
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । पर्वत जिल्लाका विभिन्न देशमा रहेका प्रवासी तथा स्वदेशमा रहेका पर्वतवासीलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यले स्थापना गरिएको ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। “समृद्ध पर्वत निर्माणका लागि सामूहिक अभियान” भन्ने मूल नाराका साथ शनिबार पर्वतको होटल बन्दनामा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।
महाधिवेशनबाट अध्यक्षमा दधी आचार्य चयन हुनुभएको छ। बरिष्ठ उपाध्यक्षमा संगिता कार्की चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा मणि प्रसाद भुर्तेल, बाबुराम शर्मा, प्रकाश पौडेल, रुद्रमणि लम्साल, रामकृष्ण रेग्मी, दिनेशराज रेग्मी, जनक सुवेदी र नन्दलाल बि.क. (अजय) चयन हुनुभएको छ। महिला उपाध्यक्षमा ढाका कुमारी भट्टराई (देबु) चयन हुनुभएको छ।
त्यसैगरी महासचिवमा कमल लामिछाने चयन हुनुभएको छ भने सचिवहरूमा सन्तोष पौडेल, रामहरि शर्मा, रामप्रसाद बास्तोला, दीपक न्यौपाने र विशाल रेग्मी चयन हुनुभएको छ। कोषाध्यक्षमा तिलक प्रसाद सापकोटा, सह–कोषाध्यक्षमा कृष्ण घतान तथा प्रवक्तामा अनन्त लामिछाने चयन हुनुभएको छ। नेपाल प्रतिनिधिका रूपमा मुना भुसाल चयन हुनुभएको छ।
महाधिवेशनले विभिन्न क्षेत्रका संयोजकहरू पनि चयन गरेको छ। मध्यपूर्व संयोजकमा रघुनाथ शर्मा, एसिया–प्यासिफिक संयोजकमा रमेशराज जैसी, युरोप संयोजकमा अप्सरा गुरुङ तथा अमेरिका संयोजकमा पुष्पराज रेग्मी चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा कमल विक्रम केसी, कमल बहादुर सापकोटा, भरत मल्ल ठकुरी, आनन्द जीसी, ओमप्रकाश न्यौपाने, जगदीश पौडेल, श्याम पौडेल, नवराज आचार्य, रामकृष्ण आचार्य र जीवन पौडेल चयन हुनुभएको छ।
विश्वका विभिन्न देशहरू जस्तै स्विडेन, बेल्जियम, अष्ट्रेलिया, कुवेत, रसिया, फ्रान्स, डेनमार्क, अष्ट्रिया, भारत, इजरायल, स्विट्जरल्यान्ड र साउदी अरब लगायतका देशमा रहेका पर्वतवासीलाई एकजुट गर्दै जिल्लाको सामाजिक, आर्थिक तथा विकास गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले ग्लोबल पर्वत समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
महाधिवेशनको अवसरमा संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यसमिति तथा सक्रिय सदस्यहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो भने अग्रज व्यक्तित्वहरूलाई कदर–पत्र प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष पुरण गिरिकी छोरी सुस्मिता गिरिले खाजा खर्च कटौती गरी तथा थप सहयोग जुटाएर मंगलदय मावि चुवालाई करिब साढे दुई लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो। त्यस्तै शिवालय माविमा छात्रवृत्तिका लागि डेढ लाख रुपैयाँ सहयोग गरिएको छ। साथै ग्लोबल पर्वत समाजले कलाकार समाजलाई ५० हजार रुपैयाँ तथा पर्वत बहुमुखी क्याम्पस फलेवासलाई पनि ५० हजार रुपैयाँ सहयोग गरेको महासचिव कमल लामिछानेले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा कलाधर गिरि, अर्जुनकुमार श्रेष्ठ तथा डा. संगिता कार्कीलाई पब्लिक हेल्थमा पीएचडी उपाधि हासिल गरेको अवसरमा सम्मान गरिएको थियो।
संस्थापक अध्यक्ष पुरण गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा संविधानसभा सदस्य अर्जुन जोशी लगायत संरक्षक हितकाजी गुरुङ, अर्जुनकुमार श्रेष्ठ, गोविन्द सुवेदी, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, नेपाली कांग्रेसका उपसभापति शिव सुवेदी, नमुना आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल इन्द्रमा खत्री, डा. उमाकान्त भुर्तेल, वडा नं. ६ का वडा अध्यक्ष ईश्वर गिरि तथा मोदी गाउँपालिकाकी अध्यक्ष हिरा देवी शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम गुणराज शर्मा गुराँसको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य समाजकी नेपाल प्रतिनिधि मुना भुसालले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव कमल लामिछाने र डा. संगिता कार्कीले गर्नुभएको थियो।
समाजले विगतदेखि नै विभिन्न सामाजिक तथा सहयोगमूलक कार्यहरू गर्दै आएको जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया