
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
अमेरिकी सहायता परियोजना एमसिसी नेपालको संसदबाट अनुमोदन होला/नहोला, परियोजना भित्रिएपछि नेपालमा उताका सैनिकको बुट बजारिएला/नबजारिएला, यी सबै अहिलेलाई सम्भावना र कल्पना अनि चर्चाको विषय हुन् । तर, भर्खरै एउटा सफ्टवेयरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन गतिविधिसम्बन्धी सूचना आफ्नै पकडमा राख्ने अमेरिकी उद्देश्यलाई भने नेपालले असफल पारिदिएको छ ।
शुरुमा एकमात्र ठूलो विमानस्थल र पछि सबै अध्यागमनमा ‘पाइसेस’ नामक सफ्टवेयर र सिष्टम जडान गर्न अमेरिकाले केही वर्षदेखि ठूलै कोशिश गर्दै आएको थियो । ‘पर्सनल आइडेन्टिफिकेसन सेक्योर कम्पेरिजन एण्ड इभ्यालुएसन सिष्टम’ लाई नै छोटकरीमा पाइसेस भनिन्छ । शेरबहादुर देउवाको पालामा विमलेन्द्र निधी गृहमन्त्री हुँदा क्याबिनेटबाटै निर्णय गराई पाइसेसमा जाने भनिएको थियो । यो दुई अर्ब हाराहारीको परियोजना हो । त्यसो गर्दा नेपालको अध्यागमनसँग सम्बन्धित विवरण सबै अमेरिकी जानकारीमा जाने निश्चित थियो । तर, विमलेन्द्रपछिका गृहमन्त्री शक्ति बस्नेतले ०७४ असार ३ गते नै त्यस्तो प्रविधि जडानमा असहमति व्यक्त गरे ।
तत्कालिन राजदूत एलाइना बी. टेप्लिजले उक्त सफ्टवेयर र त्यसका लागि चाहिने हार्डवेयर निःशुल्क दिने प्रस्ताव राखेकी थिइन् । उनले दूतावासले क्यामेरा, पासपोर्ट रिडर, कम्प्युटरलगायतमा हार्डवेयर निःशुल्क उपलब्ध गराउने आश्वासन पनि दिइन् । तर, विदेशीले दिएको सफ्टवेयर विमानस्थलमा राख्न नहुने राय अध्यागमन विभागबाट पाएपछि शक्तिले अस्वीकार गरे । आतंकवादी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान गर्न भने यो उपयोगी प्रविधि हो । अमेरिकाले त्यस्ता व्यक्तिलाई निगरानी गर्न सन् १९९७ देखि ‘पाइसेस’ नामक डाटाबेस सफ्टवेयर बनाएको छ । यो सफ्टवेयरको प्रयोगबाट यदि कोही व्यक्ति अन्तर्राष्ट्रिय रुपमा खोजीको सूचीमा छ भने उसको पासपोर्ट डाटाबेसमा इन्ट्री हुनासाथ पहिचान हुन्छ ।
नेपाललाई प्रयोग गर्न लगाउन खोजिएको त्यस्तो सफ्टवेयर अरु कुन–कुन देशमा जडित छन् भनी जिज्ञाशा राखिँदा अमेरिकी पक्षले स्पष्ट भन्न सकेन । उनीहरूले थाइल्याण्ड भने । कुरा बुझ्दा त्यहाँ शुरुको दुई वर्ष राखेको र पछि हटाएको खबर आयो । अमेरिकीले भारत र पाकिस्तानमा पनि छ भन्थे, तर कुरा बुझ्दा होइन रहेछ । उनीहरूले भनेकोमध्ये अफगानिस्तानमा हुनसक्छ । तर, त्यसमा नेपालको खासै चासो हुने कुरा भएन । उनीहरूले केही अफ्रिकी देशमा छन् भनेका थिए । यसरी एकातिर सूचना चुहावटको खतरा, अर्कातिर अविश्वसनीय तथ्यसहित गरिएको प्रस्ताव स्वीकार्न नहुने ईश्वर पौडेल नेतृत्वको अध्यागमन विभागको दबाबपछि यसको विकल्पमा नेपालकै बलियो सफ्टवेयर बनाउने कुरा आयो । त्यसपछि इमिग्रेसन बोर्डर कन्ट्रोल सिष्टम बनाइयो । यसलाई ‘नेपाली पोर्ट’ नाम दिइएको छ ।
नेपालको एयरपोर्ट, रिभरपोर्ट (जलमार्ग) र ल्याण्डपोर्ट (स्थल नाका) सम्मको सूचना, प्रविधि र प्रणालीसहितको अवधारणा हो यो । एक वर्षको निरन्तर प्रयासपछि गत साता प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडन गरिएको ‘नेपाल पोर्ट’ नामक अत्याधुनिक सफ्टवेयर सञ्चालनका लागि स्वीच अन गर्नुभएको छ । यो सफ्टवेयर अमेरिका, जापानबराबरको छ । सफ्टवेयर, हार्डवेयरसहित विभिन्न सात, आठ सुधारका प्याकेजबाट नेपालीपोर्टको शुरुवात भएको हो । अमेरिकाले डेढ, दुई अर्बको सफ्टवेयर किनाउन खोजेको थियो । तर, नेपालले नै बनाउँदा २२ करोडमात्रै खर्च भयो । सफ्टवेयरमात्रै ७०–८० लाखभित्र बनेको छ । उक्त सफ्टवेयर देशका सबै १३ वटा नाकामा जडान गरिएको छ । सबै विदेशीको औँठाछाप (थम्प) र आँखाको विवरण उक्त सफ्टवेयरले खिच्छ । विमानस्थलमा अहिले पर्यटक प्रवेशलाई सहज बनाउन नेपाली सेनाबाट अवकासप्राप्त १४ जना सुरक्षा गार्डलाई तैनाथ गरिएको छ ।
अर्कातिर नेपालमा भिसा अवधिभन्दा बढी बस्ने र अवधि सकिएपछि तिर्नुपर्ने दण्डको अभावमा यतै अलपत्र हुने विदेशीलाई सम्बन्धित देशमा फिर्ता पठाउने क्रम पनि चलेको छ । त्यस्ता विदेशीले तिर्नुपर्ने रकम मिनाहा गरी स्वदेश फर्काइएका छन् । त्यसक्रममा हालै इजिप्टको पासपोर्ट लिएका चार नेपाली पनि परेका छन् । धरानकी तारामाया लिम्बु पहिला कुवेत गइन् । त्यहाँ इजिप्टबाट काम गर्न गएका पुरुषसँग प्रेम भयो । र, विवाह गरेर कायरो गइन् । त्यहीँ घरजम भयो, तीन सन्तान जन्मिए । १७ वर्षपछि आमाको निधनका कारण नेपाल आइन्, तीन सन्तान पनि ल्याइन् । ती सबैका मुस्लिम नाम छन् । तर, श्रीमान् आएनन् । सबैका पासपोर्ट इजिप्टका । ९० दिनको अनअराइभल भिसा लिएकी उनले धरानमा काजक्रिया सकिन् । तर, डेंगुको संक्रमणका कारण उनीहरू थला परे । दुई तीन महिना उपचार गर्न समय लाग्यो । त्यसपछि अध्यागमनमा पुग्दा जरिवाना रकम १० लाख हाराहारीको निस्कियो । त्यत्तिका रकम तिर्ने हैसियत थिएन । त्यसपछि मिनाहाको प्रस्ताव अध्यागमनले क्याबिनेट पठायो र उनीहरू इजिप्ट फर्किएका छन् ।
त्यस्तै, स्याङ्जाली विश्वकर्मा थर गरेका युवाले भियतनामी महिलासँग विवाह गरेर नेपाल ल्याए । सात–आठ वर्षको ओभरस्टेपछि उनले भियतनाम जाने इच्छा राखिन् । तर, जरिवाना लाखौँ पुगेको थियो, जुन तिर्ने क्षमता थिएन । त्यसपछि मिनाहा भयो र गइन् ।
हैरानीचाहिँ पाकिस्तानी मूलका अहमदिया मुसलमानले दिइरहेका छन् । उनीहरू शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चयुक्त (युएनएचसिआर) को सम्पर्कमा आउँछन् । तर, नेपालमा पाकिस्तानी नागरिकलाई शरणार्थीको मान्यता दिइएको छैन । त्योभन्दा बढी युएनएचसिआरले तिब्बतीको मामिलामा बढी ध्यान दिने गरेको बताइन्छ ।
जनआस्था साप्ताहिकबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया