण एसियामा सबैभन्दा बढी छ । भारतमा जियो आउनुभन्दा अघि नेपालको अहिलेको जस्तै अवस्था थियो ।
जियोका मालिक मुकेश अम्बानीले त सार्वजनिक रुपमै मोबाइललाई अहिलेको समयको विश्वको नयाँ तेल भनेको मोबाइल र इन्टरनेट हो । यसको व्यापक प्रयोग बिना मुलुकको विकास सम्भव छैन । यो सबैका लागि आवश्यक चिज हो, किसान र गृहणीदेखि सबैका लागि आवश्यक भइसकेको छ भनेका थिए ।त्यसैबाट प्रभावित भइ हामीले शुरु गरेका हौं ।जब हामी आउने भन्यौ, तब कृतिम अवरोध सिर्जना गरिएको छ । सिजी टेलिकम आयो भने प्रत्येक नेपालीले भ्वाइस निशुल्क पाउँछन् । इन्टरनेटको शुल्क अहिलेको तुलनामा आधा हुन्छ । र, प्रत्येक नेपालीको हात हातमा स्मार्टफोन हुन्छ ।र, अहिले संसदबाट पारित भएर त्यसवापत बुझाउनु पर्ने रकम बुझाइसकेपछि पनि ३ वर्षदेखि काम गर्न नपाएको अवस्थाबाट हामी गुज्रिरहेका छौं ।सिटी टेलिकम आयो भने किस्तामा भए पनि हामीले सबैलाई स्मार्टफोन उपलब्ध गराएर सबैको हातहातमा पुर्याउँछौं ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया