SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२० गते
    १०१९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथको स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ । माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका संयोजक तथा स्ववियू सहसचिव होमेन्द्र यादवले जानकारी दिए । मेलाको उद्घाटनको मिति अगाडी नै केही कार्यक्रमहरु भने शुरु भइसकेको यादवले बताएका छन् । कुल ४१ वटा विभिन्न कार्यक्रमहरु मध्ये केही तालिमहरु र फोटो प्रतिस्पर्धा शुरु भइसकेको उनले जनाए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मेलामा रोवर्ट प्रतियोगिता, प्यानल बहस, सफलताको कथा प्रस्तुती, म्याराथोन दौड, विभिन्न विषयगत प्रतियोगिताहरु, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यसै गरी मेलामा कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, वादविवाद प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता समेत हुने आयोजकहरुले बताएका छन् । कार्यक्रममा अटोक्याड तालिम, शेयर तालिम, बैंकिङ्ग तथा विमा तालिम, कविता कार्यशाला लगायतका तालिमहरु समेत हुनेछन् ।

    कार्यक्रमका विभिन्न सत्रहरुलाइ सम्बोधन गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारी, प्राज्ञ रमेश श्रेष्ठ, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, विण्ड पावर नेपालका सिइओ कुशल गुरुङ्ग, राष्ट्रिय युवा परिषदका दीलिप न्यौपाने, पोखरा विश्वविद्यालय साहित्य समाजका संस्थापक अध्यक्ष सुवास मल्ल लगायतको उपस्थिती रहने स्ववियू सभापति सुनिल तिमिल्सिनाले जानकारी दिए ।

    कार्यक्रममा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए । मेलामा ३५ लाखको खर्च हुने र मेलामा विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरुका २० हजार भन्दा बढिले सहभागिता जनाउने कोषध्यक्ष प्रकृति दवाडीले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं