
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
काठमाडौं । सशस्त्र प्रहरी बलमा दुई नायव महानिरीक्षक (डीआईजी)को पदावधि थप्न चलखेल सुरु भएको छ । डीआईजीद्वय लक्ष्मणबहादुर सिंह र प्रदीप पालको पदावधि थप गर्न चलखेल भएको हो ।
कार्य सम्पादन मूल्यांकनमा कमजोर देखिएको र अहिले पदावधि थप हुँदा व्यावसायिक अधिकृतहरूलाई दीर्घकालीन असर पर्ने भन्दै सशस्त्र प्रहरी मुख्यालयले दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाएको छैन । तर, ‘बिचौलिया’मार्फत सरकारलाई लबिइङ गराएर पदावधि थप गर्न चलखेल भएको स्रोतले बताएको छ ।
सशस्त्र प्रहरी नियमावली दफा ५६ (ग) अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ । यो प्रावधानअनुसार डीआईजी सिंह र पालको यही ५ चैतमा चार वर्ष पूरा हुन्छ । उनीहरू ६ चैत २०७८ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।
दफा ५६ (ग) को (२) उपनियमअनुसार सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले एक वर्ष पदावधि थप गर्न सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर अहिले दुई डीआईजीको पदावधि थप गर्न लागिएको हो ।
तर, यसले दीर्घकालीन असर पर्ने भन्दै सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले सिफारिस गरेको छैन । उनीहरूको पदावधि थपका लागि सिफारिस नगर्नुमा डीआईजीद्वयको विगत र थप गर्दा व्यावसायिक प्रहरी अधिकृतलाई पर्ने असरलाई औंल्याइएको छ ।
अहिले पदावधि थप गर्न लागिएका दुवै डीआईजी प्राविधिक सईको रूपमा नेपाल प्रहरीको कम्प्युटर अपरेटरमा १८ चैत २०५४ मा सेवा प्रवेश गरेका थिए । सशस्त्र प्रहरी बल गठन भएपछि उनीहरू स्थानान्तरण भएर सशस्त्रमा आएका थिए ।
फौजले गर्नुपर्ने कुनै बेसिक तालिमसमेत नगरेका उनीहरू सशस्त्रमा स्थानान्तरण भएर आएपछि अहिले डीआईजी दर्जासम्म पुगेका छन् । उनीहरूको कार्यक्षमतामाथि यसअघि पनि प्रश्न उठ्दै आएको थियो ।
सिंह त टीकापुर घटनामा मानव अधिकार आयोगले कारबाही सिफारिस गरेका व्यक्ति नै हुन् । २०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
यो घटनाको छानबिन गरेको मानव अधिकार आयोगले तत्कालीन एसपी (हाल डीआईजी) लक्ष्मणबहादुर सिंहलाई कारबाही सिफारिस गरेको थियो । ‘यत्रो ठूलो मानवीय क्षति हुँदासमेत रोक्न समुचित प्रयाससम्म नगर्ने उग्रतारा गणका एसपी लक्ष्मणबहादुर सिंहलाई विभागीय कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने’ आयोगले भनेको थियो ।
अहिले उनै लक्ष्मणबहादुर सिंह एक वर्ष डीआईजीको पदावधि थप गर्न लागिपरेका छन् । सशस्त्रमा डीआईजी बन्न स्टाफ कलेज अनिवार्य गरिएको छ । तर अहिले पदावधि थप गर्न लागिएका दुवै अधिकृतले स्टाफ कलेज गरेका छैनन् । सशस्त्रमै भर्ना भएको टोलीबाट स्टाफ कलेज लागु भएकाले यो ब्याचका अफिसरहरू अझ व्यावसायिक र अब्बल हुने बताइन्छ ।
तर, उनीहरूको पदावधि थप हुँदा सशस्त्रको पहिलो ब्याच अर्थात् सि.सं. १ का अधिकृहरूलाई असर पर्ने देखिन्छ । सि.सं. १ का सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा अहिलेकै अवस्थामा ११ महिनापछि अनिवार्य अवकाशमा जान्छन् । उनीहरू सबै स्टाफ कलेज उत्तीर्ण अधिकृत हुन् ।
हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आगामी १९ वैशाखमा चार वर्षे पदावधिका कारण अवकाशमा जाँदैछन् । उनी अवकाशमा जाने भएसँगै अहिले बहाल रहेका एआईजी मध्येबाट एक जना आईजीपी बन्ने छन् । त्यसपछि खाली हुने एक एआईजीको दरबन्दीमा सिंह र पालमध्ये एक जना बढुवा हुने सम्भावना रहन्छ ।
सशस्त्रमा आफ्नो स्वार्थअनुसार पदावधि थप गर्ने-नगर्ने खेल पुरानै हो । यसअघि प्रवीणकुमार श्रेष्ठको पनि पदावधि थप भएको थिएन । उनी यसविरुद्ध रिट लिएर सर्वोच्च गएका थिए । तर सर्वोच्चले पनि संगठनकै निर्णय सदर गरिदिएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया